चार खेलले देखाएको नेपाली क्रिकेटको ऐना: ब्याटिङ ढल्यो, अबको बाटो कता ?
१५ साउन २०८३
•
७ मिनेट पाठ
चार खेलले देखाएको नेपाली क्रिकेटको ऐना: ब्याटिङ ढल्यो, अबको बाटो कता ?
नेदरल्यान्ड्समा चारै खेल गुमाएपछि नेपालको विश्वकप सपना मात्र होइन, एकदिवसीय क्रिकेट खेल्ने हैसियतमाथि समेत प्रश्न उठेको छ । अब सुधार नगरे नेपाली क्रिकेट कठिन मोडमा पुग्ने खतरा पनि बढेको छ ।  




नेपाली क्रिकेट टोली नेदरल्यान्ड्स जाँदा लक्ष्य केवल खेल खेल्नु थिएन । लक्ष्य थियो—विश्वकप लिग–२ मा महत्वपूर्ण अंक जोड्ने, विश्वकप छनोटको सम्भावना बलियो बनाउने र नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा बनाएको पहिचानलाई अझ माथि पु¥याउने थियो । तर चार खेलपछि कथा ठीक उल्टो भयो । जारी विश्वकप लिग २ को आफ्नो आठौं शृंखलामा नेपाल चार खेलमा अंकविहीन बन्यो । अर्थात् एउटा पनि जित हासिल गर्न सकेन ।

पहिलो खेलमा नामिबियासँग ८ विकेट, दोस्रोमा नेदरल्यान्ड्ससँग ६ विकेट, तेस्रोमा नामिबियासँग ३ रनको साँधुरो पराजय र अन्तिम खेलमा घरेलु टोली नेदरल्यान्ड्ससँग ५७ रनको लज्जास्पद हार ।  

नेपालका लागि यो केवल एउटा खराब सिरिज मात्र होइन । यो चार खेलले नेपाली क्रिकेटको अहिलेको वास्तविक अवस्था प्रष्ट्याइदिएको छ।  

ध्वस्त ब्याटिङ  

नेपालले अघिल्ला २ खेलमा पहिला ब्याटिङ गर्यो । पहिलोमा १ सय ५७ र दोस्रोमा १ सय ५७ । पछिल्ला दुई खेलमा जवाफी इनिङ्समा नेपाल पहिलोमा २ सय ८ र दोस्रोमा १ सय ६८ रनमा सीमित बन्यो । चारमध्ये तीन खेलमा नेपालले १७० रनको आँकडा पनि पूरा गर्न सकेन। २ सय रन पार गरेको एउटा खेलमा पनि ३ रनले पराजित हुन पुग्यो ।

चारै खेल र चारै इनिङ्सलाई केलाउने हो भने नेपालको ब्याटिङ ध्वस्त बन्यो ।  

नेपालले सुरुवातमा विकेट गुमाउँदा त्यसलाई सम्हाल्ने साझेदारी बनाउन सकेन। मध्यक्रमले खेललाई नियन्त्रणमा लिन सकेन। अन्तिम ओभरका लागि विकेट बचाएर राख्ने र रनको गति बढाउने योजना पनि यो सिरिजमा खासै प्रभावकारी देखिएन ।

एकदिवसीय क्रिकेटमा हरेक बलमा ठूलो सट खेल्नुपर्दैन । कहिलेकाहीँ ३० बलमा १५ रन पनि मूल्यवान हुन्छ । किनकि त्यो १५ रनले अर्को ब्याटरलाई क्रिजमा टिक्नलाई र्पयाप्त समय दिन्छ । तर नेपालले यही धैर्यपूर्ण क्रिकेट खेल्न संघर्ष गरिरहेको देखियो । खेल जित्ने अवस्थामा पुगेपछि कसरी अन्तिम केही ओभर खेल्ने ? कुन बलमा जोखिम लिने ? कुन बलमा स्ट्राइक रोटेट गर्ने ? कुन ब्याटरले जिम्मेवारी लिने ? यी प्रश्नको उत्तर नेपालले यो सिरिजको कुनै पनि खेलमा दिन सकेन ।  

शाख जोगाउँदै बलिङ 

भनिन्छ, नेपालको क्रिकेट बलिङले धानेको छ। ठुला प्रतिस्पर्धामा नेपाली बलर सधैं प्रभावकारी देखिएका छन्। चाहे त्यो अमेरिका विश्वकपमा साउथ अफ्रिकासँगको प्रतिस्पर्धामा होस् वा भारतमा इंल्यान्डलाई आछुआछु पार्दा किन नहोस्। नेपालको बलिङ अब्बल छ। नेदरल्यान्ड्स भ्रमणमा पनि बलिङलाई पूर्ण रूपमा असफल भन्न मिल्दैन । बरु चार खेलको प्रदर्शन हेर्दा बलिङ नै नेपालको तुलनात्मक रूपमा बलियो पक्ष देखियो।  सधै झैं यो सिरिजमा पनि देखियो ।

पहिलो र दोस्रो खेलमा तुलनात्मक रुपमा कमजोर बलिङ गरेको नेपालले तेस्रो  र चौथो खेलमा भने निकै कसिलो बलिङ गर्दै विपक्षी टोलिलाई कमजोर स्कोरमा रोक्न सफल भएको थियो । तर समस्या फेरि उही आयो । बलरले खेल बचाए, तर ब्याटरले खेल जिताउन सकेनन् । यही कारण नेपालको बलिङमाथि भन्दा अहिले ब्याटिङमाथि गम्भीर समीक्षा आवश्यक देखिन्छ ।

तर बलिङमा पनि केही प्रश्न छन् ।

विपक्षी दबाबमा आएको बेला विकेटको निरन्तरता किन रहँदैन ? ठूलो साझेदारी रोक्ने योजना कहाँ कमजोर हुन्छ ? मध्य ओभरमा रन नियन्त्रण गर्ने रणनीति कति प्रभावकारी छ ? यी प्रश्नको उत्तर पनि खोज्नुपर्नेछ ।  

सबैभन्दा ठूलो कमजोरी टप अर्डर  

एकदिवसीय क्रिकेटमा पहिलो १०–१५ ओभरले खेलको आधार तयार गर्छ । नेपालले धेरैपटक यही चरणमा दबाब भोगेको छ । ओपनिङ जोडीबाट स्थिर सुरुवात नआउँदा मध्यक्रममाथि तत्काल दबाब आउने गरेको छ । त्यसपछि मध्यक्रमले ठूलो इनिङ्स बनाउनुभन्दा विकेट बचाउनमै संघर्ष गर्नुपरेको देखिएको छ । रनरेट घट्दै जान्छ । अन्ततः ब्याटर जोखिम लिन बाध्य हुन्छ । अनि विकेट झर्छ । त्यसैले नेपालको समस्या केवल ‘कुन खेलाडी फर्ममा छैन?’ भन्ने प्रश्न होइन । ठूलो प्रश्न हो नेपालको ब्याटिङ सिस्टम नै कस्तो छ ? कसले नयाँ बल खेल्ने ? कसले इनिङ्स बनाउने ? कसले आक्रामक क्रिकेट खेल्ने ? कसले फिनिस गर्ने? यी भूमिका समेतको स्पष्टता विगतका सिरिज जस्तै यो सिरिजमा पनि खड्कियो ।

अझ कप्तानीको प्रश्न पनि यहीसँग जोडिन्छ ।

रोहित पौडेल नेपाली क्रिकेटका महत्वपूर्ण खेलाडी हुन् । तर कप्तानको रूपमा उनको सबैभन्दा ठूलो चुनौती अब आफ्नै प्रदर्शनभन्दा बाहिर गएर पूरै टोलीको ब्याटिङ संरचना बनाउनु पनि हो । कप्तानले प्रत्येक खेलमा शतक बनाउन सक्दैन । तर कप्तानले टोलीलाई यस्तो वातावरण दिन सक्छ जहाँ एक ब्याटरले ५० रन बनाउँदा अर्कोले ७० रनको साझेदारी गर्न सकोस् । नेपाललाई अहिले यही साझेदारीको क्रिकेट आवश्यकता रहेको छ । दीपेन्द्रसिंह ऐरी जस्ता अनुभवी खेलाडीबाट बल र ब्याट दुवैतर्फ जिम्मेवारी बढ्न सक्छ । करण केसीले बलिङमा देखाएको क्षमता महत्वपूर्ण छ । सन्दीप लामिछानेको स्पिनबाट विकेट निकाल्ने क्षमता पनि नेपालको ठूलो हतियार हुनुपर्ने हो । तर केही स्टार खेलाडीले मात्र टिमलाई विश्वकपसम्म पु¥याउन सक्दैनन् । पूरै ११ जनाको भूमिका हरेक खेलमा स्पष्ट हुनुपर्दछ ।

अब अर्को ठूलो प्रश्न: युवा खेलाडी ।

नेपालको भविष्यका लागि यो पक्ष अत्यन्त महत्वपूर्ण छ । अहिले नेपाली क्रिकेटले एउटै पुस्तामा निर्भर भएर बस्ने अवस्था छैन । नयाँ खेलाडीलाई अन्तराष्ट्रिय स्तरको दबाबमा खेलाउने, उनीहरूलाई नियमित अवसर दिने र आवश्यक परे कठिन निर्णय लिनुपर्ने समय समेत आएको छ । तर युवा खेलाडी ल्याउनु भनेको अनुभवी खेलाडीलाई अचानक हटाउनु भन्ने होइन । युवा खेलाडीलाई ल्याउनका लागि क्रिकेट संघले एउटा योजना अगाडि सार्नु पर्ने अति आवश्यक अहिलेको समयमा देखिएको छ । त्यसका लागि अनुभवी खेलाडीबाट युवालाई सिक्ने अवसर प्रदान गरिनु पर्नेछ । घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई मौका दिन थाल्नु पर्नेछ । घरेलु तथा ग्राउण्ड लेभल संरचना बलियो बनाउने काम गर्नुपर्नेछ । र अन्तर्राष्ट्रिय क्रिकेटका लागि तयार हुने स्पष्ट बाटोको नयाँ खाका तयार गरिनुपर्नेछ । यदि नेपालले यी संरचना बनाउन सकेन भने हरेक सिरिजमा नयाँ खेलाडी खोज्ने, फेरि परिवर्तन गर्ने र फेरि पुरानै समस्या दोहोरिने चक्र चलिरहनेछ ।

अब नेपाली क्रिकेटको भविष्यको कुरा गर्दा सबैभन्दा ठूलो विषय एकदिवसीय मान्यता जोगिने हो कि होइन भने पनि बनेको छ । पछिल्लो रिपोर्टअनुसार नेपाल अहिले लिग–२ मा २४ अंकसहित छैटौँ स्थानमा छ र बाँकी खेलहरू अत्यन्त महत्वपूर्ण बनेका छन् । लिग–२ मा शीर्ष चार टोली विश्वकप ग्लोबल क्वालिफायरमा जानेछन् भने शीर्ष छ टोलीले सायद एकदिवसीय मान्यता कायम राख्ने सम्भावना रहेको छ ।

यसको अर्थ नेपालका लागि अब विश्वकपको सपना मात्र होइन, एकदिवसीय  क्रिकेटको भविष्य पनि दाउमा रहेको छ । यो अवस्था नेपाली क्रिकेटका लागि ठूलो चेतावनी हो । तर यो कुनै डराउनुपर्ने स्थिति भने होइन । यही संकटलाई सुधारको सुरुवात बनाउन नेपाली क्रिकेटले लाग्नुपर्नेछ । नेपालले अब तीन तहमा काम गर्नुपर्ने देखिन्छ । पहिलो ब्याटिङ संरचना, दोस्रो घरेलु क्रिकेटको गुणस्तर र तेस्रो दीर्घकालीन खेलाडी विकास रहेको छ । नेपालले घरेलु क्रिकेटलाई केवल प्रतियोगिता आयोजना गर्ने ठाउँका रूपमा होइन, राष्ट्रिय टोली उत्पादन गर्ने कारखानाका रूपमा विकास गर्नुपर्छ । बलियो पिच, नियमित प्रतिस्पर्धा, फिटनेस, विशेषज्ञ प्रशिक्षक, उच्चस्तरीय अभ्यास र डेटामा आधारित खेलाडी छनोट यी कुरामा लगानी नगरी अन्तर्राष्ट्रिय क्रिकेटमा स्थायी सफलता सम्भव नेपालले कदापि हात पार्न सक्ने छैन ।

घरेलु क्रिकेटबाट राष्ट्रिय टोलीमा पुग्ने प्रणाली कति बलियो छ ? र सबैभन्दा ठूलो प्रश्न—के हामी २०२७ को विश्वकप मात्र सोचिरहेका छौँ, कि २०३१ र त्यसपछिको नेपाली क्रिकेट पनि निर्माण गरिरहेका छौँ?  

विश्वकपको बाटो अझै बाँकी छ । तर अब हरेक खेल महत्वपूर्ण छ । हरेक अंक महत्वपूर्ण छ । हरेक विकेट महत्वपूर्ण छ । र हरेक साझेदारी महत्वपूर्ण छ । नेपालले अब आफ्नो क्रिकेटको भविष्य आफैं लेख्नुपर्नेछ । अब बाँकी यात्रा एउटा प्रश्नको उत्तर खोज्ने यात्रा हुनेछ । नेपाल विश्वकपको सपना देख्ने टोली मात्रै हो, कि त्यो सपना पूरा गर्न सक्ने क्रिकेट टोलि निर्माण गर्न पनि तयार छ ? यसको उत्तर प्रेस सम्मेलनमा होइन । अर्को खेलको स्कोरबोर्डमा हुनु पर्दछ । र त्यो स्कोरबोर्डमा अब नेपाली समर्थकले एउटा कुरा मात्र हेर्न चाहन्छन । नेपालले जित्यो कि जितेन ? त्यसपछि मात्र विश्वकपको सपना फेरि विश्वासमा बदलिनेछ ।
अर्को समाचार
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
१ घण्टा अघि
•
१ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
जुम्ला। यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।




पहिलोपटक हिमाली जिल्लामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको खेलहुने भएपछि यहाँका स्थानीय तह र सरोकारवाला निकाय तयारी अवस्थामा जुटेकाछन्। खेल सञ्चालनहुने स्थानलाई तयारी अवस्थमा राखिएको छ।

बाहिरीबाट आउने खेलाडिलगायत अतिथिलाई स्वागत गर्नेका लागि जिल्लाको मुख्य प्रवेश विन्दु तिला गाउँपालिकामा गेट निर्माणको जिम्मा सम्बन्धित गाउँपालिकालाई दिइएको जिल्ला खेलकुद विकास समितिका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिए।

पुरुष फुटबलका सेमिफाइनल तथा फाइनल खेल नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डाको खेलमैदान प्रतियोगिता हुने भएको छ। आवश्यक सबै स्रोत साधन उपलब्ध भएको छ। खेल यही १४ देखि २० मंसिरसम्म सञ्चालनहुने छ। प्रतियोगिता अघि आवश्यक मर्मतसम्भार, व्यवस्थापन र तयारीका काम अहिले भइरहेको उनको भनाइ छ।

यसैगरी खेलाडिलाई थप पूर्व तयारी खेल खेल्न चन्दननाथ नगरपालिका–२ स्थित परिमलाचौर फुटबल मैदान सम्याउने, प्याराफिट मर्मत गर्ने र आवश्यक पोल निर्माणका काम सञ्चालन भएका छन्। प्रतियोगितालाई व्यवस्थित र आकर्षक बनाउन थप मर्मतसम्भार तथा सजावटका काम धमाधम भइरहेको समितिले जनाएको छ। रासस
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १० मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १६ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २० मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
यो पनि पढौँ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस