अन्तिम क्षणमा असफल भएका ट्रान्सफर
१८ साउन २०८३
•
६ मिनेट पाठ
अन्तिम क्षणमा असफल भएका ट्रान्सफर
फुटबलका समर्थकहरू ट्रान्सफर विन्डो सुरु हुनेबित्तिकै जहिल्यै उत्साहित हुन्छन् र कल्पनामा दौडिन थाल्छन्। कुनै चर्चित खेलाडी आफ्नो क्लबमा आउने चर्चा चल्यो भने त उनीहरू उपाधिकै सपना देख्ने गर्छन्। तर, फुटबलमा यस्ता अनगिन्ती ट्रान्सफर छन्, जुन अन्तिम क्षणमा असफल भए।




तीमध्ये केहीले क्लबहरूको भविष्य नै बदल्न सक्थे। साथै केही खेलाडीको करियरले ठूलो उचाइमा पुग्न सक्थ्यो। केही वर्षअगाडि नाइजेरियाली स्ट्राइकर गिफ्ट ओर्बानको कथा यस्तै एउटा उदाहरण हो। टोटेनहम हट्सपरका तत्कालीन स्टार ह्यारी केनको उत्तराधिकारी बन्न सक्ने खेलाडीका रूपमा ओर्बानलाई लिइएको थियो।

सन् २०२३ मा २१ वर्षे ओर्बान युरोपेली फुटबलका सबैभन्दा चर्चित युवा स्ट्राइकरमध्ये एक थिए। नर्वेको स्टाबेकबाट २२ खेलमा १६ गोल गरेपछि उनी बेल्जियमको जेन्ट पुगे। त्यहाँ पनि उनको गोल वर्षा रोकिएन। २२ खेलमै उनले २० गोल गरे। यसपछि युरोपेली क्लबहरूको ध्यान उनमा प¥यो। मार्च २०२३ को चार दिनको अन्तरालमा उनले दुई खेलमा सात गोल गरे।

जुल्टे वारेगेमविरुद्ध ६–२ को जितमा चार गोल गर्दै उनी २१औं शताब्दीमा एउटै खेलमा चार गोल गर्ने गेन्टका पहिलो खेलाडी बने। त्यसको केही दिनपछि कन्फरेन्स लिगको अन्तिम १६ मा इस्तानबुल बासाकसेहिरविरुद्ध ओर्बानले तीन मिनेट २५ सेकेन्डमै ह्याट्रिक पूरा गरे। त्यो समयसम्म युइएफएका क्लब प्रतियोगिताहरूमा सबैभन्दा छिटो ह्याट्रिकको कीर्तिमान बन्यो। त्यतिबेला टोटेनहमका केन जर्मन क्लब बायर्न म्युनिख जाने निश्चित भइसकेको थियो। टोटेनहम नयाँ स्ट्राइकरको खोजीमा देखिन्थ्यो। त्यसैले केनको सम्भावित उत्तराधिकारीका रूपमा उनै ओर्बानलाई हेरियो। के आर्बान ग्लोबल स्टार बन्छन् भन्ने हेडलाइन पनि बने। इङ्लिस सञ्चारमाध्यमले पनि उनलाई भविष्यको विश्वस्तरको स्टारसम्म घोषणा गर्न थाले। तर, टोटेनहममा नयाँ प्रशिक्षक भित्रिएपछि अनुमानअनुरूप भएन।

नयाँ प्रशिक्षक एन्ज पोस्टेकोग्लुको प्रशिक्षणमा टोटेनहमले दुई मिलियन पाउन्ड मूल्य तिर्न हिचकिचायो। वार्ता रोकियो र ट्रान्सफर कहिल्यै पूरा भएन। पछि ओर्बानको यात्रा भने अपेक्षाअनुसार अघि बढेन। पछिल्ला तीन वर्षमा उनले चार क्लब फेरे। जेन्ट, लियोन, होफेनहाइम हुँदै गत साता मात्रै उनी टर्कीको शीर्ष डिभिजनमा नवप्रवेशी आमेदस्पोरमा लोन सम्झौतामा पुगेका छन्। बिचमा इटालीको भेरोनाबाट सात गोल गरे पनि उनले एक समय देखिएको आशा पुनः फर्काउन सकेका छैनन् तर फुटबल इतिहासमा सबै असफल ट्रान्सफरको अन्त्य ओर्बानजस्तो भएको छैन। अन्यको असफल ट्रान्सफरले नयाँ उचाइ पनि छोएको छ।

म्यानचेस्टर सिटीले गुमाएका काका

सन् २००९ को जनवरीमा अबुधाबी समूहले खरिद गरेपछि इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले विश्व फुटबललाई चकित पार्ने प्रस्ताव गर्‍यो। इटालियन क्लब एसी मिलानका ब्राजिलियन स्टार काकाका लागि सिटीले १०८ मिलियन पाउन्डको प्रस्ताव राख्यो। त्यतिबेला विश्व कीर्तिमान ट्रान्सफर रकमभन्दा दोब्बर बढी थियो त्यो। एक समर्थकले काका आउनेमा विश्वस्त हुँदै आफ्नो छातीमै उनको नामको ट्याटुसमेत खोपे तर सन् २००७ का बालोन डिअ’र विजेता तथा प्लेमेकर काकाले समय उपयुक्त नभएको भन्दै सिटीको उक्त प्रस्ताव अस्वीकार गरे। केही महिनापछि उनी विश्व कीर्तिमानी ५६ मिलियन पाउन्डमा रियाल मड्रिड पुगे। त्यहाँ उनले ला लिगा र कोपा डेल रे जिते। केही सफलतापछि उनी एसी मिलान फर्किए। करियरको उत्तरार्धमा उनी अमेरिकाको ओरलान्डो सिटी गए र ब्राजिलको साओ पाउलोमा पुगेर उनको करियर अन्त्य भयो।

रिभाल्डो ः बोल्टनको युरोपेली सपना

सन् २००४ मा स्याम एलार्डाइसको प्रशिक्षणमा बोल्टन वान्डरर्स इङ्लिस प्रिमियर लिगको आश्चर्यजनक टोली बनेको थियो। एलार्डाइसले त्यति बेला ब्राजिलका विश्वकप विजेता ३२ वर्षे रिभाल्डोलाई क्लबमा ल्याउने प्रयास गरे। एसी मिलानमा अवसर गुमाइरहेका रिभाल्डोले पनि बोल्टनलाई युरोपेली प्रतियोगितामा पुर्‍याउने चुनौती लिन चाहेका थिए तर अन्तिम समयमा उनले निर्णय बदले र ग्रिसको ओलम्पियाकोस रोजे। बोल्टन भने त्यस सिजन लिग (२००४÷०५) मा छैटौं स्थानमा रहँदै युइएफए कपका लागि छनोट भयो। लिभरपुलसँग अंक बराबरी पनि टोली युइएफ कपमा पुग्यो र अन्तिम ३२ सम्म यात्रा तय ग¥यो। रिभाल्डो भने एइके एथेन्स, उज्बेकिस्तान, अंगोला हुँदै ब्राजिल फर्किए।

जिदानभन्दा शेरवुड उत्कृष्ट

फुटबल इतिहासकै सबैभन्दा चर्चित के हुन्थ्यो होला। यदि ट्रान्सफरमध्ये एक जिनेदिन जिदानको ब्ल्याकबर्न रोभर्स पुगेको भए ? सन् १९९५ मा प्रिमियर लिग जितेको ब्ल्याकबर्नलाई बोर्डका सदस्यहरूले बोर्डोका युवा मिडफिल्डर जिदान र स्ट्राइकर क्रिस्टोफ डुगारी अनुबन्धित गर्न सुझाव दिएका थिए। तर क्लब मालिक ज्याक वाकरको एउटा जबाफ फुटबल इतिहासमै चर्चित बन्यो। ‘हामीसँग टिम शेरवुड हुँदा जिदान किन चाहियो?’ त्यसपछि जिदानले युभेन्ट्स, रियाल मड्रिड र फ्रान्सबाट विश्व फुटबलमा इतिहास नै लेखे। उनले विश्वकप, युरोपियन च्याम्पियनसिप, दुई सिरी ए, ला लिगा र च्याम्पियन्स लिग जिते। डुगारीले पनि एसी मिलान, बार्सिलोना, मार्सेइल र बोर्डोबाट खेल्दै सफल करियर बनाए। त्यति बेला टिम शेरवुडले केही महिनाअघि मात्रै ब्ल्याकबर्नसँग प्रिमियर लिगको उपाधि जितेका थिए। जिदान र क्रिस्टोफ दुवै ब्ल्याकबर्नसँग छलफल गर्न  इङ्ल्यान्डसम्म पुगे। तर अन्ततः कुनै सम्झौता  हुन सकेन।

चेल्सी पुग्नै लागेर रोकिएका जेरार्ड

सन् २००५ मा लिभरपुलले कप्तान स्टेभन जेरार्डको नेतृत्वमा च्याम्पियन्स लिगको ऐतिहासिक पुनरागमन गर्दै उपाधि जित्यो। त्यसपछि जेरार्डले ट्रान्सफरका लागि अनुरोध गरे। जोसे माउरिन्होको चेल्सी उनलाई ३२ मिलियन पाउन्डमा अनुबन्धित गर्न इच्छुक थियो। उनको सबै संकेत स्टामफोर्ड ब्रिजतर्फ देखिन्थ्यो तर जेरार्डले अन्तिम समयमा निर्णय बदले। उनले पारिवारिक कारण देखाउँदै लिभरपुलमै बस्ने घोषणा गरे। त्यसपछि उनले ७०० भन्दा बढी खेल खेल्दै क्लबका महान् कप्तानका रूपमा आफ्नो पहिचान स्थापित गरे। उनले सन् २००७ मा पनि क्लबलााई च्याम्पियन्स लिग फाइनलमा पुर्‍याए। तर, यसपल्ट एसी मिलानले बदला लियो। दशकौंपछि माउरिन्होले जेरार्डलाई अनुबन्धित गर्न नसक्नु आफ्नो प्रशिक्षण जीवनकै सबैभन्दा ठूलो ट्रान्सफर निराशामध्ये एक भएको स्विकारेका थिए।

एमबाप्पेकी आमाको मन पर्ने टोली

आज विश्व फुटबलका उत्कृष्ट स्ट्राइकरमध्ये एक किलियन एमबाप्पे सन् २०१७ मै लिभरपुल पुग्न सक्थे। त्यति बेला मोनाकोबाट उदाइरहेका एमबाप्पेसँग लिभरपुलले भित्र्याउन वार्ता गरेको थियो। प्रशिक्षक योर्गान क्लोपले एमबाप्पे र उनको परिवारका लागि निजी विमानदेखि विशेष आतिथ्यसम्मको व्यवस्था गरेका थिए। एमबाप्पेले पनि लिभरपुल आफ्नी आमाको सबैभन्दा मन पर्ने क्लब भने। अन्ततः उनले पेरिस सेन्ट जर्मेन (पिएसजी) रोजे।

त्यहाँ उनले लगातार लिग उपाधि जिते र सन् २०२४ मा रियाल मड्रिड पुगे। इङ्लिस टोली फुलह्यामको पनि असम्भव सपना इन्टोइन ग्रिजेमन बने। सन् २०१४ मा रेलिगेसनबाट जोगिन संघर्ष गरिरहेको इङ्लिस प्रिमियर लिग क्लब फुलह्यामले स्पेनिस क्लब रियाल सोसिडाडका युवा फरवार्ड ग्रिजमनका लागि १२ मिलियन पाउन्डको प्रस्तावबारे छलफल गरेको थियो। तर, अन्तिममा फुलह्यामले त्यही रकम ग्रिक स्ट्राइकर कोस्टास मित्रोग्लुमा खर्चियो। मित्रोग्लुले प्रिमियर लिगमा मात्र तीन खेल खेले र गोल गर्न पनि सकेनन्। फुलह्याम रेलिगेसनमा पर्‍यो। ग्रिजमेन भने स्पेनमै रहे। एट्लेटिको मड्रिड र बार्सिलोनाबाट उत्कृष्ट करियर बनाउँदै उनले फ्रान्सलाई सन् २०१८ को विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका खेले। 
अर्को समाचार
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
१ घण्टा अघि
•
१ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
जुम्ला। यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।




पहिलोपटक हिमाली जिल्लामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको खेलहुने भएपछि यहाँका स्थानीय तह र सरोकारवाला निकाय तयारी अवस्थामा जुटेकाछन्। खेल सञ्चालनहुने स्थानलाई तयारी अवस्थमा राखिएको छ।

बाहिरीबाट आउने खेलाडिलगायत अतिथिलाई स्वागत गर्नेका लागि जिल्लाको मुख्य प्रवेश विन्दु तिला गाउँपालिकामा गेट निर्माणको जिम्मा सम्बन्धित गाउँपालिकालाई दिइएको जिल्ला खेलकुद विकास समितिका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिए।

पुरुष फुटबलका सेमिफाइनल तथा फाइनल खेल नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डाको खेलमैदान प्रतियोगिता हुने भएको छ। आवश्यक सबै स्रोत साधन उपलब्ध भएको छ। खेल यही १४ देखि २० मंसिरसम्म सञ्चालनहुने छ। प्रतियोगिता अघि आवश्यक मर्मतसम्भार, व्यवस्थापन र तयारीका काम अहिले भइरहेको उनको भनाइ छ।

यसैगरी खेलाडिलाई थप पूर्व तयारी खेल खेल्न चन्दननाथ नगरपालिका–२ स्थित परिमलाचौर फुटबल मैदान सम्याउने, प्याराफिट मर्मत गर्ने र आवश्यक पोल निर्माणका काम सञ्चालन भएका छन्। प्रतियोगितालाई व्यवस्थित र आकर्षक बनाउन थप मर्मतसम्भार तथा सजावटका काम धमाधम भइरहेको समितिले जनाएको छ। रासस
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
यो पनि पढौँ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस