टोकियो–जापानमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार शनिबार राति ८ बजेर २४ मनेटमा ७ दशमलव ९ रेक्टरस्केलको भूकम्पको धक्का महशुस गरिएको बीबीसीले जनाएको छ।अमेरिकी भूगर्भ विभाग (युएसजिएस) का अनुसार भूकम्पको गहिराई ६ सय ७८ किलोमिटर रहेको छ । भूकम्पको गहिराई धेरै तल भएका कारण सुनामी आउने चेतावनी जारी नगरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
भूकम्पको झड्का भारतमासमेत महशुस गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।भूकम्पको केन्द्रविन्दु राजधानी टोकियो भन्दा ८ सय ७४ किलोमिटर टाढा रहेको बताइएको छ । भूकम्पका कारण एक मिनेटसम्म भवनहरु हल्लिएको थियो ।