गण्डकीका खेलकुद मन्त्री मनाङे भन्छन्ः खेलाडीलाई पोषणयुक्त खाना खुवाउनुपर्छ, पैसा जोगाउने होईन
०९ असोज २०७९
•
३ मिनेट पाठ
गण्डकीका खेलकुद मन्त्री मनाङे भन्छन्ः खेलाडीलाई पोषणयुक्त खाना खुवाउनुपर्छ, पैसा जोगाउने होईन
गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ शनिबार राती अनुगमनको क्रममा तेक्वान्दो खेलाडीहरुको गुनासो सुन्दै। तस्बिर नागरिक
‘प्रशिक्षणको लागि पर्याप्त सामान छैन्। प्रदेश खेलकुद परिषद गण्डकीले दिएको भत्ता पर्याप्त छैन्। कम भत्ताकै कारण आवश्यक पोषणयुक्त खाना (डाइट) को व्यवस्था राम्ररी भएको छैन।’ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बन्द प्रशिक्षण रहेका खेलाडीहरुबाट यस्तै गुनासो आएपछि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दिपक मनाङे) शनिबार राती आफैं होटल अनुगमनमा निस्किए।  




शनिबार राती मन्त्री गुरुङसहित अनुगमन टोलीका सदस्यहरु तथा गण्डकी खेलुकद परिषदका उपाध्यक्षको समेत सहभागितामा तेक्वान्दो(डब्लुटिएफ) बसेको होटल अनुगमन गरिएको थियो। अनुगमनमा खेलाडीहरुले पर्याप्त पोषणयुक्त खाना पाउन नसकिएको गुनासो सुनाए। पृथ्वीचोकस्थित होटल हिलटनमा बसेका खेलाडीहरुसँग प्रत्यक्ष कुराकानी गर्दै मन्त्री गुरुङले गुनासोलाई सम्बोधन गर्ने प्रतिबद्धता समेत जनाए।  

प्रदेश खेलकुद परिषदले १२ सय रुपैयाँ प्रतिखेलाडी भत्ता उपलब्ध गराउँदै आएको छ। उपलब्ध भत्तामा कर कट्टा हुन्छ। करकट्टासहितको भत्ता होटललाई बुझाउने गरी व्यवस्था मिलाइएको छ। खेलाडीको गुनासो सुनेपछि मन्त्री गुरुङ होटलमै पुगेर प्रशिक्षक र होटल सञ्चालकसँग छलफल गरे। खेलाडीको असन्तुष्टी जनाएपछि प्रशिक्षक परशुनारायण बोहोरा एवं होटल सञ्चालकमाथि मन्त्री गुरुङ कडा रुपमा प्रस्तुत भए।

‘दिएको भत्ता सुविधाबाट खेलाडीले पर्याप्ट पोषणयुक्त खाना खान पाउनुपर्छ। डाईट खान नदिई पैसा बचाएर खेलाडीलाई दिने होईन्,’ मन्त्री गुरुङ आक्रोशित हुदैं भने, ‘खेलाडीले खान पाउनुपर्छ भनेरै म आफैं अनुगमनमा आँए। भत्ता जोगाउने होईन। पुगेन भनेर प्रशिक्षकलाई भन्ने हो। प्रशिक्षकले हामीलाई भन्ने हो, गुनासो सुनाउने हो। तर प्रशिक्षक नै भत्ता जोगाएर खेलाडीलाई दिने मानसिकता राख्नु हुदैन्।’  

मन्त्री गुरुङले खेलाडीको गुनासो सुनेपछि १४०० रुपैयाँ भत्ता उपलब्ध गराई डाईटको व्यवस्था गर्न प्रशिक्षक र होटल सञ्चालकलाई निर्देशन दिए। ‘विहान नास्ता (चना, अण्डा, दूध), विहान मासुसहितको खाना, दिउँसो ओट्स, कर्नफ्लेक्स तथा फलफूलयुक्त खाजा अनि राती मासुभात खुवाउनुपर्छ,’ मन्त्रीले भने, ‘यो मेन्यु अनुसारको सबै खेलाडीलाई खाना खुवाउनुपर्छ। मेन्यु अनुसार नपुगेको भत्ता व्यवस्थापन गरिदिन्छौं।’ होटल सञ्चालकले पनि पैसा थपिएको अवस्थामा भनेकै मेन्युमा डाईटको व्यवस्था गर्ने प्रतिबद्धता जनाए।  
खेलाडीहरुले प्रशिक्षणको लागि आवश्यक सामान नै नभएको गुनासो गरे। ‘व्यक्तिगत प्रशिक्षण गर्ने सामान नै छैन्। कास्की जिल्ला तेक्वान्दो संघकै सामान प्रयोग गर्दै आएका छौं। जुन हामीलाई प्रशिक्षण गर्न पर्याप्त छैन् ।’ खेलाडीहरुले सामूहिक गुनासो सुनाए, ‘सामान नहुँदा प्रशिक्षण पनि सोचेजस्तो भएको छैन।’ हात र खुट्टामा लगाउने गार्ड, हेड गार्ड ,सिन गार्ड, गोईन गार्ड, चेष्ट गार्ड र टुथ गार्ड लगायतका सामान पर्याप्त नहुदाँ प्रशिक्षण प्रभावकारी हुन सकेको छैन्।  

महिला बास्केटबल खेलाडीहरुले होटलमा तीनदिनको बसाई राम्रो नभएको गुनासो गरे। त्यतिमात्रै नभई खेलाडीले पाउने सुविधाको ट्रयाकसुट समेत नपाइएको गुनासो उनीहरुको थियो। खेलाडीहरुले प्रशिक्षणको समयमा आवश्यक नर्मल सुज नहुँदा समस्या भएको जिकिर गरे। ‘छनोट गेम चारदिन खेल्यौं। हामीले पाउनुपर्ने भत्ता समेत पाएनौं,’ उनीहरुले गुनासो सुनाए, भत्ता केवल १५ सय मात्रै पाईयो। ट्रयाक सुट पनि पाईएन्’ उनीहरुले भने। ट्रयाक नपाएपछि त्यसको सट्टामा पोशाक भत्ता दिने भनिएपनि नपाएको दुखेसो उनीहरुले पोखे। अनुगमनमा मन्त्री गुरुङसहित गण्डकी खेलकुद परिषदका उपध्यक्ष ध्वजकुमार गुरुङ, अनुगमन समितिका सदस्य डा. मधुसुदन सुवेदीसहित सदस्यहरु, सञ्चारकर्मी  लगायतका सहभागि थिए।  
अर्को समाचार
एकीकृत समाजवादीका महासचिव भन्छन् : मनाङेको कामबाट सिक्नुपर्छ
२० मंसिर २०७९
•
२ मिनेट पाठ
एकीकृत समाजवादीका महासचिव भन्छन् : मनाङेको कामबाट सिक्नुपर्छ
नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. बेदुराम भुसालले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दिपक मनाङेबाट सिक्नुपर्ने बताएका छन्।




मंगलबार काठमाडौंको तिनकुनेस्थित पार्टी केन्द्रिय कार्यालयमा स्वागत गर्दै उनले प्रदेशमन्त्री भएर गुरुङले राम्रो काम गरेको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढनुपर्ने बताएका हुन्। महासचिव भुसालले गुरुङले आफ्नो विगतलाई बदलेर राजनीतिलाई जनसेवाको रुपमा अघि बढाउने प्रतिवद्धता जनाएको उल्लेख गर्दै त्यसलाई सकारात्मक रुपमा लिनुपर्ने तर्क समेत गरे।

गुरुङको विगतलाई लिएर कतिपयले टिप्पणी गरेको गरेको भन्दै महासचिव भुसालले अव भने वर्तमानमा गरेको कामलाई हेरेर साथ दिनुपर्ने पनि बताए। त्यस अवसरमा उनले गुरुङले वर्तमानमा सिक्न लायक काम गरेको र भविष्यमा पनि राम्रो काम गर्दै जाने विश्वास समेत व्यक्त गरे।

महासचिव भुसालले भने, ‘उहाँ आफैले भन्नु भएको छ–राजनीति सेवा हो। जनसेवा हो। निःसर्त रुपमा गरिने जनसेवा हो। त्यो जनसेवामा एक्लै बसेर हुुँदैन। पार्टीमा आवद्ध भएर जानुपर्ने रहेछ भन्ने महशुस गरेर म यो पार्टीमा आएको हुँ भन्नु भएको छ। म यहाँहरुसँग के कुरा राख्न चाहन्छु भने उहाँको विगतलाई लिएर कतिपय टिप्पणीहरु गर्ने गरिएको पार्ईन्छ। तर हामीले के बुझ्नु पर्छ भने मान्छे–मान्छेनै हो, जसले राम्रो काम पनि गर्छ। कहिलेकाँही काम गर्दै जाँदा गल्ती पनि गर्छ। मान्छेलाई, मान्छेको इतिहासलाई विगतको आँखाले मात्रै हेर्न हुँदैन। विगत, वर्तमान र भविष्य सबै हुन्छ हाम्रा अगाडि।

त्यसैले विगतमा के थियो भन्ने कुरा भन्दा पनि वर्तमानमा के छ भनेर हेर्नुपर्ने पर्छ। भविष्यमा कता जाँदैछ भनेर हेर्नु पर्छ। राजीवजीले आफ्नो विगतलाई बदलेर जसरी जनसेवाको भावनाले राजनीति गर्छु, अगाडि बढछु भन्ने प्रतिवद्धताका साथ अगाडि बढनु भएको छ। त्यसलाई सकारात्मक ढंगले लिनु पर्दछ। र, समाजमा भएको अरु पनि विगतमा कहिलेकाँही बाटो बिराएर समाजले नरुचाउने खालका कामहरु गर्ने व्यक्तिहरु पनि हुनुहुन्छ भने उहाँले जसरी अहिले नयाँ ढंगले अगाडि बढने प्रतिवद्धता जाहेर गर्नु भएको छ। 

एक अवधि उहाँले प्रदेश सरकारको मन्त्री भएर पनि काम गरेर देखाई सक्नु भएको छ। त्यसबाट सिक्नु पर्छ। उहाँले गरेका कामबाट सिक्नुपर्छ भन्ने मलाई लाग्छ। र, यसरी अघि बढने प्रतिवद्धताका साथ अगाडि आउनु भएकोमा हार्दिक स्वागत गर्न चाहन्छु। र, भविष्यमा अझै राम्रो काम गर्दै अगाडि बढन सक्नुहोस्। उहाँको राजनीतिक जीवन सफल बन्दै जाओस्। साचो अर्थमा जनताको सेवक बनेर काम गर्न सक्नुहोस् भन्ने शुभकामना पनि दिन चाहन्छु।

कार्यक्रममा बोल्दै गुरुङले गण्डकी प्रदेशमा गठबन्धनको सरकार बन्ने र त्यसमा आफू पर्ने भएकाले कसैले पनि मन्त्रीका लागि आफूलाई सिफारिस गर्नु नपर्ने दावी गरे। उनले युवा तथा खेलकुद मन्त्रीको रुपमा आफूले गण्डकी प्रदेशमा अरु प्रदेशले भन्दा धेरै काम गरेको जिकीर समेत गरे। राष्ट्रिय खेलकुद प्रतियोगितालाई सम्पन्न गराउन आफूले मन्त्रीको रुपमा महत्वपूर्ण निर्वाह गरेको उनको भनाई थियो।

मनाङ प्रदेश २ का स्वतन्त्र सांसद समेत रहेका गुरुङ मंसीर २० गते (हिजो) जनसेवा गर्ने भन्दै नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका थिए। उनले आफू सो पार्टीमा प्रदेशको मुख्यमन्त्री पाउन र मन्त्री बन्नका लागि नआएको बताए।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस