राउटे समुदायका स्पष्ट तीन वटा मान्यता छन्, एकै ठाउँमा नबस्ने, खेतीपाती नगर्ने र लेखपढ नगर्ने। तर, पछिल्लो समय समुदाय नजिक बस्न थालेपछि भने उनीहरु आफ्ना मान्यतालाई भुल्दै गएका देखिन्छन्।
राउटे संस्कृति अनुसार दशैंका लागि औशी अघिनै छाप्रोमा खशी भित्र्याइसक्नु पर्छ। तीन महिनादेखि भत्ता नपाउँदा अपवादबाहेक धेरैका छाप्रामा खशी छैनन्। केहीले उधारोमा खशी ल्याएका छन्। भत्ता नपाउँदा राउटे बस्त...
स्वबंशी र रास्कोटीको संख्या न्यून हुँदा कल्यालका युवा–युवतीको विवाह हुन सकेको छैन् भने अर्कोतर्फ रास्कोटी र स्वबंशीका छोराछोरीहरुले १२ वर्षभित्रै विवाह गर्नुपर्ने बाध्यता छ।
सँधै मुखिया नेतृत्वको टोलीले सरकारसँग आफ्ना समस्या राख्दै आएपनि यसपटक भने ती समुदायका युवक र युवती भेटमा सहभागी भएका थिए। सो समुदायले हालै कोरोना परीक्षण समेत गराएका थिए।