काठमाडौं–संविधानका लागि हामीले नौ वर्ष छलफल गरिसक्यौं, अब पनि यसैमा अल्भि्कयौं भने यति ठूलो अभियान पूरा हुन सक्दैन। प्रक्रिया लम्ब्याएर संविधान आउन नदिने षड्यन्त्र भयो भन्नु नै भ्रम हो, समयमै संविधान आउँछ।
– प्रधानमन्त्री सुशील कोइराला
संक्रमणकाल अन्त्यका लागि अहिले लोकतान्त्रिक संविधान छिटो जारी गर्नुपर्नेछ। अहिले आएको संविधानको विधेयक स्वाभिमानको पक्षमा छ। सरकारको सामर्थ्य र यथार्थभन्दा एक कदम अगाडि छ। अब संविधान निर्माण प्रक्रिया कसैले रोक्न सक्दैन।
– केपी शर्मा ओली, एमाले अध्यक्ष)
जति बेला हामी 'फाइट टु फिनिस' को अवस्थामा थियौं, त्यसबेला युद्धलाई शान्तिमा बदल्न चाहन्थ्यौं। युद्धलाई शान्तिमा बदल्न अन्तरिम सरकार र संविधानसभाबाट संविधान भनेका थियौं। त्यो हाम्रो राजनीतिक मिसन थियो। पछि, त्यो सबै दल र राष्ट्रको मिसन बन्यो। अहिले त्यो राजनीतिक मिसन पूरा हुने अवस्थामा छ।
– पुष्पकमल दाहाल, एमाओवादी अध्यक्ष
समस्याको समाधान संविधानसभाबाटै खोजिनुपर्छ, संघीयताको अहिलेको खाकालाई मैले अस्वीकार गरेको छु। यसलाई संविधानको विधेयक संशेाधन गरेर मिलाउन सकिन्छ। त्यस बेलासम्म संशोधन नगरिए म पनि बहिष्कार चरणमा प्रवेश गर्नुपर्छ। संशोधन हुने भए सबै मिलेर संविधान जारी गर्न सकिन्छ।
– विजयकुमार गच्छदार अध्यक्ष, फोरम लोकतान्त्रिक
उल्लिखित अभिव्यक्ति संविधानको अन्तिम मस्यौदा विधेयकमाथि छलफल क्रममा सम्प्रभु संविधानसभामा राखिएका हुन्।
संविधानसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलका शीर्ष नेताका भनाइ सुन्दा लाग्छ–
संविधान तयार भइसक्यो, अब जारी हुन मात्र बाँकी हो। हुन पनि संविधानको अन्तिम मस्यौदा समेटिएको विधेयकमाथि सैद्धान्तिक छलफल सकिनै लाग्यो। सामान्य विधेयक हुँदो हो त सात दिनमै यो ऐनमा परिणत भइसक्थ्यो।
२००७ सालदेखिको नेपाली जनताको सपना साकार पार्ने दस्तावेज 'संविधानको विधेयक' माथिको छलफल, संशोधनको समय, दफाबार छलफल, प्रत्येक धारा पारित गर्ने प्रक्रियामा जाँदा दुई साता बढी लाग्ने देखिन्छ। संविधानसभामा ९० प्रतिशत मत भएका राजनीतिक दललाई अहिले लागेको छ, 'हामी संविधान जारी गर्ने अन्तिम चरणमा छौं।'
संविधान साँच्चै आउने भयो त?
यति धेरै आधार तयार भइसक्दा पनि सर्वसाधारण सजिलै पत्याउन सकिरहेका छैनन्। किन त? जनताले संविधान जारी हुने मिति विगत पाँच वर्षदेखि पटक–पटक यसै गरी सुन्दै आएका छन्।
जनताको बुझाइमा भने अझै पनि तोकिएको समय अर्थात् यही भदौभित्र संविधान जारी हुने सम्भावना निकै कम छ।
पहिलो संविधानसभा चुनावताका नै दुई वर्षमा नेपाली जनताले संविधान प्राप्त गर्नेछन् भन्ने महŒवाकांक्षी आश्वासन दिइएको थियो। त्यसयता धेरै पटक समयरेखा संविधानबिनै गुजि्रए।
यसपटक भने अन्य बेलाभन्दा केही फरक समय छ। यसअघि संविधानका विवादित विषयमै छलफल कायम हुँदा पनि बेलुकासम्म संविधान जारी गर्छौं भनेर शीर्ष नेताले सभासद र जनतालाई आश्वासन दिएका हुन्थे।
जस्तो– २०६९ जेठ १४।
तर अहिले संविधानको अन्तिम विधेयकमाथिको सैद्धान्तिक छलफल पनि सकिनै लागेपछि संविधान जारी हुन्छ भनेर पत्याउने आधार बनेको छ।
संविधान जारी हुने सबै आधार तयार भए पनि मूल विषय संघीयताका नाममा देखिएको विवादले फेरि पनि कतै संविधान अलमलिने त होइन भन्ने आशंका भने कायमै राखेको छ।
संविधानसभाको विश्वस्तस्रोत भन्छ, 'अब संविधान रोकिने कुनै कारण छैन। संविधानको विधेयक तयार भइसकेको छ। केही असन्तुष्टि सम्बोधन गर्ने विषयमा कुरा मिल्यो भने संशेाधनमार्फत, नभए यही मस्यौदा पारित गर्ने प्रक्रियामा जान्छ। संविधानसभाले अब दलहरुको लामो समय पर्खिरहनुपर्दैन। संविधान जारी भइसकेपछि नयाँ संविधान टेबुलमा राखेर असन्तुष्ट दल र समूहहरुसँग वार्ता सुरु हुन्छ।'
हामीले यही विषयलाई आधार मानेर संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई 'अब संविधान जारी गर्न कुनै चुनौती छैनन् त भनेर सोध्यौं।
जवाफमा नेम्वाङले भने, 'अहिलेको सबैभन्दा ठूलो चुनौती भनेकै असन्तुष्ट दलका अपेक्षा र उहाँहरुका कुराहरुलाई सकेसम्म छोटो समयभित्र सम्बोधन गर्नु नै हो। अहिले विचार गरियोस् भन्नेमा छलफल चलिरहेको छ। त्यसपछि संशोधनका लागि समय दिन्छौं। संशोधनका लागि सात दिनको समय प्राप्त हुन्छ। दलहरुबीचका विषय यही छलफलबीच टुंगो लाग्नुपर्छ। किनकि, कुरा टुंगिएर मात्रै हुँदै प्रक्रियामा पनि प्रवेश गराउनुपर्छ। अब संविधानको विधेयक संशोधनबाहेक प्रक्रियामा छिर्ने अर्को कुनै पनि बाटो छैन। त्यसैले संविधानको विधेयकमाथि संशोधन हाल्न जति समय बाँकी छ, त्यो समयभित्र कुरा टुंगो लाग्नुपर्छ। थोरै समयमा असन्तुष्टिलाई बढीभन्दा बढी सम्बोधन गर्नुपर्ने चुनौती अहिले हामीसामु छ।'
नेम्वाङकै भनाइलाई आधार मान्ने हो भने संविधानका विवादित भनिएका विषय प्रदेशको संख्या र सिमाना, धर्मनिरपेक्षताको सट्टा के राख्ने, थ्रेसोल्डलगायत विषय १/२ दिनभित्रै टुंगो लगाइहाल्नुपर्ने अवस्था छ। किनकि, आइतबारदेखि संविधानको विधेयकमाथि संशोधनका लागि समय दिइन्छ। दलहरुबीच सहमति भए नियमावलीमा उल्लेख भएका दिन छोट्ट्याएर नभए सात दिनकै समय दिएर संविधान संशोधन म्याद दिइनेछ।
त्यतिन्जेल प्रमुख दलले विवादित विषयमा विधेयक संशोधनका लागि सामूहिक प्रस्ताव नलगे अहिलेकै विधेयक पारित हुनेछ। वार्ता र प्रक्रियामा अलमल नभए दुई साताभित्रै संविधान तयार हुनेछ। त्यसपछि संविधानसभा भवनमै भव्य कार्यक्रमसाथ राष्ट्रपतिबाट संविधन जारी गराउने तयारी संविधानसभा सचिवालयको छ।
संवाद समितिका सभापति बाबुराम भट्टराईकै शब्दमा भन्ने हो भने संविधानसभा यतिबेला प्रशव पीडामा छ। तर प्रशव पीडा पनि धेरै लामो समयसम्म रहे बच्चालाई खतरा हुन सक्छ नि भन्ने जिज्ञासामा भट्टराईको जवाफ थियो, 'राम्रो चिकित्सकको हातमा बिरामी पर्योब भने आमा र बच्चालाई सकुशल निकाल्न सक्छ।'
भट्टराईले भनेजस्तै संविधानसभा लामो समयदेखिकै प्रशव पीडामा छ। नेताहरुकै भनाइमा संविधानसभा समकालीन राजनीतिक पुस्ताका लागि अग्निपरीक्षाको रुपमा पनि छ। अब पनि संविधानसभा असफल भयो भने नेपालमा संविधानसभाबाट संविधान जारी हुने सम्भावना लगभग समाप्त हुने निष्कर्षले अहिले जसरी पनि संविधान जारी गर्ने निष्कर्षमा प्रमुख दल पुगेका छन्।
आफ्नै निर्णयले चुनौती
प्रमुख दलका नेताले गर्ने पटक–पटकको निर्णयले संविधानसभालाई चुनौती थपिदिएको छ। सबैभन्दा जटिल मानिएको प्रदेशको सीमांकनमा संविधानसभामा ९० प्रतिशत मत रहेको दाबी गर्ने नेताहरुले दुई महिनाबीच तीन पटकसम्म फरक–फरक अवधारणा जनतासामु ल्याइदिए।
प्रमुख चार राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिअनुसार मुलुक आठ प्रदेशमा जाने र सीमांकनको जिम्मा संघीय आयोगलाई दिने सहमति भयो तर सर्वोच्च अदालतले संविधानका बाँकी काम राखेर जारी गर्न नमिल्ने फैसला सुनाएपछि दलहरु सीमांकन पनि टुंगो लगाएर जानेमा सहमत भए। उनीहरुले सीमांकनसहित ६ प्रदेशको खाका कोरेर संविधानको परिमार्जित मस्यौदा तयार पार्ने प्रयास गरे।
उनीहरुले कोरेको सीमांकनमा चित्त नबुझाएर सुर्खेत, कर्णाली, सप्तरीलगायत स्थानमा विरोध प्रदर्शन भए। त्यसलाई सम्बोधन गर्न भन्दै फेरि सात प्रदेशको साँधसीमा कोर्न तयार भए। यहाँसम्म आइपुग्दा प्रमुख घटकमध्ये एक दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिक विशेष समिति अर्थात् प्रमुख चार दलको गठबन्धनबाट बाहिरिने अवस्थामा पुग्यो।
त्यसले कैलालीको टीकापुरसहित मुलुकका विभिन्न स्थानमा झडपको अवस्था सिर्जना गर्योट। फेरि पनि सीमांकनमा सबैको चित्त बुझाउने प्रयासमा दलहरु जुटिरहेका छन्।
अब जनतालाई चित्तबुझ्दो सीमांकन कोरिएन भने फेरि पनि मुलुकमा विरोधका स्वर गुन्जनेछन्।
'पहिले आठ प्रदेशबाट यताउता गर्नै जरुरी थिएन,' संविधानको मस्यौदा तयारीमा दलका नेताहरुलाई सहयोग गरेका एक विशिष्ट अधिकारी भन्छन्, 'त्यसपछि ६ बाट ७ प्रदेशमा जानु नै अर्को गल्ती थियो। अब कैलालीको माग सम्बोधन गर्न थरुहट प्रदेश दिए मगरातले हामीलाई खोइ भन्छ, ताम्सालिङ, नेवा, लिम्बुवानले पनि त्यसैगरी हामीलाई खोइ भन्ने प्रश्न उठाउँछन्। त्यसपछि सम्हालिनै नसक्ने अवस्थामा हामी पुग्न सक्छौं।'
यता, नेताहरु प्रदेशको संख्या बढाएर सबैको माग सम्बोधन गर्न पनि तयार छैनन्।
कांग्रेस उपसभापति रामचन्द्र पौडेल भन्छन्, 'प्रदेशको संख्या बढाएर मात्रै के गर्नु? प्रशासनिक खर्च बढी भयो भने विकास केले गर्ने? त्यसैले हामी सकेसम्म थोरै प्रदेश हुनुपर्छ भन्नेमा छौं।'
थारुसँगै मधेसी दल पनि मधेसलाई टुक्राटुक्रा पारिएको भन्दै विरोधमा छन्।
सबैका जायज माग सम्बोधन गरेर संविधान जारी गर्ने प्रयास गरिएको भए पनि त्यसैलाई अनन्तसम्म पर्खेर बस्ने पक्षमा ठूला दल देखिँदैनन्।
'कसै गरी पनि चित्त बुझाउन सकिने अवस्था रहेन भने प्रक्रिया नरोकी संविधान जारी गर्छौं,' छलफलमा सहभागी एक नेताले नागरिकसँग भने, 'संविधान जारी भइसकेपछि नयाँ संविधानलाई टेबुलमा राखेर वार्ता गर्छौं। कहाँ–कहाँ सुधार गर्नुपर्ने हो, सुधार गर्दै जाउँला। संविधानकै नाममा देशलाई वषर्ौंसम्म अनिर्णयको बन्दी बनाइराख्नु हुँदैन।'
कमजोरी कायमै
सात वर्षको छलफलपछि तयार भएको संविधानको विधेयक पूर्ण रुपमा कसैलाई चित्तबु‰दो छैन।
'अहिले बन्न लागेको संविधान पनि सयमा सय चित्तबु‰दो छैन,' सभाध्यक्ष नेम्वाङ भन्छन्, 'मेरै चित्त नबु‰ने धेरै कुरा छन् तर मैले यसलाई कसरी हेरेको छु भने महŒवपूर्ण उपलब्धि प्राप्त पनि भएका छन्। अरू थप उपलब्धिका लागि लड्ने आधार र ठाउँ बनाइएको छ।'
तर सबैले यसैगरी बुझेका छैनन्। सात वर्षसम्मको लगातार बैठक र छलफलमा सहभागी नेतालाई यो संविधानको विधेयक चित्त बुझेको छैन।
प्रस्तावनादेखि अधिकारको बाँडफाँटसम्मको सूची हेर्दा कतै चित्त बुझेजस्तो त कतै नबुझेजस्तो देखिने गरेको नेताहरु बताउँछन्। सम्झौताको दस्तावेज भएकाले पनि यस्तो भएको हो।
'मस्यौदा धेरै ठूलो छ,' एमाले नेता माधव नेपाल भन्छन्, 'संविधानको विधेयकमा धेरै कुरा दोहोरिएको छ। यसलाई स्लिम बनाउन सकिन्थ्यो। घृणा र दैष फैलाउने कुरा संविधानमा स्विकार्न हुँदैन।'
संविधान हेर्दा कतिपय कुरा मिलेका छैनन्। विषय मात्रै होइन, उनकै भाषामा शब्दको संगति पनि मिलेको छैन।
प्रस्तावनामै एकठाउँमा समाजवादमा प्रतिबद्धता व्यक्त गरिएको छ भने अर्कोतर्फ त्यही समाजवादतर्फ उन्मुख भनेर लेखिएको भन्दै उनी शब्दको संगति नमिलेको तर्क गर्छन्।
प्रस्तावनामा सशस्त्र संघर्षलाई बढावा दिने खालका शब्दहरु चयन भएको उनको धारणा छ। 'यसले भोलि के असर पार्छ भनेर अहिले सोचेका छैनौं,' नेपालको भनाइ छ।
त्यति मात्रै होइन, प्रदेशको सीमा र संख्यामा धेरैको चित्त बुझाउने गरी दलहरुबीच सहमति होला तर त्यसपछि अर्को जटिलता यसैमा थपिन्छ।
यो मात्रै समाधान होइन, विवादको अर्को विषय अधिकारको बाँडफाँट हुनेछ।
'यो संविधान बनाउन जति सकस भएको छ, कार्यान्वयनको पक्ष त्यति नै जटिल छ,' संविधानको विधेयक तयारका लागि खटिएका कानून मन्त्रालयका सहसचिव एवम् संविधानसभाका कानुनी सल्लाहकार टेकप्रसाद ढुंगाना भन्छन्, 'संघ, प्रदेश र स्थानीय तहको अधिकारमा धेरै गोलमोटल देखिएको छ। त्यसलाई अहिल्यै सम्बोधन गरिएन भने पछि विवाद आउन सक्छ।'
अर्थमन्त्री डा. रामशरण महतले आर्थिक हिसाबमा संविधान अत्यन्तै कमजोर रहेको स्वीकार गर्छन्।
संविधानको विधेयकअनुसार उनकै भनाइमा राज्यले जनतालाई सबथोक दिएका छन् तर जनताले राज्यलाई के दिने भन्ने स्पष्ट छैन। यसरी संविधान चल्न सक्दैन।
'राज्यले सबै दिने तर जनताले राज्यलाई के दिने?,'महतले भने, 'यसमा संविधानको विधेयक मौन छ। यसले आर्थिक विकास हुन सक्दैन। मौलिक हकमा व्यवस्था गरिएका सबै विषयमा राज्यले आर्थिक अधिकार दिन सक्छ कि सक्दैन भन्नेसम्म पनि ख्याल गरिएको छैन। मागेजति दिइएको छ। राज्य टिकाउन पहिले सम्पन्न हुनुपर्छ तर त्यो छैन।' स्वतन्त्रताको सीमा पनि संविधानमै उल्लेख गरिनुपर्ने बताउँछन् उनी।
तर विभिन्न माग राखेर आन्दोलनमा रहेकाहरु संविधानको विधेयकले आदिवासी, जनजाति, मधेसी, मुस्लिम, थारु, पिछडिएको क्षेत्र कसैलाई पनि सम्बोधन गर्न नसकेको गुनासो गर्छन्।
'गणतन्त्र स्थापित गर्न सोझा थारुले आफ्नो महत्वपूर्ण योगदान गरेका थिए,' मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका सभासद जनकराज चौधरी भन्छन्, 'संविधान बन्ने प्रक्रियासम्म आइपुग्दा थारुहरुलाई अबको संविधानले सम्बोधन गर्ला भन्ने आशा थियो तर त्यो बाबुसाहेब, जमिनदारी र मुखिया चिन्तन भएका व्यक्तिका कारण खण्डित गर्ने काम गरिएको छ। त्यसैको फलस्वरुप अहिले आन्दोलन चर्किरहेको छ।'