नेपाल अग्रवाल युवा मञ्च विराटनगरको आयोजनामा मारवाडी प्रिमियर लिग (एमपिएल) क्रिकेटको नवौं संस्करण विराटनगरमा आयोजना गरिने भएको छ। आयोजक नेपाल अग्रवाल युवा मञ्चले बिहीवार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रतियोगिता फागुन ११ गतेदेखि १४ गतेसम्म विराटनगरमा आयोजना गर्न लागिएको जानकारी दिएको हो।
प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइने खेल संयोजक हेमन्त अग्रवालले बताए। प्रतियोगितामा १० वटा लिग खेल हुनेछन्। लिगको टप पहिलो र दोस्रो हुने टिमबीच फाइनल प्रतिस्पर्धा हुनेछ। मारवाडी समुदायबीच खेलाइने प्रतियोगितामा नेपाल अग्रवाल युवा मञ्च, मेहेश्वरी युवा मञ्च, ओस्वाल युवा मञ्च, नेपाल मारवाडी ब्राहण युवा मञ्च र मेढ स्वर्णकार युवा मञ्चका क्रमश म्याजिक स्टीकर्स, प्रिमियर-११, हुलास-११,परशुराम वारियर्स र सिएसवि-११ सहभागि हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेता टिमले ६१ हजार तथा ट्रफि र उप विजेताले २१ हजार तथा ट्रफि हात हात पार्नेछ। प्रतियोगिताको म्यान अफ द सिरिज हुने खेलाडीले ५ हजार १ सय नगद तथा प्रत्येक खेलको म्यान अफ म्याच हुने खे लाडीले नगद २ हजार १ सयका साथ ट्रफि हात पार्नेछन्। उत्कृष्ट बलर तथा उत्कृट ब्याट्म्यानसमेत नगद पुरस्कार तथा ट्रफि पाउनेछन्।
खेल १०–१० ओभरको खेलाइने छ भने फाइनल खेल १२ ओभरको हुने एमपिएल–९ का अध्यक्ष अभिषेक केडियाले बताए। प्रतियोगिताको प्रबद्र्धनका लागि फागुन १० गते विराटनगर स्थित माडवाडी सेवा सदनबाट खेलमैदान रहेको विराटनगर–२ शंकरपुर स्थित खेल मैदानसम्म मोटरसाईकल र्यालीको आयोजना गरिने आयोजकले जनाएको छ।