जारी पेप्सी विश्व क्रिकेट लिग डिभिजन ५ प्रतियोगिताअन्तर्गत नेपालले पहिला दुई खेल जितेर अघिल्लो चरणका लागि सम्भावना बलियो बनाएको छ। पहिलो खेलमा जर्सी र दोस्रोमा सिंगापुरविरुद्ध नेपालले पाएको जित भने फरक मैदान र विकेटमा मात्र नभई फरक प्रकृतिको पनि थियो।
यस अर्थमा प्रतियोगितामा पारस खडकाको टोलीको हालसम्मको प्रदर्शनले टिमको सम्भावनालाई अघिल्लो चरणमा पुग्न बढाउनुका साथै नेपाली क्रिकेटमा सुधारको संकेत पनि गरेको छ।
भक्तपुरस्थित वीरेन्द्र सैनिक महाविद्यालयको मैदानमा शनिबार भएको खेलमा नेपालले जर्सीलाई ४४ दशमलव ५ ओभरमा १ सय ७४ रनमा सीमितमात्र पारेन, सहजतापूर्वक विजयी लक्ष्यलाई पछ्याउन पनि सफल भयो।
लक्ष्य पछ्याउनभन्दा जोगाउन बढी सफल रहँदै आएको नेपाली क्रिकेटको इतिहास छ। पहिलो खेलमा विपक्षी टिमलाई सस्तैमा खुम्च्याएर नेपालको बलिङ आक्रमणले आफ्नो उत्कृष्टता प्रदर्शन गरेको थियो भने प्राप्त विजयी लक्ष्यलाई ब्याटिङ क्रमले सहजतापूर्वक पछ्याउन सफल भएको थियो। यसबाट नेपाली ब्याटिङको आत्मविश्वास बढेको हुनुपर्छ। यसले विजयी लक्ष्यलाई पछ्याउन त्यति सफल नरहेको नेपाली व्याटिङको कमजोरी हटाउन मद्दत गर्नेछ। हुनत, जर्सीको खेल हेर्दा त्यो त्यति प्रभावशाली टिम नरहेको देखिएको थियो। तर, कमजोर टिमविरुद्धको बलियो प्रदर्शनबाट पनि आत्मविश्वास बढ्नेगर्छ।
नेपालले दोस्रो खेल अली बलियो मानिएको सिंगापुरविरुद्ध खेलेको थियो। श्रीलंकाका पूर्व टेष्ट खेलाडी मर्वन अटापट्टुको प्रशिक्षणमा रहेको सिंगापुर र नेपालबीचको खेल दुई टिमविरुद्धको भिडन्तमात्र नभई दुई महान पूर्व खेलाडीको रणनीतिक पाँैठेजोरी पनि थियो। हुन त नेपालका श्रीलंकाली प्रशिक्षक एवं पूर्व टेष्ट खेलाडी रोय लुक डायस अनुभवमा अटापटटुभन्दा निकै पाका छन्। डायस अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो उफानमा छँदा अटापट्टुले सम्भवतः भरखर ब्याट समाउँदै थिए। अहिले पनि एउटा प्रशिक्षकका रूपमा खारिएका डायससँग अनुभव थियो भने केही अघिमात्र अन्तर्राष्ट्रिय क्रिकेटलाई अलबिदा गरेर प्रशिक्षणमा आएका अटापट्टुसँग उत्साह थियो। अन्ततः अनुभवका सामु उत्साह नतमस्तक भयो र डायसको टोलीले जम्मा १ सय ८० रनको आफ्नो योगफललाई जोगाउँदै १६ रनको रोमाञ्चक जित हासिल गर्यो।
यस जितको माध्यमबाट नेपाली टिमले सामान्य योगफललाई पनि आफ्नो बलिङको माध्यमबाट जोगाउनसक्ने पुरानो क्षमतालाई निरन्तरता दिएको छ। प्राप्त लक्ष्य सहजतापूर्वक पछ्याउन सक्नु र सामान्य योगफललाई जोगाउन सक्नुले धेरै हदसम्म व्याटिङ र बलिङ आक्रमणबीचको सन्तुलनलाई नै प्रमाणित गर्छ।
पहिलो दुई खेलले दिएको सन्देश नेपाली टिमका लागि सकारात्मक देखिएको छ। पहिलो खेलमा स्यानै भए पनि लक्ष्यलाई भेटाउन नेपाली टिम सफल भएको छ। अझ त्यस खेलको स्थितिलाई गहिरिएर हेर्ने हो भने अन्त्यमा सहजरूपमा विजय प्राप्त भएको देखिए पनि त्यहाँसम्म पुग्न प्रारम्भमा नेपाली टोलीलाई ठूलै संघर्ष गर्नुपरेको थियो।
एक समय ११ ओभरमा २९ रन बनाउँदाबनाउँदै नेपालले सुरुका दुई विकेट गुमाइसकेको थियो। त्यतिबेला विजयी लक्ष्य भेटाउन सधैँ असफल रहने नेपाली ब्याटिङको कमजोरी फेरि देखिने हो की भन्ने आशंका बढेको थियो। तर कप्तान पारस खडकाले नेतृत्वदायी भूमिका खेल्दै स्थिति सम्हाल्नुका साथै टिमलाई विजयी द्वारसम्म लगेका थिए। ६९ रनको पारसको त्यो प्रदर्शन उनको व्यक्तिगत र टिमका लागिमात्र नभई नेपाली ब्याटिङकै लागि पनि सकारात्मक पक्ष हुन पुगेको थियो। हुनत, एउटा म्याचमा भएको प्रदर्शनले टिमको प्रकृति र शैलीमा पूर्ण अन्तर आइसकेको प्रमाणित गर्दैन। तर, यसले टिम आफ्नो कमजोरी हटाउनतर्फ उन्मुख रहेको आशा त गर्न सकिन्छ नै।
ब्याटिङमा प्रारम्भिक जोडीको असफलतापछि मध्यक्रमले टिमलाई सम्हाल्न सक्नु आफैँमा परिपक्वताको संकेत हो। यस अर्थमा अन्ततः आफ्नो समयका महान ब्याट्सम्यान डायसले नेपाली टोलीको ब्याटिङको शैलीमै सुधार गर्न सफल भएको आशा गर्न सकिन्छ।
त्यस किसिमको परिपक्वता पारस खडकाको नेतृत्व शैलीमा पनि देखिएको थियो।
एउटा कप्तानका रूपमा ५० ओभरको खेलमा १ सय ८० रनको सामान्य योगफलाई जोगाउने चुनौतीलाई उनले बुद्धिमानीपूर्वक पूरा गरेका थिए। उनले यसका लागि सातौँ ओभरमा स्पिनरहरूमाथि विश्वास गरेका थिए। संजम रेग्मी र बसन्त रेग्मी र राहुल विकले कप्तानको विश्वासलाई ठीक साबित गर्दै नेपाललाई रोमाञ्चक जित दिलाएका थिए।
हुनत, नेपाल घरेलु मैदान र घरेलु दर्शकबीचमा खेली रहेको छ। तर आफ्ना दर्शकहरूबीच आफ्नै भूमिमा खेल्दा जति फाइदा हुन्छ त्यति नै मानसिक दबाब पनि हुन्छ।
प्रतियोगितामा अब नेपालले बहराइन, फिजी र अमेरिकाविरुद्ध खेल्न बाँकी छ। यसपछिका परिणामले अंकगणितीय सहारा माग्न गएन भने नेपालले डिभिजन ४ का लागि आफ्नो स्थान लगभग सुरक्षित गरिसकेको विश्वास गर्न सकिन्छ।