वि.सं. २०७७ सालमा सातदोबाटो युथ क्लब सहिद स्मारक ‘बी’ डिभिजन विजेताको हैसियतमा ‘ए’ डिभिजनमा बढुवा भयो। सातदोबाटो शीर्ष डिभिजनमा उक्लिँदाका प्रशिक्षक थिए, सनोज श्रेष्ठ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १२औं चरणको खेलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई ‘ए’ डिभिजन लिगको हैसियत जोगाउन सातदोबाटोविरुद्ध जितको विकल्प थिएन। सनोजले ‘ए’ डिभिजनमा भने बिबिसीको प्रशिक्षण समाले। आफ्नो पूर्वटोली सातदोबाटोलाई ३–२ को नतिजा सम्पिएसँगै सनोजको बिबिसीले ‘ए’ डिभिजन हैसियत गुमाउनुपर्यो।
१०औं चरणमा रेलिगेसनबाट जोगिन संघर्षरत पे्रmन्ड्स क्लबलाई नतिजा सुम्पिएपछि नै बिबिसी रेलिगेसन क्षेत्रमा झरेको थियो। शनिबार पे्रन्डससँग नै स्तब्ध च्यासल युथ क्लब पनि रेलिगेसनमा परिसकेको थियो।
दुई टोलीमध्ये एकले शीर्ष डिभिजन हैसियत गुमाएको अवस्थामा बिबिसी र पे्रन्ड्स रेलिगेसन संघारमा थिए। बिबिसीले सातदोबाटोलाई नतिजा सुम्पिपछि फ्रेन्ड्सको ‘ए’ डिभिजन हैसियत पनि जोगिएको छ। १३औं स्थानको बिबिसीको १२ खेलबाट सात अंक रहँदा समान खेलबाट च्यासल ६ अंकसहित पुछारमा छ। रेलिगेसनबाट जोगिएको पे्रन्ड्सले भने १२ खेलबाट १० अंक बनाएको छ। १३औं मिनेटमा सुशील राईको गोलबाट सातदोबाटोले अग्रता लियो।
तर, त्यसको तीन मिनेटपछि नै बेर्रान्ड ओटुको गोलबाट बिबिसी खेलमा फर्कियो। १८औं मिनेटमा दीपकराज सिंह ठकुरीले गोल फर्काउँदै सातदोबाटोलाई २–१ को अग्रता दिलाए। ५१औं मिनेटमा रोशन रानामगरले बिबिसीलाई पुनः खेलमा फर्काए। तर, खेल सकिन तीन मिनेट बाँकी रहँदा नीरज चौधरीले गोल गर्दै सातदोबाटोलाई ३–२ को जित सुनिश्चित गराएसँगै बिबिसीको ‘ए’ डिभिजनमा रहिरहने ढोका बन्द भयो। बिबिसीको रेलिगेसनले नेपाली फुटबलमा एउटा दुर्लभ संयोग पनि बन्यो। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानद्वय विराज महर्जन र अनिल गुरुङले सम्हालेको टोली एकै सिजन ‘बी’ डिभिजनमा घटुवा भयो। च्यासलको कप्तानी विराजले गरेका थिए भने अनिल बिबिसीका कप्तानी हुन्। त्यसो त बिबिसीको ‘ए’ डिभिजनमा प्रदर्शन कहिले उल्लेख्य रहेन।
वि.सं. २०६१ सालमा ‘ए’ डिभिजनमा बढुवा भएयता बिबिसी रेलिगेसनमा परेको यो तेस्रो पटक हो। त्यो वर्ष नवौं स्थानमा रहेर सिजनको अन्त्य गरेको बिबिसीले ०६२ मा नवौं स्थानमै रहेर पनि लिगको अन्त्य गर्यो। ०६३ को लिगमा भने अन्तिम स्थानमा रहेसँगै बिबिसीले ‘ए’ डिभिजन लिगको हैसियत गुमाएको थियो। ‘बी’ डिभिजनबाट बढुवासँगै ०६८ सालको ‘ए’ डिभिजन लिगमा उक्लिएको बिबिसी सोही वर्ष पुनः रेलिगेसनमा पर्यो। ०७५ मा बिबिसीले तेस्रो पटक ‘ए’ डिभिजन लिग खेल्यो। सो वर्ष बिबिसी १२औं स्थानमा रह्यो।
कर्माछिरिङ शेर्पा एन्फा अध्यक्षमा निर्वाचित भएपछिको पहिलो लिगमा रेलिगेसनको प्रावधान हटाइयो। बिबिसीले वि.सं. २०७६ को लिगमा १४ टोलीमध्ये १३औं स्थानमा रहँदै सिजनको अन्त्य गर्यो। सो वर्ष एक टोली मात्र ‘बी’ डिभिजनमा घटुवा हुने प्रावधानका कारण बिबिसी जोगियो। तर, यस सिजन भने बिबिसीले रेलिगेसन संकट टार्न सकेन। सुरुआती दुई चरणसम्म दोस्रो स्थानमा बसेको बिबिसीले त्यसपछि भने राम्रो प्रदर्शन गर्न सकेन। बिबिसीका प्रशिक्षक सनोजले टोलीको आर्थिक संकट नै क्लब घटुवा हुनुको मुख्य कारक बनेको बताउँछन्।
‘टोलीले लिगको सुरुआतबाटै राम्रो प्रदर्शन गर्न सकेन,’सनोजले भने, ‘टोलीले सबै खेलमा गोलका अवसर बनायो। तर त्यसलाई सदुपयोग भने गर्न सकेन। घटुवाको मुख्य कारण आर्थिक समस्या पनि हो।
हामीले सोचेअनुरूपका खेलाडी अनुबन्धित गर्न पनि सकेनौं।’ सातदोबाटोका प्रशिक्षक मेघराज केसीले भने बिबिसीविरुद्धको जितबाट खुसी नभएको बताए। ‘वि.सं. २०६१ सालमा बिबिसी पहिलो पटक ‘बी’ डिभिजनबाट बढुवा हुँदै शीर्ष डिभिजन खेल्दा म त्यो टोलीको सदस्य थिए,’ केसीले भने, ‘तर आज बिबिसी रेलिगेसनमा पर्दा दुःख लागेको छ।’