काठमाडौं- चीनले नेपालसँग आयात–निर्यात सहज बनाउन थप सात वटा सीमा नाका खुलाउन सहमति जनाएको छ। नेपाल र चीन सरकारका भन्सार अधिकारीबीच बिहीबार काठमाडौंमा थप सात वटा नाका सञ्चालनमा ल्याउन सम्भाव्यता अध्ययन गर्नेलगायत २० बु"दे सहमतिमा हस्ताक्षर भएको छ।
नेपाल–चीन भन्सार विभागस्तरीय २८औं नियमित बैठकमा यस्तो सहमति भएको भन्सार विभागका उपमहानिर्देशक दामोदर रेग्मीले जानकारी दिए।
दुई देशबीचको सहमतिअनुसार मुस्ताङको यारिङ, हुम्लाको हिल्सा, ताप्लेजुङको ओलाङचुङगोला, संखुवासभाको किमाथाङ्का, दोलखाको लामाबगर, गोरखाको लार्के र मुगुको नाग्चेलाग्मा नाकाको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको हो।
नेपालको उत्तरी सीमा जोडिएको चीनसँग अहिलेसम्म सञ्चालनमा रहेका दुई नाकामध्ये तातोपानी भूकम्पपछि बन्द छ भने रसुवा–केरुङ नाका हालै सञ्चालनमा ल्याइएको छ।
मंगलबारबाट काठमाडौंमा जारी नेपाल–चीन (ल्हासा) उच्च भन्सार अधिकारीबीचको वार्तामा यो सहमति भएको थियो। बिहीबार २० बुँदे सहमति गर्दै भन्सार विभागका उपमहानिर्देशक रेग्मी र चिनियाँ पक्षबाट ल्हासा भन्सार उपमहानिर्देशक लङ चेङवेईले हस्ताक्षर गरे।
'चीनले नेपालसँग जोडिएका थप सात नाकाको सम्भाव्यता अध्ययन गरेर सञ्चालनमा ल्याउन सक्ने जनाएको छ,' उपमहादिर्नेशक रेग्मीले भने, 'उत्तरका दुई नाका मात्र पर्याप्त हुँदैन, यो सहमतिले अरू थप नाका खोल्ने विषयमा सकारात्मक सुरुआत भएको छ।'
यसअघिका कुनै पनि बैठकमा थप नाका खोल्ने विषय नउठेको रेग्मीले जनाए। चीनसँग जोडिएका नौ नाकामध्ये हाल दुई नाका मात्र सञ्चालनमा छन्।
त्यस्तै, चिनियाँ पक्षले वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको तातोपानी नाका यथाशीघ्र खोल्ने जनाएका छन्। तातोपानी नाका नखुल्दा चीनबाट नेपालमा आउने सामान रोकिएको र यसले नेपाली अर्थतन्त्रमा असर परेको भन्दै नाका खुलाउन चीन तयार रहेको हो।
दुई पक्षले रसुवा–केरुङ नाकालाई थप व्यवस्थित बनाउन सबै सरोकारवालाको नियमित बैठक आयोजना गरी स्थानीय समस्या समाधान गर्ने सहमति पनि जनाएका छन्। त्यस्तै, नेपाली व्यापारी, ट्रक ड्राइभरलाई केरुङसम्म जाने व्यवस्था मिलाउन चीनको अध्यागमन विभागलाई अनुरोध गर्न चिनियाँ वार्ता टोली सहमति भएको छ।
रेग्मीका अनुसार सिन्धुपाल्चोकको लार्चामा निर्माणाधीन सुक्खा बन्दरगाहको शीघ्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन र रसुवाको टिमुरेमा शीघ्र निर्माण आरम्भ गर्न चीनको सम्बन्धित निकायसँग समन्वय गर्न चिनियाँ वार्ता टोली सहमत भएको छ।
नेपाल र चीनबीचको समयान्तरले दुई देशका भन्सार कार्यालय सञ्चालनमा एकरुपता नभएकाले भन्सार जाँचपास समयमा समस्या भएकाले थप छलफल गरी सकारात्मक परिणाम निकाल्ने सहमति पनि भएको छ।
नेपाल र चीनबीच साढे दुई घन्टा समयान्तर छ।
चीनले नेपालको क्वारेन्टाइन प्रमाणपत्र स्वीकार गरेर यस सम्बन्धी समस्या समाधान गर्ने पनि जनाएको छ। चीनले नेपाललगायत अन्य देशलाई दिँदै आएको ८ अंकको शून्य भन्सारदरको सुविधा उपयोग गर्न कम्तीमा ६ अंक पुर्याजउन एक संयुक्त प्राविधिक टोलीबाट गृहकार्य गराउन नेपाली टोलीले गरेको प्रस्तावमा संयुक्त प्राविधिक टोलीबाट गृहकार्य गर्न चिनियाँ पक्ष सहमति भएको छ।
वैध व्यापारलाई प्रोत्साहन गर्न र व्यापारमा थप सहजता ल्याउन बैंकिङ कारोबार तथा प्रतीतपत्रमार्फत कारोबार गर्न वातावरण तयार गर्न दुवै देशका केन्द्रीय बैंकलाई अनुरोध गर्न बैठकले सहमति गरेको छ।
त्यस्तै, अवैध व्यापार निरुत्साहित गर्न दुवै देशका समकक्षी भन्सार कार्यालयले सूचनाको आदानप्रसादन थप व्यवस्थित र प्रभावकारी बनाउने सहमति भएको छ।
चीनबाट नेपाल निर्यात हुने खाद्य र पेय पदार्थको लेबलमा उत्पादन मिति, उपभोग गर्न सकिने मिति, मिश्रण सामग्रीलगायत आवश्यक सूचना कम्तीमा नेपाली वा अंग्रेजीमा लेखेर मात्र निर्यात गर्ने व्यवस्था मिलाउन चीनका उत्पादनकर्ता, व्यापार र सम्बन्ध निकायलाई अनुरोध गर्न पनि चिनियाँ वार्ता टोलीले सहमति जनाएको छ।
'वार्तामा भएका सहमतिलाई दुवै पक्षले आ–आफ्ना क्षमताको उच्च उपयोग गर्दै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ,' रेग्मीले भने।
बैठकमा चिनियाँ पक्षबाट उपमहानिर्देशक लङ सहित ६ जनाको सहभागिता थियो भने नेपालका तर्फबाट भन्सार विभागका उपमहानिर्देशक रेग्मी, निर्देशक सूर्यप्रसाद सेढाईं, अर्थमन्त्रालयका देवीप्रसाद शर्मा, रसुवागढी भन्सार कार्यालयका प्रमुख केदार पनेरु, तातोपानी भन्सार कार्यालय प्रमुख दिव्यराज पोखरेल र राजस्व अनुसन्धान विभागका प्रेमबहादुर पाण्डेको सहभागिता थियो।
नेपाल र चीनबीच हुने विभागस्तरीय बैठक आलोपालो आयोजना हुँदै आएको छ। अघिल्लो वर्ष चीनले ल्हासामा आयोजना गरेको थियो।