भेट्रान फुटबलमा मन्त्री मनाङेले क्लबको कप्तानी गर्ने
२९ चैत्र २०७८
•
२ मिनेट पाठ
भेट्रान फुटबलमा मन्त्री मनाङेले क्लबको कप्तानी गर्ने
गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दिपक मनाङे)ले मन्त्रालयको जिम्मेवारी मात्रै होईन, अब फुटबलको कप्तानी पनि गर्ने भएका छन्। उनकै कप्तानीमा मनाङ मस्र्याङ्दी क्लबको भेट्रान टोली बैशाख २ गतेदेखि पोखरा रंगशाला फुटबल मैदानमा आयोजना हुने ‘प्रथम राष्ट्रिय ९ ए साईड फुटबल प्रतियोगिता’ मा उत्रिनेछ। क्लबबाटै व्यवसायिक फुटबल खेलेका मन्त्री गुरुङले आफनै क्लबबाट भेट्रानको नेतृत्व गर्नेछन्।  




भेट्रान फुटबल प्रतियोगितामा ५० वर्षमाथिको उमेर समूहका दुई खेलाडीलाई अनिवार्य समावेश गर्नुपर्ने प्रावधान छ। निर्धारित समयमा खेलाडी परिवर्तन बन्देज लगाईने छैन्। प्रशिक्षकले समेत खेल्ने पाउने छन्। ‘५० वर्षमाथिको दुई खेलाडी टिममा अनिवार्य हुनुपर्छ, प्रशिक्षकले समेत खेल्न पाउने नियम छ,’ प्रतियोगिताका संयोजक दिलबहादुर गुरुङले भने, ‘प्रशिक्षक समेतले खेल्न पाउने भएपछि टिममा १५ जना खेलाडी रहनेछन्।’ ६० मिनेट खेलाईने छ। टिममा ४० देखि ६० वर्ष उमेर समूहको खेलाडीलाई समावेश गर्नुपर्ने नियम बनाईएको छ।  

यो प्रतियोगिता गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयको पहिलो प्रतियोगिता हो। प्रतियोगिता सर्वाधिक पुरस्कार राशीको भेट्रान फुटबल प्रतियोगिता समेत हो। ज्येष्ठ खेलाडीहरुलाई खेलकुदमा सक्रिय रुपमा जोड्ने उद्देश्यसहित मन्त्रालयले ध्येय रहेको छ। पूर्व खेलाडीहरुको सक्रियताले खेलकुदको विकास र विस्तारमा नयाँ आयाम थपिने विश्वास स्वयं युवा तथा खेलकुद मन्त्री गुरुङको छ। ‘खेलाडीलाई खेल्न प्रेरित गर्ने हो। आफैं खेल्न सक्दैन् भने युवा पुस्तालाई खेलकुदमा सहभागिता गराउन कठिनाई हुन्छ,’ मन्त्री गुरुङको भनाई थियो, ‘हाम्रो पुरै मनाङ मस्र्याङ्दी क्लबका भेट्रान(एक्स) खेलाडी मात्रै सहभागि हुन्छन्।’ ‘दैनिक एक घण्टा व्यायाम’ नारा छ।  

युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले खेलकुदलाई बजेट छुट्टाउनुपर्नेमा जोड दिदैं खेलकुदमा गरिएको लगानीले प्रतिफल दिने बताए। ‘सरकारले खेलकुदमा लगानी गर्न पछि हट्नु हुन्न। खेलकुदमा लगानी गरेको प्रतिफल आउँछ भन्ने हेक्का नहुँदा लगानी गर्न सरकार डराईरहेको छ,’ उनले भने, ‘प्रतियोगिता मार्फत सहभागि हुने खेलाडीले खेल पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउँछन्, जुन अप्रत्यक्ष देखिन्छ।’  

पोखराबाट ६, काठमाडौंबाट ८ टिमको सहभागिता रहने प्रतियोगितामा वालिङ, सिमरा, हेटौडाबाट समेत गरी १९ टोलीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो। प्रतियोगितामा नेपालबाट विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेलसकेका पूर्व राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने छ।  प्रतियोगितामा विजेता टोलीले नगद ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रो पुरस्कार स्वरुप १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्दा दुई सेमिफाईनल पुग्ने टोलीले ३०–३० हजार नगद पाउने छन्। सर्वोकृष्ट खेलाडीले नगद २० हजार राशी पाउँदा गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, फरवार्ड र सर्वाधिक गोलकर्ताले नगद १५÷१५ हजार रुपैयाँबाट पुरस्कृत हुने छन। प्रतियोगिताको लागि ८ लाख ६० हजार खर्च हुने अनुमान गरिएको छ।  
अर्को समाचार
एकीकृत समाजवादीका महासचिव भन्छन् : मनाङेको कामबाट सिक्नुपर्छ
२० मंसिर २०७९
•
२ मिनेट पाठ
एकीकृत समाजवादीका महासचिव भन्छन् : मनाङेको कामबाट सिक्नुपर्छ
नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. बेदुराम भुसालले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दिपक मनाङेबाट सिक्नुपर्ने बताएका छन्।




मंगलबार काठमाडौंको तिनकुनेस्थित पार्टी केन्द्रिय कार्यालयमा स्वागत गर्दै उनले प्रदेशमन्त्री भएर गुरुङले राम्रो काम गरेको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढनुपर्ने बताएका हुन्। महासचिव भुसालले गुरुङले आफ्नो विगतलाई बदलेर राजनीतिलाई जनसेवाको रुपमा अघि बढाउने प्रतिवद्धता जनाएको उल्लेख गर्दै त्यसलाई सकारात्मक रुपमा लिनुपर्ने तर्क समेत गरे।

गुरुङको विगतलाई लिएर कतिपयले टिप्पणी गरेको गरेको भन्दै महासचिव भुसालले अव भने वर्तमानमा गरेको कामलाई हेरेर साथ दिनुपर्ने पनि बताए। त्यस अवसरमा उनले गुरुङले वर्तमानमा सिक्न लायक काम गरेको र भविष्यमा पनि राम्रो काम गर्दै जाने विश्वास समेत व्यक्त गरे।

महासचिव भुसालले भने, ‘उहाँ आफैले भन्नु भएको छ–राजनीति सेवा हो। जनसेवा हो। निःसर्त रुपमा गरिने जनसेवा हो। त्यो जनसेवामा एक्लै बसेर हुुँदैन। पार्टीमा आवद्ध भएर जानुपर्ने रहेछ भन्ने महशुस गरेर म यो पार्टीमा आएको हुँ भन्नु भएको छ। म यहाँहरुसँग के कुरा राख्न चाहन्छु भने उहाँको विगतलाई लिएर कतिपय टिप्पणीहरु गर्ने गरिएको पार्ईन्छ। तर हामीले के बुझ्नु पर्छ भने मान्छे–मान्छेनै हो, जसले राम्रो काम पनि गर्छ। कहिलेकाँही काम गर्दै जाँदा गल्ती पनि गर्छ। मान्छेलाई, मान्छेको इतिहासलाई विगतको आँखाले मात्रै हेर्न हुँदैन। विगत, वर्तमान र भविष्य सबै हुन्छ हाम्रा अगाडि।

त्यसैले विगतमा के थियो भन्ने कुरा भन्दा पनि वर्तमानमा के छ भनेर हेर्नुपर्ने पर्छ। भविष्यमा कता जाँदैछ भनेर हेर्नु पर्छ। राजीवजीले आफ्नो विगतलाई बदलेर जसरी जनसेवाको भावनाले राजनीति गर्छु, अगाडि बढछु भन्ने प्रतिवद्धताका साथ अगाडि बढनु भएको छ। त्यसलाई सकारात्मक ढंगले लिनु पर्दछ। र, समाजमा भएको अरु पनि विगतमा कहिलेकाँही बाटो बिराएर समाजले नरुचाउने खालका कामहरु गर्ने व्यक्तिहरु पनि हुनुहुन्छ भने उहाँले जसरी अहिले नयाँ ढंगले अगाडि बढने प्रतिवद्धता जाहेर गर्नु भएको छ। 

एक अवधि उहाँले प्रदेश सरकारको मन्त्री भएर पनि काम गरेर देखाई सक्नु भएको छ। त्यसबाट सिक्नु पर्छ। उहाँले गरेका कामबाट सिक्नुपर्छ भन्ने मलाई लाग्छ। र, यसरी अघि बढने प्रतिवद्धताका साथ अगाडि आउनु भएकोमा हार्दिक स्वागत गर्न चाहन्छु। र, भविष्यमा अझै राम्रो काम गर्दै अगाडि बढन सक्नुहोस्। उहाँको राजनीतिक जीवन सफल बन्दै जाओस्। साचो अर्थमा जनताको सेवक बनेर काम गर्न सक्नुहोस् भन्ने शुभकामना पनि दिन चाहन्छु।

कार्यक्रममा बोल्दै गुरुङले गण्डकी प्रदेशमा गठबन्धनको सरकार बन्ने र त्यसमा आफू पर्ने भएकाले कसैले पनि मन्त्रीका लागि आफूलाई सिफारिस गर्नु नपर्ने दावी गरे। उनले युवा तथा खेलकुद मन्त्रीको रुपमा आफूले गण्डकी प्रदेशमा अरु प्रदेशले भन्दा धेरै काम गरेको जिकीर समेत गरे। राष्ट्रिय खेलकुद प्रतियोगितालाई सम्पन्न गराउन आफूले मन्त्रीको रुपमा महत्वपूर्ण निर्वाह गरेको उनको भनाई थियो।

मनाङ प्रदेश २ का स्वतन्त्र सांसद समेत रहेका गुरुङ मंसीर २० गते (हिजो) जनसेवा गर्ने भन्दै नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका थिए। उनले आफू सो पार्टीमा प्रदेशको मुख्यमन्त्री पाउन र मन्त्री बन्नका लागि नआएको बताए।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस