काठमाडौं-काठमाडौंको मरुढोका बस्ने १० वर्षकी रीता उप्रेती तीन कक्षा पास भएर चारमा पुग्दा निकै खुसी थिइन्। गएको शनिबार भुइँचालो जाँदा उनी भर्खरै किनेका नयाँ किताब पल्टाउँदै थिइन्। कम्पन थामिएपछि बाहिर निस्किएको एकैछिनमा आँखैसामु घर भत्कियो। उनका सबै नयाँ किताब घरको भग्नावशेषमै पुरिए। अरू सबैको मुटु भूकम्पनले थर्काएका बेला रीता भने भत्किएको घरमा पुरिएको नयाँ किताब सम्झेर रोइरहेकी थिइन्। क्षेत्रपाटीस्थित श्रीभक्त विद्याश्रममा पढ्ने उनी अस्थायी शिविरमा बस्दा पनि आमाबाबुसँग तारन्तार सोधिरहन्थिन्, ‘मेरो स्कुल के भयो होला?'
स्कुलमा सधैं पहिलो वा दोस्रो भइरहन्छिन् रीता। यसपालि दोस्रो स्थानमा आएकी छन्। यो वर्ष अझ मेहनत गरेर पहिलो हुने अठोट थियो। ‘त्यो दिन नै मलाई स्कुल कस्तो भयो होला भनेर हेर्न जान मन थियो, आमाबाले जान दिनुभएन,' सपरिवार टुँडिखेलमा आश्रित उनले सोमबार नागरिकसँग भनिन्, ‘भोलिपल्टै मम्मीलाई लिएर स्कुल हेर्न गएँ, अलि अलि चर्किएको रहेछ।'
केटाकेटीका निम्ति सबभन्दा निकट आफू बस्ने घर हुन्छ, त्यसपछि स्कुल। अघिल्लो शनिबारको भुइँचालोमा धेरै बालबालिकाले आफ्नो पढ्ने थलो गुमाएका छन्। नयाँ शैक्षिक सत्र सुरु हुने उत्साहमा रमाइरहेका बेला स्कुल भत्कनुले र पढाइ अवरुद्ध हुनुले धेरैलाई दुःखी बनाएको छ। नयाँ पोसाक, पुस्तक र साथीहरूसँगको रमाइलो भुइँचालोको धक्कासँगै भत्किएको उनीहरूले अनुभव गरेका छन्। त्यही भएर आफू बस्ने घर भत्किएका वा नभत्किएका धेरै केटाकेटी आमाबाबुलाई लिएर स्कुल हेर्न गइरहेका भेटिन्छन्।

दरबार हाइस्कुलमा पढ्ने १५ वर्षीय वासुदेव गौतमको घर भत्कियो। नयाँ कक्षाका किताब सबै पुरिए। यतिले नपुगेर उनी पढ्न स्कुल पनि जोगिएन। स्कुल भत्केको दृश्यले उनी घरिघरि कहालिन्छन्। ‘भुइँचालोको डर, पुरिएका किताब, भत्किएको स्कुल र साथीहरू सम्झेर म खुबै रोएँ,' टुँडिखेलमै आश्रित गौतमले भने, ‘अब कहिले स्कुल खुल्ने हो केही थाहा छैन।'
रीता र वासुदेवलाई जस्तै गणबहाल बस्ने ११ वर्षीया देशुबी तामाङलाई पनि स्कुलको चिन्ताले धेरै सताउँछ। ‘पहिलोपटक भूकम्प अनुभव गरेको, यस्तो हुन्छ भन्ने थाहै थिएन,' गणबहालस्थित नेपाल आदर्श माध्यमिक विद्यालयमा चार कक्षा पास भएर पाँचमा पुगेकी उनले भनिन्।
उनी दुई दिनपछि आफ्नी आमालाई लिएर स्कुल हेर्न गएकी थिइन्। बाहिरै क्यान्टिनका दाइ भेटिए। उनले ‘स्कुल केही भएको छैन' भने। देशुबीको चित्त बुझेन। उनी भित्रै गइन्, स्कुल निरीक्षण गर्न।
‘धन्न केही भएको रहेनछ,' उनको अनुहारमा मुस्कान नाचिरहेको थियो।
त्यही स्कुलमा पढ्ने चरिकोटका सूर्य सुन्दास भुइँचालो जाँदा बुबाको पसलमा थिए। बसन्तपुरका दरबार र मन्दिर भत्किएको देखेपछि उनी स्कुल सम्झेर रुन थालेछन्। ‘स्कुल गएर नयाँ किताब पढ्ने मन छ तर अब कहिलेसम्म यो टुँडिखेलको पालमा बस्नुपर्ने हो थाहा छैन,' यसैपालि कक्षा ७ पुगेका सूर्यले भने। केही साथी टुँडिखेलमै भएकाले खेलेर रमाइलो गर्न भने पाइरहेको उनी बताउँछन्।
केटाकेटीमा देखिएको स्कुलप्रतिको लगाव युरो इन्टरनेसनल स्कुल, काँडाघारीकी प्रिन्सिपल अन्जु भट्टराईले पनि महसुस गरेकी छन्। उनका अनुसार भुइँचालोपछि धेरै विद्यार्थी आफ्ना अभिभावकसँग स्कुल हेर्न आइरहेका छन्।

‘कतिपय बच्चा त रुँदै स्कुल हेर्न आइपुगेका थिए, अभिभावक पनि चिन्तित थिए,' उनले भनिन्, ‘केही अभिभावकले स्कुलको अवस्था जाँच्न इन्जिनियरसमेत लिएर आउनुभयो।' विद्यार्थीहरूमा भूकम्पपछिको त्रास कायम रहेकाले नयाँ शैक्षिक सत्र सुरु गर्नुअघि परामर्श कक्षा चलाउन लागेको उनले बताइन्। उनको स्कुलमा अर्को साताबाट कक्षा सञ्चालन हुँदैछ।
बालमनोवैज्ञानिक डा. अरुण कुँवर यस्ता ठूला प्रकोपले बालबालिकामा मानसिक असर पार्न सक्ने बताउँछिन्। यस्तो बेला उनीहरू डराउनु र आत्तिनु स्वाभाविक भएकाले अभिभावक र शिक्षकहरूले नै हौसला बढाउनुपर्ने उनको सुझाव छ।
‘विद्यालय सुरक्षित छ भनेर शिक्षकहरूले आश्वस्त पार्न सक्नुपर्छ। भुइँचालोको विषयमा उनीहरूसँग कुराकानी गर्नुपर्छ,' उनले भनिन्, ‘त्यत्तिकै भुइँचालो आयो भन्दै नानीहरूलाई तर्साउनु हुन्न। बरु फेरि त्यस्तो भए के गर्ने भनी पूर्वतयारी गराउनुपर्छ।'