टोकियो—जापानको दक्षिण कुमामोटो क्षेत्रमा शुक्रबार शक्तिशाली भूकम्प गएको छ। ७.३ रेक्टरस्केलको सो भूकम्पमा परी ११ जनाको मृत्यु भएको छ। शक्तिशाली भूकम्प गएको ४८ घन्टा नबित्दै जापानले दोस्रो विनाशकारी भूकम्प सामना गरेको हो।शक्तिशाली भूकम्पमा परी सयौं व्यक्ति घाइते भएका छन्। सरकारका अनुसार भूकम्पमा ढलेको एउटा भवनभित्र ८० जना फसेका छन्। उनीहरु जीवित हुने सम्भावना न्युन रहेको उद्धारकर्मीलाई उदृत गर्दै जापानी मिडियाले उल्लेख गरेका छन्।
भूकम्पको केन्द्रविन्दू रहेको कुमामोटो सहरको एउटा अस्पताल नराम्रोसँग क्षतिग्रस्त भएको छ। संरचना भत्किएपछि सरकारले अस्पताललाई खाली गराएको छ। शुक्रबार रातिको भूकम्पपछि सुनामीको चेतावनी दिइएको थियो। मौसम तथा भूकम्प विभागको अध्ययनपछि सो चेतावनी अहिलेलाई हटाइएको छ।
जापान विश्वमै भूकम्प प्रतिरोधी संरचना निर्माण गर्ने मुलुकमा पर्छ। यसका बाबजुद पछिल्लो पटक आएका दुई भूकम्पले जापानमा विनाश गरेको छ। शुक्रबार राति आएको भूकम्पले सर्वसाधारणका घर तथा ठूला व्यापारिक भवनलाई नराम्रोसँग हल्लाएको थियो। भूगर्व वैज्ञानिकहरुले शक्रबारको भूकम्पन २०११ को जस्तो भएको उल्लेख गरेका छन्।
सन् २०११ मा भूकम्पपछि जापानमा सुनामी आएको थियो। त्यसपछि फुकुशिमा परमाणु विस्फोट भएको थियो।
पछिल्लो भूकम्पले परणमाणु भट्टीमा कुनै असर गरेको समाचार प्राप्त भएको छैन।