मोदी जितको सन्देश
०४ जेष्ठ २०७१
•
१७ मिनेट पाठ
मोदी जितको सन्देश
मोदी लहरले भारतीय जनता पार्टीलाई इतिहासमै पहिलोपटक स्पष्ट बहुमत दिलायो । संसारको सबैभन्दा ठूलो लोकतन्त्रमा सवा अर्बबाट छानिएर कार्यकारी पदमा पुग्नुमा निश्चय पनि कठिन यात्रा थिए । मोदी सामान्य परिवारमा जन्मे÷हुर्केर वर्तमानको उचाइसम्म पुगेका हुन् । गुजरातको पिछडिएको जातिका उनको सत्तारोहणले आफँैमा विशेष महत्व बोक्छ । बाल्यकालमा रेलको डिब्बामा चिया बेच्ने मोदी पारिवारिक सुखसयल त्यागेर राजनीतिमा होमिएका थिए । किशोरावस्थामा विवाह गरे पनि ब्रह्मचार्य जीवन अपनाए । भारतीय सत्ताको उपल्लो तहमा पुग्ने अधिकांश नेताले जस्तो उनले पश्चिमा देशका चर्चित विश्वविद्यालयमा अध्ययन गरेका होइनन् । मोदीको व्यक्तिगत जीवन र उदयभित्रको पृष्ठभूमि आफैँमा सन्देश हो । त्यसभन्दा पनि चुनावी नतिजाको गणितले भारतीय राजनीतिमा नयाँ सन्देश प्रवाह गरेको छ । 
बीसौं शताब्दीमा भारतभित्र जातिवाद र क्षेत्रीयतावादले निकै स्थान र महत्व पायो । एक्काइसौं शताब्दीको पहिलो दशकभर जातिवादी र क्षेत्रीयतावादीले वर्चश्व बनाए । जातिवादी दलहरू प्रभावशाली बने । विशेषगरी दलित मुद्दालाई वैचारिक आधार मान्ने र दलित मतदातामा बढी भर पर्ने मायावती प्रभावशाली बनेकी थिइन् । केन्द्रीय सत्तामा नपुगे पनि सत्ताको साँचो लिएर हावी भइरहे । क्षेत्रीय दलहरू विगतमा भन्दा बढी हावी भएका थिए । क्षेत्रीयतावाद भन्दा जातिवादी मुद्दामा चाहिँ चिन्ताको विषय बनाइयो । जस्तो, उत्तरपूर्वी भारतको आसाममा बढ्दै गएको हिंसा । आसाममा चुनावताका समेत हिंसात्मक दंगा भए । जातिवादले भारतीय राष्ट्रवादलाई कमजोर पारेको विश्लेषण भए । कट्टर राष्ट्रवादको परिचय बनाएका भाजपाका मोदीको उदयमा यही घटनाक्रम जोडिएर आउँछ । जातिवादका कडा आलोचक उनीप्रति केन्द्रप्रति बढी आशा र विश्वास गर्ने भारतीयहरूको समर्थन बढ्दै गयो । चुनावी नतिजाले जातिवादीहरूलाई धक्का दिएको छ । उत्तरप्रदेश केन्द्र बनाएर राजनीतिमा हावी मायावतीले नराम्रो धक्का बेहोर्नुपरेको छ । पञ्जाब, महाराष्ट्र लगायतका राज्यहरूको नतिजा पनि जातिवादी विपक्षमा आयो । 
मुसलमान समुदायप्रति सहानुभूति राख्ने दलहरूले बेहोर्नुपरेको पराजयले एउटा समुदायलाई निकै कमजोर त पार्ने होइन भन्ने सन्देश गएको छ । मुसलमान मत तान्दै आएका कंग्रेस आई र समाजवादी दलले नराम्रो झड्का बेहोर्नुप¥यो । उत्तर प्रदेशको विधान सभामा उत्कृष्ट प्रदर्शनी गर्दै एकलौटी सरकार बनाउन सफल मुलायमसिंह यादव नेतृत्वको दल लोक सभामा पाँच सिटमा खुम्चनु प¥यो । युपीमा कंग्रेस आइले मात्र दुई सिट जित्यो । त्यो पनि अध्यक्ष सोनिया गान्धी र उपाध्यक्ष राहुल गान्धीले । बाँकी हस्ती पराजित भए । चुनावपूर्व दिल्ली नजिकै युपीमा भड्किएको धार्मिक दंगाले पनि चुनावी नतिजालाई प्रभावित पा¥यो । मुसलमान मत विभाजित भयो । विगतमा कंग्रेसले अधिकांश मुस्लिम मत तान्ने गरेकोमा यसपटक आम आद्मी पार्टी (आप) ले समेत तान्यो । आपको उदय नै कंग्रेस आइका लागि घातक सावित भयो । दिल्ली विधान सभामा उत्कृष्ट प्रदर्शनी गरेको आपले चर्चा गरिएअनुरूपको प्रदर्शन गर्न सकेन । दिल्ली विधान सभामा भाजपाको हाराहारीमै सिट जिते पनि लोकसभामा दिल्लीको सात सिटमध्ये एक सिट पनि जितेन । पञ्जाबमा पाँच सिट जितेर साख जोगायो । आप ओरालो लागेको स्पष्ट संकेत उसको संयोजक अरविन्द केजरीवालको दिल्लीको मुख्य मन्त्रीबाट राजीनामालगत्तै देखिइसकेको थियो । आप भारतीय राजनीतिमा वैकल्पिक शक्तिका रूपमा स्थापित हुने दाबी चुनावी नतिजाले गलत सावित गरिसक्यो । भारतीय राजनीतिमा भाजपा र कंग्रेस आई नै मुख्य शक्ति देखापरे । क्षेत्रीय दलमध्ये ममता बेनर्जीले नेतृत्व गरेको तृणामूल कंग्रेसले पश्चिम बंगालमा बहुमत सिट र जयललिताले नेतृत्व गरेको एडीएमकेले तामिल नाडुमा बहुमत सिट जिते । यद्यपि भाजपाको बहुमतले क्षेत्रीय दलहरूको दिल्लीको केन्द्रीय सत्तामा पुग्ने सम्भावनालाई पूर्णविराम लगाइदिएको छ । क्षेत्रीय दलहरूमध्ये केहीको उत्साहजनक प्रदर्शनीलाई समग्रमा क्षेत्रीय राजनीतिको पल्लभारी भएको मान्न सकिँदैन । किनभने केन्द्रीय सत्तामा क्षेत्रीय दलको प्रभाव र सहभागिता विगतभन्दा कमजोर हुनेछ । अहिलेको नतिजाले ममता बेनर्जीलाई विगतमा जस्तो बंगलादेशसँग टिस्टा नदीसम्बन्धी सन्धि गरे सत्ता ढाल्छु भन्ने धम्की दिन सक्ने क्षमता रहँदैन । न त तामिलको सवालमा श्रीलंकाविरूद्ध कडा बन्न जयललितालाई केन्द्रलाई बढी दबाब दिन सक्ने सामथ्र्य दियो । 
भारतीय लोक सभा चुनावले कम्युनिष्टहरूको ओरालो लाग्ने क्रमलाई निरन्तरता दिएको छ । पश्चिम बंगालमा तीन दशकभन्दा लामो समय सत्ता चलाएको कम्युनिष्ट पार्टीले नराम्रो झड्का बेहोर्नुप¥यो । विधान सभाबाट ममता बेनर्जीले पाखा लगाइदिएकी कम्युनिष्टहरू बंगालमा दुई सिटमा खुम्चिए । जबकि बंगालमा बेनर्जीको दलले ३४ सिट जित्यो । कम्युनिष्टको भत्कँदै गएको गढको बचेखुचेको जगमा समेत हलचल आयो । कम्युनिष्ट हिंसाबाट प्रभावित छत्तीसगढ, झारखण्ड जस्ता राज्यमा समेत भाजपा बलियो देखियो । भारतीय राजनीतिमा कम्युनिष्टहरू कमजोर हुँदै जाने सन्देश प्रवाहित भएको छ । उनीहरूको प्रभाव भएको राज्यहरूमा पनि नराम्रो झड्कासहितको नजिता आएको छ । 
३० वर्षपछि कुनै एक दललाई बहुमत दिएर भारतीय मतदाताले आगामी पाँच वर्ष बलियो सरकार सञ्चालनको म्यान्डेट दिएका छन् । त्यसमाथि पनि नरेन्द्र मोदीलाई बलियो सरकारको जिम्मेवारीको अवसर प्रदान गरे । सोनिया गान्धीको छायाँमा बसेर अकस्मात् प्रधान मन्त्री बनेका डा. मनमोहन सिंहमाथि बारम्बार कमजोर प्रधान मन्त्रीको आरोप लागेबाट भारतीय मतदाता चनाखो भएको देखियो । चुनावताका सिंहका पूर्व स्वकीय सचिवले उनलाई निरीह प्रधान मन्त्री बनाइएको घटना समेटिएको पुस्तक बजारमा ल्याएबाट बहस तात्यो । भारतमा बलियो प्रधान मन्त्रीको खाँचोसहित बहस भए । दल विशेषभन्दा पनि व्यक्तिविशेष केन्द्रित राजनीतिले स्थान पायो । मोदी, राहुल, केजरीवाल वा अन्य भन्ने बहसको कारण यही थियो । दौडमा निकै बलियो सावित भएपछि मोदीको लहर ह्वात्तै बढ्यो र बलियो प्रधान मन्त्रीको भारतीय आकांक्षाले मूर्त रूप लिने पक्का भयो । 
भारतभित्र हिन्दुवादी हावी भएको स्पष्ट सन्देश आयो । स्वयं भाजापामा समेत हिन्दुवादी संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) निकटहरू बलियो भए । मोदीको राजनीतिक इतिहास पल्टाउँदा आरएसएस पहिल्यै आइहाल्छ । उनको राजनीतिक स्कुलिङ त्यहींबाट सुरू भएको थियो । जितकै दिन आरएसएस प्रमुखलाई भेटिहाले । मोदीको विजयले भारतभित्र धर्म निरपेक्षताको व्यावहारिक पक्षबारे बहस भइसकेको छ । उनले सवा अर्ब भारतीयका लागि काम गर्ने अभिव्यक्ति दिइसके । त्यसले अन्य समुदाय ढुक्क हुन सकेका छैनन् । मोदी मुख्य मन्त्री हुँदा गुजरातमा भड्केको धार्मिक दंगा र मुसलमान समुदायप्रति भएको व्यवहारबाट पनि प्रश्न उठेको हो । 
कंग्रेस आइको दशक लामो शासनपछि भारतीयहरूले विकल्प खोजे । जसमा मोदी देखापरे । पार्टीभित्रका प्रतिस्पर्धीलाई पछि पार्दै भाजपाबाट प्रधान मन्त्रीका उमेदवार घोषणा भए । जातिवादलाई ओझेलमा पार्दै भ्रष्टाचारको मुद्दा निकै उचालिएको लाभ भाजपाले लिन सक्यो । आपले दिल्ली विधान सभामा उक्त मुद्दा उठाएर लाभ लिनसके पनि राष्ट्रवादको मुद्दा उठ्दा समस्यामा प¥यो । मोदीले भ्रष्टाचारका अलावा राष्ट्रवादको मुद्दालाई चर्कोसँग उठाए । उनको जितले भारतभित्र राष्ट्रवादको मुद्दाले बलियो स्थान बनाएको स्पष्ट सन्देश गएको छ । 
गुजरातको तीव्र आर्थिक वृद्धिको जस मोदीले लिनसके । पछिल्लोपटक शानदार जीतका साथ मुख्य मन्त्री बन्न सफल भएपछि उनी झन् बलियो बने । आलोचकहरू मोदी मुख्य मन्त्री हुनुअघि नै गुजरातले तीव्र आर्थिक वृद्धि हासिल गर्न सुरू गरेको तथ्याङ्क प्रस्तुत गर्छन् । कतिपय आर्थिक विकासलाई मात्र मध्यनजर राखेर विकासका अन्य सूचाङ्कको अवस्था सन्तोषप्रद् नभएको तर्क गर्छन् । सामाजिक विकासको गति सुस्त भएको विषय उठाउँछन् । सबै विषयलाई छायाँमा पार्दै गुजरातको आर्थिक वृद्धिको गतिले चर्चा पाउँदा मोदीले लाभ हासिल गरे । दंगा भड्काउन भूमिका खेलेको अभियोग प्रमाणित नभए पनि मोदीलाई नै दोषी ठान्नेको संख्या ठूलो छ । अमेरिकाले भिसा नदिएर मोदीलाई मानव अधिकार हननको दोषी ठान्यो । बेलायतलगायत युरोपेली देशहरूको व्यवहार त्यस्तै भयो । मोदी लहर आउँदै गर्दा अमेरिकाले नीति बदल्दै लगेको थियो । बेलायतले त्यही ग¥यो । भाजपाको बहुमत आएलगत्तै बाराक ओबामा बधाई दिनेमा अग्रपंक्तिमा परे । डेभिड क्यामरून पनि के पछि पर्थे ? मोदीलाई भिसा रोक्ने देशका कार्यकारीहरूले बधाई र आफ्नो देश भ्रमणको निम्तो दिए । मोदीप्रतिको नीतिमा यु टर्न भयो । शक्तिराष्ट्रहरूले मोदीका कारण नीति बदल्नुपर्ने अवस्थासम्म सिर्जना भयो । 
कसैको विजयमा कसैको पराजय स्वाभाविक हो । राजनीतिमा कुनै विचारबाट चलेको दलको ओरालीलाई उसको समाप्ति ठान्न मिल्दैन । उन्नति र अवनति निरन्तरको प्रक्रिया हो । मोदीको करिश्माले चुनावमा नतिजा ल्याउन भूमिका खेलेजस्तै आगामी दिनमा काम गर्छ÷गर्दैन, प्रतीक्षा गर्नुपर्छ । लाभ र हानिको सम्पूर्ण लेखाजोखा सत्तारोहण भन्दा सत्ताबाट अवतरणपछि मात्र हुन सक्छ । मोदीको जितले भाजपाको जितलाई पनि ओझेलमा पार्नुले व्यक्तिवादी राजनीति हावी भएको देखाउँछ । दल विशेषलाई समेत ओझेलमा पारी वैचारिक बहसलाई फिक्का बनाएको छ । जातिवादी राजनीतिलाई धर्मवादतर्फ मोड्ने त होइन ? मोदीले विकासलाई उच्च महत्वमा राखे पनि उनको एउटा धर्म विशेषप्रतिको आशक्तिले अन्य धर्मकालाई गर्ने व्यवहार पूर्वाग्रही हुनसक्छ । अर्कोतर्फ आफू दीक्षित आरएसएसको मागलाई कसरी सम्बोधन गर्छन् भन्ने विषय महत्वपूर्ण छ । मोदीले मत लिँदा जनतालाई देखाएका सपना पूरा गर्ने नीति कसरी तय गर्ने हुन् ? एक्काइसौं शताब्दी हिन्दुस्तानको शताब्दी बनाउने भनेका छन् । त्यसलाई मूर्त रूप दिन अन्तर्राष्ट्रिय समुदायसँग कसरी व्यवहार गर्ने हुन् ? विशेषगरी छिमेकीसँग विद्यमान समस्याहरूलाई सम्बोधन गर्न के÷कस्ता कदम चाल्ने हुन् ? आफैँलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै भाजपाले चिया बेच्ने बालक भारतको प्रधान मन्त्री पदको उमेदवार बनाएर गरिब र पिछडिएको वर्गको सम्मान गरेको सन्देश प्रवाह भएको अभिव्यक्ति दिने मोदीले आर्थिक विपन्नता र राजनीतिक अस्थिरतासँग जुधिरहेको नेपालजस्तो छिमेकलाई सम्मान र समान व्यवहार गर्छन्÷गर्दैनन्, प्रतीक्षा गर्नैपर्छ ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस