मुलुक यतिविधि विभाजनको मानसिकतामा यसअघि कहिल्यै पुगेको थिएन। गलत राजनीतिका कारण उत्पन्न यो समस्याले सारा नेपालीलाई दुःखी बनाएको छ। हामी यतिखेर लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान निर्माणको संघारमा छौँ।गणतन्त्रको गहना भनेकै संघीयता हो। संघीयतामा प्रदेश वा प्रान्त हुन्छन्। केन्द्रीकृत राज्यसत्ताका शक्तिहरू बाँडफाँट भएर प्रदेशसम्म पुग्छन्। जनता आफ्ना दैनन्दिन कामकाजका साथै विकास योजना लागु गराउन राजधानी धाउनुपर्ने झन्झटबाट मुक्त हुन्छन्। विकास विकेन्द्रि हुन्छ। यही सपनासहित जनताको लामो संघर्षपश्चात् मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको हो। तर, केही दल तथा तिनका स्वार्थी नेताका कारण यसले सफल अवतरण गर्न सकिरहेको छैन।
सीमांकनको विषयलाई लिएर विशेषगरी तराई–मधेसमा असन्तोष प्रकट भएको छ। कसैलाई आफ्नो क्षेत्र अखण्ड चाहिएको छ त कसैलाई स्वायत्त प्रदेश! सीमांकन गर्दा जुन क्षेत्र जहाँ जोडिए पनि सामर्थ्यबिना कुनै पनि क्षेत्रको विकास सम्भव छैन। बलियो सामर्थ्यका निम्ति साधनस्रोतको आवश्यकता पर्छ। प्रदेश सीमांकन गर्दा यसमा बढी ध्यान दिनु आवश्यक छ। आफ्नो राजनीतिक भविष्य वा केही हजार भोटलाई दृष्टिगत गरेर प्रदेशको कित्ताकाट गराउनुजत्तिको धोका अर्को हुन सक्दैन। यसलाई जनताले नै बुझ्नु जरुरी छ। अर्को महŒवपूर्ण कुरा के हो भने, सीमांकन कुनै शिलालेख पनि होइन, जसलाई कहिल्यै फेर्न नसकियोस्! कैयौँ मुलुकका संविधान कैयाँै पटक संशोधन भएका छन्, सीमांकनमा हेरफेर गरिएका छन्– प्रदेश संख्या थपिएका पनि छन्, घटाइएका पनि छन्।
गरिबी, अशिक्षा र बेरोजगारी हाम्रो मूल समस्या हो। जातीय थिचोमिचो, क्षेत्रीय असमानता, सत्तामा केही निश्चित व्यक्ति वा दलको हालिमुहाली नभएको होइन। तिनलाई जनमतद्वारा क्रमशः शिथिल पार्नु आवश्यक छ। तर जात, क्षेत्र, सम्प्रदायमा फुट गराएर यस्ता विकृति हट्दैनन्। नामांकन वा सीमांकन आफूअनुकूल हुँदैमा उल्लिखित समस्या हट्ने पनि होइन। यसका लागि त सर्वप्रथम देश नै बलियो र अग्रगामी हुनुपर्छ। देश बलियो भएमा नै प्रदेश बलियो हुने हो। तर, दुर्भाग्य यतिखेर देश नै कमजोर र विखण्डित पार्ने खेल भइरहेको छ। केही नेता देश कमजोर पारेर आफ्नो राजनीति अकन्टक बनाउने दुस्वप्न देखिरहेका छन्। यसलाई बेलैमा चिनेर परास्त गर्नु जरुरी छ।
छिमेकी भारतमा संविधान जारी गर्ने बखत जातीय मुद्दा जोडदाररूपमा उठेका थिए। संविधान निर्माणमा प्रमुख भूमिका निर्वाह गरेका भीम राव अम्बेडकर, जो स्वयं दलित थिए, उनको भनाइ मननीय छ। उनको भनाइको सार थियो– म कुनै दलितको संविधान बनाइरहेको छैन, समग्र भारतको संविधान बनाइरहेको छु। यही सहिष्णुतापूर्ण विचारका कारण आज पनि भारतमा अम्बेडकरलाई पूजनीय मानिन्छ। हामीले पनि यतिखेर कुनै प्रदेश, जातजाति, क्षेत्र, लिंग तथा समुदायको संविधान जारी गर्ने होइन, सिंगो नेपालको संविधान जारी गर्ने हो।
वर्षौंदेखि थिचोमिचो, अन्याय र किनारामा पारिएका समुदायले देशमा नयाँ संविधान आउँदा आफ्ना कुरा बढी परुन् भन्ने चाहना राख्नु अस्वाभाविक होइन। आफ्ना जायज माग राज्यले नसुन्दा शान्तिपूर्ण आन्दोलनमा उत्रनु पनि स्वाभाविकै हो। तर, यतिखेर 'शान्तिपूर्ण' नाम दिइएका आन्दोलन हिंस्रक बन्दै गइरहेका छन्। कतिपयको ज्यानै जानेसम्मको अवस्था आन्दोलनका कारण उत्पन्न हुनु निन्दनीय छ। यसमा राज्यको संयमता बढीमात्रामा अपेक्षित रहन्छ। विरोधकर्ताले पनि आफ्नो लगामभित्र आन्दोलनलाई राख्न सक्नुपर्छ। अन्यथा टीकापुरमा भएको जस्तो दुर्घटना निम्तन सक्छ।
जे नहुनुपर्ने हो त्यो टीकापुरलगायत तराई–मधेसका केही स्थानमा भएको छ। अब सबैतिरबाट संयमता अपनाउनुपर्छ। प्रतिशोधले क्षणिक फाइदा केही दल तथा समूहलाई दिए पनि दिगो लाभ हुने छैन। अहिले केही दल तथा समूहले प्रभावित क्षेत्रमा सद्भाव र्यालली आयोजना गर्न थालेका छन्। सरकारले वार्ताको आह्वान गरिरहेको छ। यो सुखद संकेत हो। जिउँदो समाजमा समस्या हुन्छ, वादविवाद पनि हुन्छ। त्यसको समाधानमा असल नियत राख्नेले हिंसात्मक बाटो कदापि अपनाउँदैनन्। देशको हितलाई सर्वोपरि राख्दै 'पहिला देश सोच्दै' वार्ताबाटै समाधान खोज्नुको विकल्प कसैसँग पनि छैन।