कासेमिरो अनुबन्धित भएपछि इन्टर मियामीमाथि छानबिन
०८ साउन २०८३
•
३ मिनेट पाठ
कासेमिरो अनुबन्धित भएपछि इन्टर मियामीमाथि छानबिन
ब्राजिलका अनुभवी मिडफिल्डर कासेमिरोलाई अनुबन्धित गरेपछि इन्टर मियामीमाथि नियम उल्लंघन गरेको आरोपबारे छानबिन सुरु भएको छ।




मेजर लिग सकर (एमएलएस) ले कासेमिरोको अनुबन्धनबारे इन्टर मियामीमाथि अनुसन्धान सुरु गर्ने जनाएको हो। बुधबार इन्टर मियामीले ३४ वर्षीय कासेमिरोसँग सन् २०२७ को एमएलएस सिजनको अन्त्यसम्मका लागि सम्झौता घोषणा गरेको थियो। सम्झौतामा सन् २०२९ को जुनसम्म थप गर्ने विकल्प पनि राखिएको छ।

कासेमिरो गत सिजनको अन्त्यमा म्यानचेस्टर युनाइटेडबाट बाहिरिएका थिए तर मियामीले उनको अनुबन्ध सार्वजनिक गरेको केही समयमा नै एमएलएसले विज्ञप्ति जारी गर्दै क्लबविरुद्ध ‘ट्यम्परिङ’ सम्बन्धी आरोपको समीक्षा गरिरहेको जनाएको छ। ‘लिगले यस विषयसँग सम्बन्धित सबै जानकारी संकलन गरिरहेको छ। समीक्षा पूरा नभएसम्म यसबारे थप टिप्पणी गरिने छैन,’ एमएलएसले भनेको छ।

साथै इन्टर मियामी र एलए ग्यालेक्सीबिच कासेमिरोलाई अनुबन्ध गर्ने डिस्कभरी प्रायोरिटी (पहिलो अधिकार) सम्बन्धी सहमति भइसकेको भए पनि ट्यम्परिङ छानबिन सकिएपछि मात्र त्यसका सर्तहरू सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ। छानबिनको मुख्य विषय कासेमिरोको डिस्कभरी राइट्स हो।

एमएलएसको यो नियमअनुसार कुनै खेलाडी लिगमा आउन चाहेमा सूचीमा राखेको क्लबलाई उनलाई अनुबन्धित गर्ने पहिलो अधिकार प्राप्त हुन्छ। प्रत्येक एमएलएस क्लबले आफ्नो डिस्कभरी सूचीमा एकै समयमा बढीमा पाँच खेलाडी राख्न सक्छ र आवश्यकताअनुसार नाम थपघट गर्न सक्छ। कासेमिरोको डिस्कभरी अधिकार एलए ग्यालेक्सीसँग थियो तर इन्टर मियामीले उनको अनुबन्ध घोषणा गर्दै उक्त अधिकार ग्यालेक्सीबाट प्राप्त गरेको जनाएको छ।

‘इन्टर मियामीसँग कासेमिरोको डिस्कभरी अधिकारसम्बन्धी सहमति भएको छ। तर एमएलएसले गरिरहेको ट्याम्परिङ छानबिन पूरा भएपछि मात्र त्यसका सर्त सार्वजनिक गरिनेछन्,’ एलए ग्यालेक्सीले पनि विज्ञप्ति जारी गर्दै भनेको छ। कासेमिरोले गत जनवरीमै आपसी सहमतिमा आफ्नो सम्झौता नवीकरण नगर्ने निर्णय भएपछि सन् २०२६–२७ सिजनको अन्त्यमा ओल्ड ट्राफोर्ड छाड्ने घोषणा गरेका थिए।

रियाल मड्रिडबाट पाँच पटक युइएफए च्याम्पियन्स लिग जितेका कासेमिरो सन् २०२२ मा म्यानचेस्टर युनाइटेड पुगेका थिए। यसै वर्षको फिफा विश्वकपमा उनले ब्राजिलका लागि खेल्दै टोलीलाई अन्तिम १६ सम्म पु¥याउन योगदान दिएका थिए। ‘सबैभन्दा धेरै गोल प्रेरित गर्ने कुरा जित्नु र निरन्तर प्रगति गर्नु हो। हरेक खेलाडीको सोच यही हुन्छ,’ कासेमिरोले भने।

युनाइटेडका लागि उनले १६० खेल खेल्दै २६ गोल गरेका थिए। १४ गोलमा सहयोग गरेका थिए। उनले क्लबसँग एक इएफएल कप र एक एफए कप पनि जितेका थिए। कासेमिरोको बहिर्गमनपछि युनाइटेडले मिडफिल्ड मजबुत बनाउन ट्रान्सफर मार्केटमा सक्रियता बढाएको छ।

क्लबले चेल्सीबाट एन्ड्रेई सान्तोसलाई पाँच करोड पाउन्डमा र एस्टन भिल्लाबाट युरी टिलेमन्सलाई तीन करोड ५० लाख पाउन्डमा अनुबन्ध गरिसकेको छ। छानबिनको घोषणा हुनुअघि इन्टर मियामीका सहमालिक डेभिड बेकह्यामले कासेमिरोको प्रशंसा गरेका थिए। ‘उनी जन्मजात विजेता हुन्। मड्रिड र म्यानचेस्टर युनाइटेडमा उनले असाधारण सफलता हासिल गरेका छन्। यस्तो खेलाडीले आफ्नो अर्को गन्तव्यका रूपमा मियामी रोजेकोमा म अत्यन्त खुसी छु,’ उनले भनेका छन्।

मियामीमा कासेमिरोले मड्रिड र म्यानचेस्टर युनाइटेडका पूर्वसहकर्मी सर्जियो रेगिलोनसँग भेट्नेछन्। साथै विश्वकप फाइनलिस्ट अर्जेन्टिनाका कप्तान लियोनेल मेसी र रोड्रिगो डे पाउलसँग पनि उनले एउटै टोलीमा खेल्नेछन्। इन्टर मियामी ट्रान्सफर मार्केटसम्बन्धी विवादमा तानिएको यो पहिलो घटना भने होइन।

सन् २०२१ मा युभेन्ट्सबाट फ्रान्सका मिडफिल्डर ब्लेज माटुइडीलाई अनुबन्धित गर्दा एमएलएसका नियम उल्लंघन गरेको ठहर गर्दै क्लबलाई २० लाख अमेरिकी डलर जरिवाना गरिएको थियो। माटुइडीलाई नियमले अनुमति दिएकोभन्दा बढी पारिश्रमिक दिइएको एमएलएसको ठहर छ।
अर्को समाचार
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
२ घण्टा अघि
•
१ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
जुम्ला। यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।




पहिलोपटक हिमाली जिल्लामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको खेलहुने भएपछि यहाँका स्थानीय तह र सरोकारवाला निकाय तयारी अवस्थामा जुटेकाछन्। खेल सञ्चालनहुने स्थानलाई तयारी अवस्थमा राखिएको छ।

बाहिरीबाट आउने खेलाडिलगायत अतिथिलाई स्वागत गर्नेका लागि जिल्लाको मुख्य प्रवेश विन्दु तिला गाउँपालिकामा गेट निर्माणको जिम्मा सम्बन्धित गाउँपालिकालाई दिइएको जिल्ला खेलकुद विकास समितिका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिए।

पुरुष फुटबलका सेमिफाइनल तथा फाइनल खेल नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डाको खेलमैदान प्रतियोगिता हुने भएको छ। आवश्यक सबै स्रोत साधन उपलब्ध भएको छ। खेल यही १४ देखि २० मंसिरसम्म सञ्चालनहुने छ। प्रतियोगिता अघि आवश्यक मर्मतसम्भार, व्यवस्थापन र तयारीका काम अहिले भइरहेको उनको भनाइ छ।

यसैगरी खेलाडिलाई थप पूर्व तयारी खेल खेल्न चन्दननाथ नगरपालिका–२ स्थित परिमलाचौर फुटबल मैदान सम्याउने, प्याराफिट मर्मत गर्ने र आवश्यक पोल निर्माणका काम सञ्चालन भएका छन्। प्रतियोगितालाई व्यवस्थित र आकर्षक बनाउन थप मर्मतसम्भार तथा सजावटका काम धमाधम भइरहेको समितिले जनाएको छ। रासस
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
यो पनि पढौँ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस