दोस्रो चरणको संक्रमण सुरु भएयता रोल्पामा १७ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्। योबाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढीको समेत मृत्यु भइसकेको छ।
केही खुकुलो बनाउँदै आइतबार, मंगलबार र बिहीबार गरी हप्तामा तीन दिन बैंक तथा वित्तीय संस्था र खाद्य तथा फलफूल र तरकारी पसल खोल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।
निषेधाज्ञा उल्लंघन गर्नेलाईं जरिवाना र सजायमा पूरै कडाई गरिने भएको छ। सुनसरीमा जेठ १५ गतेसम्म निषेधाज्ञा कायम गरी अत्यावश्यकबाहेक अन्य गतिविधिमा रोक लगाइएको थियो।
वडाअध्यक्ष सन्तोष लिम्बुले अघिल्लो दिनमै उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाउँदै बुधबारदेखि उत्खनन् रोक्ने जानकारी गराएका थिए।
जिल्लामा कोभिड–१९ को संक्रमण बढ्दै गएको, राष्ट्रसेवक कर्मचारीमा समेत कोरोना देखिएको, कार्यालयमा भीडभाड बढ्दै गएको र कागजातबाट समेत कोरोना संक्रमण फैलन सक्ने भएकाले सेवा स्थगित गरिएको सूचनामा उल्लेख छ।
भेरीगंगा नगरपालिका–८ स्थित गोचेखोलामा हाम्रो निर्माण सेवा, लेकवेशी नगरपालिका–१ मा भेरी एग्रीटेक एण्ड सेन्ड रिफाइनरी, लेकवेशी नगरपालिका–८ स्थित लामा–राजेन्द्र–श्याम एण्ड शंकर जेभी, लेकवेशी वालुवा प्रशो...