४९ किलोमिटर लामो जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि दुर्गबहादुर बुढा र शारदा भण्डारीले चुमेका छन्। ४९ किलोमिटरको दूरी बुढाले ५ घण्टा दुई मिनेट २० सेकेण्डमा पूरा गरे। बुढाले पुरुषतर्फ अहिलेसम्मका तीन वटै जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि जितेर नयाँ रेकर्ड कायम गरेका हुन्। यस्तै दलबहादुर बुँवरले पाँच घण्टा ५ मिनेट ४९ सेकेण्डमा दूरी पार गरेर द्धितीय भए भने बेदबहादुर सुनारले ५ घण्टा ८ मिनेट ४७ सेकेण्डमा दूरी पार गरेर तृतीय भए।
महिलातर्फ भण्डारीले ६ घण्टा ३४ मिनेट ४१ सेकेण्डमा ४९ किलोमिटर दूरी पार गरेर प्रथम भइन्। यस्तै गणना भण्डारी द्धितीय भइन्। उनले ६ घण्टा ५९ मिनेट ४२ सेकेण्डमा दूरी पार गरिन्। प्रतियोगीतामा मञ्जु रावत तृतीय भइन्। रावतले ७ घण्टा ३४ मिनेट ३८ सेकेण्डमा दूरी पार गरिन्।
जुम्ला–रारा अल्ट्रा म्याराथनमा ७६ जना सहभागी थिए। ति मध्ये ७२ जना मात्रै रारासम्म पुग्न सफल भए। प्रतियोगीतामा पुरुषतर्फ पहिलो भएका बुढा र महिलातर्फ पहिलो भएकी भण्डारीले समान १ लाख २५ हजार रुपैयाँ पुरस्कार पाए। यस्तै द्धितीय भएकाले ६७ हजार ५ सय र तृतीय भएकाले ३७ हजार ५ सय रुपैयाँ पुरस्कार पाए।
आयोजक कर्णाली स्पोर्ट्स क्लवले शनिबार जुम्ला बजारदेखि मुगुको रारातालसम्म जुम्ला–रारा अल्ट्रा म्याराथनको आयोजना गरेको थियो। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जुम्लामा जिरोप्वाइन्टबाट म्याराथनको शुभारम्भ गरेका थिए। विजयी खेलाडीहरुलाई आइतबार रारामा विशेष कार्यक्रम गरेर पुरस्कार वितरण गरिएको उनले जानकारी दिए। यो वर्ष एक जना भारतीयसहित ७६ जना धावकले सहभागिता जनाएका थिए। ति मध्ये १५ जना महिला सहभागी थिए।
यो वर्षको जुम्ला–रारा म्याराथनमा गायक बुद्धवीर लामा, ओलम्पीयन बैकुण्ठ मानन्धर, क्याप्टेन भरतसिंह थापा, भेट्रान रनर शम्भु दाहाल, सुमन कुलुङलगायतका सहभागी थिए।