छोटो अवधिमा धेरैपटक राजनीतिक परिवर्तन भएको मुलुकमध्ये नेपाल पनि पर्छ। राणा शासनको अन्त्य नेपाली कांग्रेसको नेतृत्वमा भएको सशस्त्र जनक्रान्तिबाट २००७ सालमा भएको थियो। राणाहरूले नै पनि २००४ सालमा राजनीतिक परिवर्तनको प्रयास थालेका थिए। पद्म शम्शेरको सुधारका नामले चिनिने २००४ सालको प्रयासलाई छाड्ने हो भने पनि २००७, २०१५, २०१७, २०३६, २०४६, २०५८ र २०६३ सालमा नेपालमा महत्वपूर्ण राजनीतिक परिवर्तन भए।अर्थात् करिब ६ दशकमा ७ पटक राजनीतिले बाटो बदलेको छ। राजनीतिसँग बदलिनुपर्ने जनताको जिन्दगी भने लगभग उस्तै छ। विक्रमको एक्काइसौं शताब्दीको पहिलो दशकका गरिबहरू अपवादबाहेक गरिबै छन्। धनीहरूको सम्पत्ति पनि अपवादबाहेक बढेकै छ। समयसँगै भएको स्वाभाविक विकासक्रमले जीवन शैलीमा ठूलै परिवर्तन भएको देखिन्छ तर त्यसमा गणतन्त्र नेपालमा पनि शासकहरू प्रभु हुने र नागरिक रैती नै ठहरिने सोच र व्यवहारमा ताŒिवक अन्तर भएको छैन। सर्वसाधारण जनता अहिलेसम्म पनि राज्यको नजिक जान चाहँदैनन् र सत्ताले पनि जनतालाई 'मालिक' ठानेको छैन। जनता अझै 'मामुली' ठानिन्छन् र तिनैको करबाट तलब खाने शासक प्रशासक 'विशिष्ट' व्यक्ति। जाजरकोटमा रुघाखोकी नै महामारी बन्न पुगेको घटनाभन्दा यसको सटीक उदाहरण अर्को हुन सत्तै्कन।
किन यस्तो भयो त?
यी सबैजसो राजनीतिक परिवर्तनमा आन्दोलनको नेतृत्व नेपाली कांग्रेसले गरेको हो। २०१७ मा कांग्रेसलाई राजाले सेनाका बलमा धोका दिएका थिए। जनमत संग्रहमा भएको धाँधलीमा सेनाको प्रत्यक्ष भूमिका त देखिँदैन तर सत्ता पूरै बहुदलको विपक्षमा लागेको थियो। बहुदलको पर्याय नेपाली कांग्रेस र अझ त्यसका नेता बिपी कोइराला बन्न पुगेका थिए। नेपाली कांग्रेसकै अर्का नेता गणेशमान सिंहको नेतृत्वमा २०४६ सालको आन्दोलन भएको थियो। आन्दोलनपछि कांग्रेसले लामै समय सरकार चलायो तर वास्तविक परिवर्तनको अनुभूति गराउन सकेन। पञ्चायतले थालेको आर्थिक उदारीकरणलाई गति दिनुबाहेक जनताका पक्षमा संरचनागत परिवर्तन भएन। कांग्रेसका केही नेता भन्ने गर्छन्– विपक्ष गैरजिम्मेवार भएकाले जनमुखी परिवर्तनलाई गति दिन सकिएन र माओवादी विद्रोहले गर्दा मुलुक आर्थिक विकासमा धेरै दशक पछि धकेलियो। अरू केही त डाँडाकाँडामा मोटरबाटो बनाउनुलाई नै पौरख ठान्छन्। शिक्षालाई व्यापारीको जिम्मा लगाउन पञ्चायतले नै थालेको थियो। कांग्रेस र पछिल्ला दिनमा कम्युनिस्टहरूको सरकारले स्वास्थ्यलाई समेत व्यापार बनाइदिए। कांग्रेसकै कतिपय नेता र कार्यकर्ता यसैलाई प्रगति र परिवर्तन ठान्छन्। उनीहरूसँग परम्परागत केही नाराबाहेक अरू केही छैन। राजतन्त्रले सामन्तवादी सामाजिक पद्धतिमा आधारभूत परिवर्तन गर्न दिएन होला तर राजा हटाएको आधा दशकसम्म पनि जनमुखी परिवर्तन हुन सकेन।
किन?
परिवर्तनको नेतृत्व गर्ने नेपाली कांग्रेसका नेताहरूमा लोकतान्त्रिक, प्रगतिशील र जनमुखी सोचको अभावले नेपाल अहिलेको अवस्थामा फर्किएको हो। लोकतन्त्र विचार र शासन प्रणालीभन्दा बढी जीवनशैली हो। व्यक्तिको व्यवहारमा प्रकट नहुने प्रगतिशीलता पाखण्ड बन्न पुग्छ। सबैको अधिकतम हित हुने नीतिलाई मात्र जनमुखी भन्न सकिन्छ। बहुसंख्यकका हितमा कुनै नीति अपनाउँदा सबैको हित हुन सत्तै्कन भने अल्पसंख्यकमाथि पनि अन्यायचाहिँ हुनुुहुँदैन। पञ्चायत राजनीतिकमा हैन, आर्थिक र सामाजिक नियन्त्रणका लागि सुरु गरिएको व्यवस्था थियो। राजाको अधिनायकवादी शासनलाई राष्ट्रवादको आवरण दिइएको थियो। त्यस प्रकारको शासन व्यवस्थामा केही जर्नेल, भारदार र साहुहरूलाई शासकले पुलपुल्याएको हुन्छ। नेपालमा पञ्चायत सुरु गरिएकै बेलातिर संसारका धेरै मुलुकमा लोकतन्त्रविरुद्ध सैनिक विद्रोह भएका थिए। अधिनायकवादी शासन पाकिस्तान, बर्मा, इन्डोनेसिया, दक्षिण कोरिया लगायत मुलुकमा पनि शासनमा जर्नेल, भारदार र साहुहरूकै प्रभुत्व रह्यो। ती सबैजसो मुलुकमा सेना, प्रशासन, उद्योग, व्यापार, जमिनका शासकका निकटस्थ केही घरानाकै वर्चस्व रहेको थियो। अहिलेसम्म पनि दक्षिण कोरियाबाहेक ती मुलुकमा शासन प्रणाली जनमुखी हुन सकेको छैन। यसैले नेपालमा मात्रै लोकतान्त्रिक प्रणाली जनमुखी र प्रगतिशील नहुनु उति आश्चर्यको विषय होइन। तर ती मुलुकमा लोकतान्त्रिक आन्दोलन नेपालको जति सशक्त छैनन्। तिनका नेता बिपी कोइरालाजस्ता 'भिजनरी' पनि थिएनन्।
सन् १९५० मै नेपाली कांग्रेसको घोषणापत्रमा उनले लेखेका थिए– 'आर्थिक दृष्टिले वर्तमान नेपालको सामाजिक व्यवस्था अत्यन्त अन्यायपूर्ण छ। धनी र गरिबबीच भेदभावले समाजको सारा शक्ति नष्ट भएको छ। नेपाली कांग्रेस जुन समाजको निर्माण गर्न गइरहेको छ, त्यस समाजमा शोषणले कुनै ठाउँ पाउने छैन। अर्थात, धनीहरू (ले) धनका बलले गरिबमाथि अन्याय गर्न पाउने छैनन्। नेपाली कांग्रेस समानता र इन्साफका आधारमा सम्पूर्ण समाजको पुनर्निर्माण गर्ने आकांक्षा राख्छ।'
देशको पहिलो बजेट पनि नेपाली कांग्रेसकै नेता सुवर्ण शम्शेरले प्रस्तुत गरेका थिए। २००८ माघ १९ गते पहिलो बजेट प्रस्तुत गर्दै अर्थमन्त्री सुवर्ण शम्शेरले देशको गन्तव्य स्पष्ट पारेका थिए। बजेटमा 'शिक्षामा साबिकभन्दा ५० प्रतिशत र सार्वजनिक स्वास्थ्यतर्फ ३८ प्रतिशत' वृद्धि गरिएको थियो। 'देशभर निःशुल्क रूपमा प्राथमिक शिक्षा दिने व्यवस्था गर्ने, घरेलु उद्योग, सिँचाइ, भूमि व्यवस्था र कृषिको उन्नतिमा विशेष जोड दिने, बिर्ता र बेठबेगार प्रथा खारेज गर्ने, कृषकलाई उनीहरूले कमोद गरेको जमिनमाथि 'भोगाधिकार' दिने' जस्ता कार्यक्रम तय गरिएको उल्लेख बजेटमा भएको थियो। (नेपाली कांग्रेसको इतिहासको प्रारूप, २०६६), यतिमात्र गर्न सकेको भए नेपाल उहिल्यै विकासशील मुलुकको कोटीमा पुगिसक्ने थियो। शासकहरूको सोच र असल नियतबाहेक नेपालमा के छैन र?
धनी बसीबसी झन्झन् धनी हुने र मरीमरी काम गर्दा पनि गरिब झन्झन् गरिब हुँदै जाने आर्थिक सामाजिक पद्धतिलाई अरू जे भने पनि लोकतान्त्रिक र प्रगतिशील भन्न मिल्दैन। कम्युनिजम उदार लोकतन्त्रको प्रतिवाद र प्रतिरोधमा जन्मेको सिद्धान्त हो। आवरणमा जति नै प्रगतिशील देखिए पनि कम्युनिजम मूलतः जनतालाई 'मामुली' र 'विशिष्ट' व्यक्तिमा बाँडिराख्ने प्रणाली हो। रुस र चीनमा सबैको सम्पत्ति राज्यले खोस्यो। पुराना सामन्त, मध्यमवर्ग र किसानहरूले चरम गरिबी भोग्नुपर्योँ। तर, रुसका कम्युनिस्ट नेताहरूको जीवनशैली जारहरूको भन्दा बढी विलासी थियो। चीनका कम्युनिस्टहरूले सम्राटहरूको विलासलाई उछिनेको वर्णन र विवरण चिनियाँहरूका परम मित्र हेनरी किसिन्जरको 'अन चाइना'मा पनि पढ्न पाइन्छ। उत्तर कोरियाको किम वंश कुनै राजघरानाभन्दा कम सामन्ती छैन। नेपालमा राणाहरूको खोपीमा सहरभरबाट सुन्दरी 'नानीहरू' खोजेर ल्याइन्थ्यो रे, सय वर्ष पहिलेसम्म। एक्काइसौं शताब्दीको उत्तर कोरियामा अहिले पनि त्यहाँका शासकको विलासका लागि देशभरबाट सुन्दरी खोजेर रोजेर 'हरम' मा राखिन्छ। नेपालका कम्युनिस्टहरू पनि मौका मिल्यो भने यसको अपवाद हुन सत्तै्कनन्। अहिले नै उनीहरूको जीवनशैली हेर्दा तिनको मूल मनसाय स्पष्ट हुन्छ। यसैले समतामूलक समाजको निर्माण गर्ने जिम्मेवारी नेपाली कांग्रेसकै थियो। यसका नेताहरूले न्यायपूर्ण समाजको परिकल्पना गरेका पनि थिए। जनताले पनि कांग्रेसलाई देशमा समानता र स्वतन्त्रता सुनिश्चित हुने अवसर सिर्जना गर्ने मौका पनि दिएका थिए। तर देशमा असमानता कम भएन। गरिबीको रेखामुनिका जनसंख्याको प्रतिशत कम भयो होला, संख्या २००७ सालको भन्दा घटेको छैन। सुकुमबासीहरूको हकमा पनि अवस्था त्यस्तै छ। सुकुमबासीका नाममा तराई र भित्री मधेसको वन समाप्त भयो तर सुकुमबासीको संख्या भने २००७ सालमा भन्दा अहिले पक्कै बढेको छ। यस्तै अवस्था शिक्षामा पनि छ। जनताका आँखामा छारो हाल्न राजनीतिकर्मी र अंकशास्त्रीहरू (अर्थव्यवस्थाको आधार अंकलाई मान्नेहरू!) प्रतिशतलाई प्रगतिको उदाहरण ठान्छन्।
यही विडम्बनालाई अबको आरक्षणले अर्को रूपमा निरन्तरता दिनेछ– शिक्षा र राज्यका अवसरमा बाबुको जात र सम्पत्ति निर्णायक भएपछि सामाजिक न्याय हुन सत्तै्कन। प्रतिभाशाली व्यक्तिमाथि विभेदपूर्ण अन्याय हुन्छ। यसले समानता कायम हुँदैन। समानता र स्वतन्त्रताको अन्योन्याश्रित सम्बन्ध हुन्छ। पौरख गरेर सम्पत्ति कमाउने व्यक्तिको अधिकार र अवसर खोस्नु अन्याय हो भने पैत्रिक सम्पत्तिका आधारमा अवसर प्रतिस्पर्धामा सहजै अगाडि पुग्न सकिने अवस्था पनि न्यायपूर्ण होइन। राज्यले यस्तो व्यवस्थालाई संरक्षण गर्दासम्म समाजमा समतातर्फ उन्मुख हुँदैन।
कांग्रेसका नेता विशेषगरी बिपी कोइरालाले व्यक्तिलाई प्रगातिको आधार र एकाइ बनाउने राज्य व्यवस्थाको परिकल्पना गरेका थिए। यसैले त उनले 'राज्य भनेको जनता' हो भनेका थिए। उनैले ६ दशक पहिले नै लेखेका थिए– 'नेपाली कांग्रेसले स्पष्टरूपमा आफूलाई किसानहरूको संस्था हो भनेर चिनाउन सक्नुपर्छ। बिर्ता उन्मूलन र सुकुमबासीको समस्या कसरी हल गर्ने, त्यसमा गम्भीर हुनुपर्छ।'
राजा महेन्द्रलाई बिपीले सबै नेपालीलाई १५ वर्षभित्र निम्न मध्यम वर्गमा पुर्याीउने भनेका थिए। यसमा उनको राजनीतिक अभीष्ट पनि थियो। मध्यमवर्ग कम्युनिस्ट हुँदैन भने लोकतन्त्रको आधार पनि यही समूह हो। सबैलाई मध्यम वर्ग बनाउन धनीहरू बसीबसी धनी हुँदै जाने व्यवस्थामा मध्यम वर्गको विकास र विस्तार कठिन हुन्छ। राजाका परम्परागत समर्थक र नातेदारहरू गरिब हुने डरले बिपीको विरुद्ध लागे भने गरिबलाई सपना बेच्न नपाए कम्युनिस्ट राजनीतिको औचित्य सकिने भयले कम्युनिस्टहरू पनि कांग्रेसका प्रगतिशील नीति कार्यान्वयन हुन नदिने रणनीति बनाएर चर्का नारा लगाउन थाले। आआफ्नै कारणले यी दुवै तŒव नेपालको राजनीतिमा एकै ठाउँ उभिँदै आएका छन्। पञ्चायतमा कांग्रेसका धेरै नेता कार्यकर्ता लागे तर कम्युनिस्ट पृष्ठभूमिका पञ्चहरू जति दरबारको विश्वासपात्र भने तिनीहरू कहिल्यै भएनन्। पृथ्वीनारायण शाहले 'प्रजा मोटा भया दरबार बलियो हुन्छ' भने पनि उनको वंशका कुनै शासकले जनतालाई समृद्ध र स्वतन्त्र बनाउन खोजेनन्। बिपीले 'राजासँग गर्धन जोडिएको' घोषणा गरे पनि राजाहरूले कांग्रेसलाई सधैं शत्रुवत व्यवहार गरे। जनता र सामन्तहरूबीच शत्रुता हुनु अस्वाभाविक पनि होइन।
यसैले नेपालमा भएका कुनै पनि राजनीतिक परिवर्तन जनमुखी नहुनु सबैभन्दा बढी चिन्ताकोे विषय हो। यसका धेरै कारण होलान् तर कांग्रेसी संस्कारमा दीक्षित क्षमतावान नेताहरूमा प्रतिपक्षको राजनीति गर्ने धैर्य नहुनु र पार्टीप्रति निष्ठावान अधिकांश नेता कार्यकर्ता व्यवहार र संस्कारमा 'कांग्रेस' नहुनु सम्भवतः अहिलेको अवस्थाका लागि बढी दोषी छ। पञ्चायतको थालनीमै बिपीका दुई विश्वास पात्रले राजा महेन्द्रलाई सघाए। डा. तुलसी गिरी संस्कारले कांग्रेस थिएनन् तर विश्वबन्धु थापा अहिले पनि संस्कारका आधारमा 'कांग्रेस' छन्। अहिलेको अर्थतन्त्रलाई जनमुखी र दक्ष बनाउन रामवाण ठानिएको 'निजी सार्वजनिक साझेदारी'भन्दा उम्दा साझा सहकारीको परिकल्पना विश्वबन्धु थापाले गरेका थिए। पञ्चायत सहकारीका लागि उपयुक्त व्यवस्था थिएन। यसैले सफल हुन सकेन।
पञ्चायत प्रवेश नगरी बसेका ठूला नेतामा मूलतः गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला नेतृत्वमा रहे। गणेशमान सिंहले २०४८ सालमै 'राजनीतिक क्रान्ति सकियो अब आर्थिक क्रान्ति गर्नुपर्छ' भनेका थिए। तर उनको बोली बजारले कजाएको कांग्रेसमा बिकेन। भट्टराई सांसारिक विषयप्रति अत्यन्त अनिच्छुक रहे। गिरिजाबाबुले 'आन्दोलनबाहेक अरू केही नजानेको' सार्वजनिक स्वीकृति धेरै पटक गरेका छन्। उनले सहयोगीहरू पनि कारिन्दा हुनसक्ने तर स्वप्नदर्शी नेता बन्न नसक्नेहरूलाई छाने। सायद, कांग्रेसका लागि त्यो बाध्यता पनि थियो।
पञ्चायत सुरु भएदेखि नै कांग्रेसका नेता कार्यकर्ताले 'नर्कमा ठेलमठेल' गर्न थालेका थिए। सशस्त्र आन्दोलनका लागि भारत निर्वासित हुन नसक्नेहरू प्रत्यक्षपरोक्ष पञ्चायतमा संलग्न हुन थाले। अधिकांश ठूला नेताहरू भने २०१८ पछि ६ वर्षको कैद भुक्तान गरेर पञ्चायतमा पसे। बिपीले 'योग्य' भनेर सराहना गरेका श्रीभद्र शर्मा 'श्री ५ लाई प्रजातन्त्रीकरणका लागि सहयोग टक्य्राउने' सुवर्ण शम्शेरको 'लाइन' अनुरूप पञ्चायतको सम्पर्कमा पुगे। रुद्रप्रसाद गिरी ६ वर्ष जेल बसेपछि स्थानीय कार्यकर्ताको चाहनाअनुसार पञ्चायत प्रवेश गरे। बिपी जेलबाट छुटेपछि केही कार्यकर्ता फर्के तर सशस्त्र आन्दोलनको उनको नीतिलाई पाका कार्यकर्ता धेरैले समर्थन गरेनन्। दरबार भने बढी नै असहिष्णु हुँदै गयो। सरोजप्रसाद कोइराला, देवानसिंह राई, तेजबहादुर अमात्य, योगेन्द्रमान शेरचनको रहस्यमय हत्या भयो। यी सबै कांग्रेसको संस्कारमा दीक्षित नेता थिए। सुवर्ण शम्शेरको लाइन स्वीकार गर्नेहरू फाटफुट पञ्चायत प्रवेश गर्न थाले।
नेपालभित्र नेपाल विद्यार्थी संघका माध्यमबाट लोकतन्त्रवादी तरुणहरू संगठित हुन थाले। नेविसंघका नेताहरू पनि योग्य, सक्रिय र जाँगरिलाहरू जागिर खान वा राजनीति गर्न अर्को बाटो लाग्न थाले। त्रिभुवन विश्वविद्यालयले २०३२ सालका केही प्राध्यापकहरूलाई बर्खास्त गरेपछि सम्भवतः नेविसंघको पुस्तामा पनि पलायनको क्रम थालियो। अर्जुननरसिंह केसी, वीरेन्द्रभक्त श्रेष्ठजस्ता होनहार नेताहरू पञ्चायतमा लागे भने रामशरण महत पढ्न र जागिर खान विदेश लागे। बिपी राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्केपछि पञ्चायतमा लागेका केही फर्के भने केही उतै रहे। यही क्रममा २०३४/३५ सालमा कांग्रेसका बखानसिंह गुरुङ, काशीनाथ गौतमजस्ता सादगीका प्रतिमूर्ति नेताहरू ३८ जनाको समूह बनाएर पञ्चायत प्रवेश गरे।
कांग्रेसबाट २०१५ सालमा प्रतिनिधि सभामा निर्वाचित अधिकांश सांसद पञ्चायतमा पसिसकेका थिए। केन्द्रीय समितिका पनि बहुमत सदस्य कुनै न कुनै रूपमा पञ्चायतमा संलग्न भएका थिए। महामन्त्रीहरूमा त गिरिजाबाबुबाहेक सबै पञ्चायतमा लागे। बिपी कोइरालाले 'भावी प्रधानमन्त्री' भनेर धाप मारेमा परशुनारायण चौधरीसमेत जनमत संग्रहमा बहुदल हारेपछि 'सही बाटो' रोजेको भन्दै थुप्रै होनहार कार्यकर्ता लिएर पञ्चायत पसे। बिपीको देहावसानपछि पञ्चायतको मोह कांग्रेसभित्र बढी नै बढेको थियो। जनमत संग्रहमा भएको पराजयले पञ्चायत छाडेर फर्केकाहरूलाई पनि पुनः उतै फर्कायो। राष्ट्रिय पञ्चायतका निर्वाचनहरू बहिष्कार गरे पनि स्थानीय पञ्चायतमा कांग्रेसका नेता कार्यकर्ता व्यक्तिगत र सामूहिक रूपमा भाग लिन थाले। सम्भवतः सबैभन्दा आखिरमा २०४३ सालको स्थानीय निर्वाचनमा भाग लिएर पार्टीले 'आउटपोस्ट' कब्जा गर्ने नाममा कार्यकर्तालाई पञ्चायतमा पठायो। पञ्चायतमा गएकाहरूको त प्रश्नै भएन, पठाइएकामध्ये पनि धेरैलाई पार्टीमै रहेकाहरूले सहेनन्। पञ्चायतको अन्त्यपछि जेल जानुमात्र निस्त्रि्कय रहनु पनि पार्टीमा योग्यता ठहरियो। यसरी सपना देख्न र जनमुखी परिवर्तनको नेतृत्व गर्नसक्नेहरू पन्छाइए। मुलुकको दुरवस्थाको मूल कारण सायद यही हो।