नेपालको जितमा गुल्सन नायक
०१ मंसिर २०७९
•
२ मिनेट पाठ
नेपालको जितमा गुल्सन नायक
म्यान अफ दी म्याच पुरस्कार ग्रहण गर्दै नेपालका गुल्सन झा। तस्बिर: नागरिक
तीव्र गतिका बलर गुल्सन झाले अलराउन्ड प्रदर्शन गरेपछि नेपालले बुधबार संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा जित निकालेको छ।




त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा एक सय ९२ रनको लक्ष्य नेपालले १३ बल बाँकी छँदा सात विकेटको क्षतिमा पूरा गर्दै तीन खेलको शृंखला १-१ को बराबरीमा ल्याएको छ। यसअघि पहिलो खेलमा भने नेपालले फराकिलो हार बेहोरेको थियो। दोस्रो खेलमा सुधारिएको बलिङ प्रेरणामा नेपालले मध्यम लक्ष्य पायो। जुन लक्ष्य तल्लो क्रमका ब्याट्सम्यान गुल्सनसहित सोमपाल कामी र आरिफ शेखले समालिएर ब्याटिङ गरी पूरा गर्दै जित दिलाए।

खाता नखोल्दै नेपालले पहिलो विकेटका रूपमा ओपनर अर्जुन साउदलाई गुमाउन पुग्यो।

अघिल्लो खेलमा अर्धशतक बनाएका अर्जुन हजरत बिलालद्वारा क्याच आउट भए। समालिन नपाउँदै नेपालले दोस्रो विकेट पनि गुमायो। अर्का ओपनर आसिफ शेख ६ रनमा नै पवेलियन फर्किए। एक छेउबाट इनिङ पतन भइरहँदा अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लले इनिङ समाल्ने प्रयास गरे।

यद्यपि, मल्ल २६ रनमा रनआउट हुन पुगे। त्यसअघि नेपालले कप्तान रोहित पौडल (८ रन) लाई गुमाइसकेको थियो। १७.३ ओभरमा चार विकेट पतन हुँदा नेपालको खातामा ५४ रन थियो। त्यसपछि कुशल भुर्तेलले इनिङ समाल्दै ३५ रन जोडे।

रोहन मुस्तफाद्वारा आउट हुनुअघि उनले ५२ बलमा ६ चौका हिर्काए। २४.४ ओभरमा दीपेन्द्रसिंह ऐरी १३ रनमा आउट भएका थिए। ३० ओभरमा नेपालले छैटौं विकेटका रूपमा कुशललाई गुमायो। तर, त्यसपछिका ब्याटर आरिफ, गुल्सन र सोमपालले समालिएर ब्याटिङ गर्दा जित दिलाए। गुल्सन सर्वाधिक ३७ रन बनाएर आउट भए। आरिफ ३३ रन र सोमपाल १६ रनमा नटआउट रहँदा नेपालले १३ बलअगावै लक्ष्य पूरा गर्‍यो। युएईका स्पिनर मुस्तफाले १० ओभरमा २४ रन मात्र खर्चेर तीन विकेट लिए।

हजरत बिलालले दुई र बासिल हामिदले एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङका लागि आएको युएईले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै एक सय ९१ रनको झीनो योगफल खडा गरेको थियो। युएईले १० ओभरमा ७० रन जोड्दा विकेट गुमाएको थिएन। तर, थप १ सय २१ रन जोड्न युएईले १० विकेट नै गुमायो। नेपाली बलर लयमा फर्किएपछि युएईले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्न सकेन। युएईका ओपनर मुहम्मद वसिमले ५० रन जोडे। वसिमले ४६ बलमा तीन चौका र चार छक्का प्रहार गरे।

अलिसान सराफुले ३५ रन जोडे। ओपनर भ्रित्य अरविन्दले २५ रन र बसिल हमिदले २४ रन बनाए। नेपालको बलिङमा सोमपाल र ललित राजवंशीले तीन विकेट निकाले। सोमपालले ७.२ ओभरमा ३५ रन खर्चिए। ललितले १० ओभरमा ४१ रन खर्चिए। कुशल, दीपेन्द्रसिंह, गुल्सन र करण केसीले १/१ विकेट लिए। नेपाल पहिलो खेलमा ८४ रनले पराजित भएको थियो। तेस्रो तथा निर्णायक खेल शुक्रबार हुनेछ ।
अर्को समाचार
प्रधानमन्त्री कप क्रिकेट छनोट: बैतडीको विजयी सुरुआत
०१ कार्तिक २०७९
•
१ मिनेट पाठ
प्रधानमन्त्री कप क्रिकेट छनोट: बैतडीको विजयी सुरुआत
‘प्रधानमन्त्री कप’ एकदिवसीय क्रिकेट प्रतियोजिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा बैतडीले विजयी सुरुआत गरेको छ। आज भएको खेलमा बैतडीले बझाङलाई छ विकेटले पराजित गर्दै विजयी सुरूआत गरेको हो।  




बझाङले दिएको १२२ रनले लक्ष्य बैतडीले १७ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो। जसमा दीपक बोहराले ४८, खडक बोहराले २६ र वीरेन्द्र नाथले नटआउट २४ रनको योगदान गरे। बझाङका अनिल थापाले तीन र सुशील रावलले एक विकेट  लिए। त्यसअघि पहिला ब्याटिङ गरेको बझाङ ३८ ओभरमा १२१ रनमा अलआउट भयो।

उसका गजेन्द्र भण्डारीले २९ र अनिल थापाले २५ रन बनाए। बैतडीका खडक बोहराले तीन, वसन्त खत्री र हिक्मत महराले दुई÷दुई विकेट झारे। नेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता कात्तिक १२ गतेदेखि काठमाडौँमा हुँदैछ। 
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४६ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५२ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस