स्कटिस ब्याटर मुन्से चम्किँदा सुदूरपश्चिम रोयल्स च्याम्पियन
०५ मंसिर २०८३
•
४ मिनेट पाठ
स्कटिस ब्याटर मुन्से चम्किँदा सुदूरपश्चिम रोयल्स च्याम्पियन
स्कटल्यान्डका ब्याटर तथा ओपनर जर्ज मुन्सेको आक्रामक शतक प्रेरणमा सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि उचालेको छ।




पछिल्ला दुई सिजनका फाइनलमा क्रमशः जनकपुर बोल्ट्स र लुम्बिनी लायन्ससँग पराजित हुँदा सुदूरपश्चिम उपाधि विमुख भएको थियो। कीर्तिपुरमा शनिबार भएको तेस्रो सिजनको फाइनलमा सुदूरपश्चिमले लुम्बिनीमाथि १०  विकेटको रबाफिलो जित रच्दै तेस्रो प्रयासमा उपाधि उचाल्यो। साथै सुदूरपश्चिमले गत सिजनको फाइनलमा बेहोरेको हारको बदला पनि लियो। ओपनर मुन्सेले १२५ रनको अविजित इनिङ खेले। अर्का ओपनर विनोद भण्डारीले २७ बलमा ३० रन जोडे। त्रिवि क्रिकेट स्टेडियममा लुम्बिनीले १५६ रनको लक्ष्य दियो। तर सुदूरपश्चिमले १३.३ ओभरमै बिनाविकेट लक्ष्य पूरा गर्‍यो।

ओपनरद्वय मुन्से र विनोदबिच १५८ रनको अविजित साझेदारी बन्यो। मुन्सेले ५४ बलमा ८ चौका र १२ छक्का हिर्काए। विनोदको इनिङमा तीन चौका रह्यो। विनोदले मुन्सेलाई साथ दिँदै ३९ बलअगावै जित दिलाउन मद्दत गरे। मुन्सेले ४९ बलमै शतक बनाए। यो सिजनको यो तेस्रो र समग्रमा छैटौं शतक हो। यसै सिजनमा पोखरा एभेन्जर्सका युवराज सामरा र चितवन राइनोजका कामिल मिसराले शतक बनाएका थिए। पहिलो सिजनमा पोखराकै एडम रोसिङ्टन र दोस्रो सिजनमा कर्णाली याक्सका मार्क वाटले शतक पूरा गरेका थिए। फाइनलमै मुन्सेले शतक पूरा गरे।  अघिल्ला दुई खेलमा चल्न नसकेका स्कटल्यान्डका मुन्से फाइनलमा भने चम्किए। 

सुदूरपश्चिमले १०.४ ओभरमै सय रनको आँकडा पार गर्दै जितको आधार बनायो। लुम्बिनीका बलर पूर्ण असफल भए। यसै सिजनको अघिल्ला दुई भेटमा सुदूरपश्चिम ८७ रन र १०८ रन मात्र जोड्न सकेको थियो। तर फाइनलमा भने सुदूरपश्चिमका ओपनर नै लुम्बिनीका बलरमाथि हाबी भए। टस जितेर सुदूरपश्चिमले लुम्बिनीलाई ब्याटिङ गर्ने निम्तो दियो। खराब सुरुआत भए पनि लुम्बिनीले पूरै ओभरमा ६ विकेटको क्षतिमा १५५ रनको योगफल बनायो। मध्य क्रमका ब्याटर दिलीप नाथ ३९ रनमा अविजित रहे। यो नै सर्वाधिक ठुलो व्यक्तिगत रन रह्यो। अन्य पाँच ब्याटरले ससाना योगदान दिँदा लुम्बिनीले प्रतिस्पर्धात्मक लक्ष्य दियो। लुम्बिनीको सुरुआत राम्रो भएन। तेस्रो ओभरमै पहिलो विकेट गुमायो। ओपनर आसिफ शेख १ रनमै एलबिडब्लु शिकार भए। स्कट कुग्गेलिनले उनलाई आउट गर्दै राम्रो सुरुआत दिलाए। यसपछिका ब्याटरले ससाना योगदान दिए। कप्तान रोहित पौडेलले ३० रनमा रनआउट भए। उनले ३१ बल खेल्दा दुई चौका मात्र हिर्काए। 

१५औं ओभरमा दिलीप नाथसँग तालमेल बिग्रिएपछि रोहित चौथो विकेटका रूपमा आउट भए। यतिबेला लुम्बिनी १०८÷४ को अवस्थामा थिए। तर अन्तिम पाँच ओभरमा  आक्रामक ब्याटिङ गर्‍यो। यस क्रममा ४८ रन जोड्दा लुम्बिनीले दुई विकेट मात्र गुमाउन पुग्यो। सुदूरपश्चिमका कप्तान दीपेन्द्रले १८औं ओभरमा स्पिनर इशान पाण्डेलाई बलिङमा ल्याए। यो निर्णय सही साबित भएन। यो ओभरमा इशानले १६ रन दिए। अली शेखले दुई छक्का हिर्काए। अन्तिम ओभरमा अली २४ रनमा आउट भए। उनले १२ बलमा समान दुई छक्का र चौका हिर्काए। त्यसअघि ओपनर डार्सीले २१ र विकेटकिपर निरोशन डिकवेलाले २८ रन जोडे। 

मध्य क्रमका ब्याटर दिलीपले इनिङ समाले। उनले ३१ बलमा तीन छक्का हिर्काए।  ओपनर डार्सी पावरप्लेमै पभेलियन फर्किए। सुदूरपश्चिमका कप्तान दीपेन्द्रले डार्सीलाई बोल्ड गरे। डार्सीले १८ बलमा चार चौका प्रहार गरे। पावरप्लेमा ३७ रन जोड्दा दुई विकेट मात्र गुमाएको लुम्बिनीले मध्यम सुरुआत गर्‍यो। यसपछि कप्तान रोहित क्रिजमा आए। उनी र डिकवेलाबिच तेस्रो विकेटका लागि ३९ रनको साझेदारी बन्यो। स्पिनर रत्नायकेले डिकवेलालाई बोल्ड गर्दै साझेदारी तोडे। १७ बलमा डिकवेलाले एक चौका र छक्का हिर्काए। यो विकेटपछि रनको गतिमा अंकुस लाग्ने अनुमान थियो। तर दिलीपले केही ठुलो सट खेल्दै सुदूरपश्चिमका बलरलाई दबाबमा राखे। सुदूरका बलर १५औं ओभरसम्म लय गुमाएनन्। अन्तिम ओभर भने समालिन सकेनन्।

सुदूरपश्चिमको बलिङमा कुग्गेलिनले दुई विकेट लिँदा हेमन्त धामी, थरिन्दु रत्नायके र कप्तान दीपेन्द्रसिंहले समान एक विकेट लिए। हेमन्तले चार ओभरमा २३ रन मात्र दिए।

सर्वाधिक विकेटमा रिजन र ब्याटिङमा सामरा 
तेस्रो सिजनमा प्लेअफमा नै पुग्न नसकेको पोखरा एभेन्जर्सका ब्याटर युवराज सामरा सर्वाधिक रनकर्ता र दोस्रो क्वालिफायरसम्म पुगेको चितवन राइनोजका बलर रिजन ढकाल सर्वाधिक विकेटकर्ता भए। चितवनका रिजन ढकालले ८ खेलबाट १७ विकेट लिए। स्कट कुग्गेलिनले १० खेलबाट १४ विकेट लिए। सर्वाधिक रन बटुल्ने सूचीमा सामरा र विराटनगर किङ्सका लोकेश बम शीर्ष दुई स्थानमा रहे। सामराले २९४ र लोकेशले २४२ रन जोडे। सामराले चार खेलमा र लोकेशले सात खेलमा बनाएका हुन्।
अर्को समाचार
दशौं राष्ट्रिय खेलकुद: पौडीमा बागमती च्याम्पियन, एनआरएन टोली बन्यो दोस्रो
१० घण्टा अघि
•
४ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद: पौडीमा बागमती च्याम्पियन, एनआरएन टोली बन्यो दोस्रो
दशौँ राष्ट्रिय खेलकुद पौडी प्रतियोगिता तथा २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपमा बागमती प्रदेश च्याम्पियन बनेको छ।




बागमतीले सर्वाधिक १६ स्वर्ण, ९ रजत र १० कांस्य गरी कुल ३५ पदक जित्दै च्याम्पियन बनेको हो। दोस्रो स्थानमा रहेको एनआरएन टोलीले १२ स्वर्ण, ४ रजत र ४ कांस्य गरी कुल २० पदक जित्न सफल भएको छ।

नेपाल आर्मी क्लबले ७ स्वर्ण, १५ रजत र १७ कांस्य गरी कुल ३९ पदकसहित तेस्रो स्थान हासिल गरेको छ। नेपाल पुलिस क्लब ६ स्वर्ण, १४ रजत र १६ कांस्य गरी कुल ३६ पदकसहित चौथो, कोशी प्रदेश ३ स्वर्णसहित पाँचौँ र सुदूरपश्चिम प्रदेश २ स्वर्ण, ४ रजत र १ कांस्य गरी कुल ७ पदकसहित छैटौँ स्थानमा रहेका छन्। यसैगरी, प्रतियोगितामा पुरुषतर्फ बागमती र महिलातर्फ एनआरएन टोली च्याम्पियन बनेका छन्।

प्रतियोगिताको अन्तिम दिन पुरुष २०० मिटर बटरफ्लाईमा तीन खेलाडीले पुरानो राष्ट्रिय कीर्तिमान भंग गरेका छन्। नेपाली पौडीमा एउटै इभेन्टमा तीन खेलाडीले राष्ट्रिय कीर्तिमान भंग गर्नु पनि नयाँ कीर्तिमान हो। यसअघि उक्त इभेन्टमा अशिम भण्डारीको नाममा २ मिनेट २१.८७ सेकेन्डको कीर्तिमान थियो। शुक्रबार सुदूरपश्चिमका अर्थभ सिंहले २ मिनेट १८.३० सेकेन्डमा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। रजत पदक जित्ने आर्मीका सौरेन बहादुर सिंहले २ मिनेट १९.८१ सेकेन्ड र कांस्य पदक जित्ने आर्मीकै अशिम भण्डारीले २ मिनेट २०.११ सेकेन्डमा दूरी पूरा गरेका थिए।

पुरुष ८०० मिटर फ्रिस्टायलमा आफ्नै पुरानो कीर्तिमान सुधार गर्दै पुलिसका काल्किन श्रेष्ठले राष्ट्रिय कीर्तिमान बनाउने क्रममा स्वर्ण पदक जिते। उनले ९ मिनेट ०३.२१ सेकेन्डमा दूरी पूरा गरे। सुदूरपश्चिमका अर्थभ सिंहले १० मिनेट ०१.९६ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा पुलिसका रचित बुढाथोकीले १० मिनेट ३३.६८ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते। यस इभेन्टमा यसअघि काल्किनकै नाममा ९ मिनेट ०३.२१ सेकेन्डको कीर्तिमान थियो।

महिला २०० मिटर बटरफ्लाईमा एनआरएनकी लिलीले स्वर्ण जित्ने क्रममा २ मिनेट ३३.२० सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी छन्। यसअघि डुआना लामाको नाममा २ मिनेट ३५.२९ सेकेन्डको कीर्तिमान थियो। आर्मीकी डुआनाले २ मिनेट ३९.९४ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा पुलिसकी देभान्सी जोशीले ३ मिनेट ०३.१३ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जितिन्।

महिला ४०० मिटर फ्रिस्टायलमा एनआरएनकी लिली बोहराले ४ मिनेट ४३.११ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन्। आर्मीकी डुआना लामाले ४ मिनेट ५२.६२ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा एनआरएनकी मिखा काया थापाले ५ मिनेट ०२.७६ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जितिन्।

पुरुष २०० मिटर इन्डिभिजुअल मिड्लेमा बागमतीका अभिभ प्रधानले २ मिनेट १६.९६ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते। पुलिसका इर्भिन श्रेष्ठले २ मिनेट २०.१६ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा पुलिसकै काल्किन श्रेष्ठले २ मिनेट २२.०९ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते।

महिला १०० मिटर ब्रेस्टस्ट्रोकमा आर्मीकी डुआना लामाले १ मिनेट १९.९२ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन्। एनआरएनकी लिलीले १ मिनेट २२.५५ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा बागमतीकी रोयल प्रजापतिले १ मिनेट २४.१८ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जितिन्।

पुरुष १०० मिटर ब्रेस्टस्ट्रोकमा कोशीका विकास कुमालले १ मिनेट ०८.२५ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते। आर्मीका जाडेन श्रेष्ठले १ मिनेट ०८.६४ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा बागमतीका आरिक कर्माचार्यले १ मिनेट १६.६४ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते।

महिला ५० मिटर फ्रिस्टायलमा एनआरएनकी मिखा काया थापाले २९.१५ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन्। बागमतीकी आर्या महर्जनले २९.४९ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा बागमतीकै रोयल प्रजापतिले ३०.०९ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जितिन्।

पुरुष ५० मिटर फ्रिस्टायलमा पुलिसका इर्भिन श्रेष्ठले २५.६२ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते। बागमतीका अभिभ प्रधानले २४.६८ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा आर्मीका अल्भि महर्जनले २५.०२ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते।

महिला ४ गुणा १०० मिटर फ्रिस्टायल रिलेमा बागमती प्रदेशले ४ मिनेट २८.८६ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जित्यो। आर्मीले ४ मिनेट ३१.०६ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा पुलिसले ४ मिनेट ४४.४० सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते।

पुरुष ४ गुणा ५० मिटर फ्रिस्टायल रिलेमा बागमतीले १ मिनेट ४१.९२ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जित्यो। पुलिसले १ मिनेट ४४.२६ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा आर्मीले १ मिनेट ४४.४७ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जित्यो।

महिला ४ गुणा ५० मिटर मिड्ले रिलेमा बागमतीले २ मिनेट १६.०१ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जित्यो। पुलिसले २ मिनेट १९.७६ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा आर्मीले २ मिनेट २०.०१ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जित्यो।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस