नेपाली सेनाले आयोजना गरेको ‘पश्चिम कमाण्ड युनिटी रन–२०७८’ अन्तरगत हाल्फ म्याराथनमा रेशमबहादुर शाही पहिलो भएका छन्। ब्रेभ गोर्खाबाट प्रतिनिधित्व गरेका शाहीले २१ किलोमिटर दौड एक घण्टा १५ मिनेट १० सेकेण्डमा पार गरेका थिए।
नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वाटर निवारेको आयोजनामा भएको हाफ म्याराथनमा नारायण शाही द्वितीय र पंखबहादुर शाही तृतीय भए। २१ किलोमिटरमा प्रथम भएका रेशमले २५ हजार नगद, द्वितीय भएका नारायणले १५ हजार र तृतीय भएका पंशबहादुरले १० हजार नगदसहित विभिन्न उपहार प्राप्त गरे।
१० किलोमिटर पुरुषतर्फको दौडमा प्रेमबहादुर विष्ट प्रथम, विपिन जैसी द्वितीय र देवा ओली तृतीय भएका छन्। १० किलोमिटरतर्फ प्रथम हुने विष्टले १५ हजार, जैसीले १० हवार र ओलीले पाँच हजार पुरस्कार पाए। पाँच किलोमिटर दौडमा पुरुषतर्फ प्रजन थापा प्रथम, प्रकाश बुढा द्वितीय र जनक बोहोरा तृतीय भए।
पाँच किलोमिटर दौडमा प्रथम हुने थापाले १० हजार, द्धितीय हुने बुढाले सात हजार र तृतीय स्थान प्राप्त गरेका बोहोरोले पाँच हजार पुरस्कार पाए। दौड प्रतियोगितामा १५ सय जनाले सहभागीता जनाएको प्रमुख सेनानी संजीव भण्डारीले जानकारी दिए।
जसमध्ये चार सय महिलाको सहभागिता थियो। प्रतियोगीतामा विजयीहरुलाई प्रदेश प्रमुख तिलक परियार, कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाही, कमाण्ड सेनापति प्रेम शाहीलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।