जापान-जापानको होक्काइडोमा बिहीबार बिहान शक्तिशाली भूकम्प गएको छ। ६ दशमलब ७ रेक्टर स्केल मापन गरिएको भूकम्पमा कुनै मानवीय क्षति नभएकाे विवरणहरूमा उल्लेख छ।
होक्काइडो
सुनामीको कुनै चेतावनी दिइएको त छैन तर भूकम्प प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन सूचित गरिएको छ। प्रयाप्त जाँच गरेर मात्रै सञ्चालन गर्न अादेश दिदै रेल सेवा केही समयका लागि बन्द गरिएको जनाइएको छ।