दिलिप पौडेल, बाग्लुङ, कात्तिक १३- मुस्ताङको छोनुप गाविसमा नयाँ नाका खोल्न चिनियाँ अधिकारी सहमत भएका छन्। नेपाल र चिनियाँ अधिकारीबीच मुस्ताङको जोमसोममा बुधबार राति अबेर सम्पन्न वार्तामा त्यस्तो सहमति भएको हो।
चीनको ढोङ्वा जिल्लामा पर्ने २४ नम्बर सीमा स्तम्भमा नाका खोलेर सुरक्षा पोस्ट स्थापना गर्न चिनियाँ अधिकारी सहमत भएका हुन्।
सो नाका खुला भएपछि दुई देशको व्यापार प्रवर्द्धनमा सहयोग पुग्ने मुस्ताङका प्रमुख जिल्ला अधिकार उमेशकुमार ढकालले बताए। 'पटक पटकको आग्रहपछि सुरक्षा पोस्टको स्थापना गरी नाका खोल्न चीनिया अधिकारी सहमत भएका छन्,' प्रजिअ ढकालले नागरिकसँग भने, 'सामानको आयात, निर्यात गर्न मुस्ताङवासीलाई ठूलो सहयोग पुग्नेछ।'
यसअघि कोराला नाका हुँदै सीमावर्ती क्षेत्रको ३० किलोमिटरमा परिचयपत्रको आधारमा दुवै देशका नागरिकलाई आवतजावत गर्न दिने सहमति भए पनि कार्यान्वयनमा आएको थिएन। सो सहमति परिमार्जन गर्दै चीनको ढोङ्वा जिल्लाको लाभ्राङ बजारसम्म जान दिने समेत सम्झौता भएको हो।
वार्तामा मुख्यगरी ८ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। पत्रमा नेपाली टोलीको तर्फबाट मुस्ताङका प्रमुख जिल्ला अधिकारी ढकाल र चिनियाँ पक्षबाट ढोङ्वा जिल्लाका प्रमुख सेन्जुले हस्ताक्षर गरेका छन्। वार्ताका बेला चिनियाँ अधिकारीले सीमावर्ती क्षेत्रमा चीनविरोधी गतिविधिबारे व्यापक चासो लिएका थिए। मुस्ताङ प्रशासनले सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ गर्ने प्रतिबद्धता जनाएको छ।
'चीनले मुस्ताङमा लगानी बढाउन चाहेको छ,' वार्तामा संलग्न एक नेपाली अधिकारीले भने, 'तत्काल क्षेत्र तोक्न माग गरे पनि दुतावासमार्फत लिखित आग्रह गरिने भएको छ।'
दुवै क्षेत्रमा प्रशासनको सिफारिसमा विषम हिमपात भएको अवस्थामा चरनको व्यवस्था, चीनबाट मुस्ताङमा निर्यात हुने गरेका गुणस्तरहीन बस्तुको आयात रोक्का, तस्करी निरुत्साहन, नियमित बैठकलगायतका विषयमा पनि सहमति भएको छ।