राष्ट्रिय महिला क्रिकेट: फाइनलमा एपिएफ र प्रदेश १
१० पौष २०७८
•
२ मिनेट पाठ
राष्ट्रिय महिला क्रिकेट: फाइनलमा एपिएफ र प्रदेश १
धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा विभागीय टिम एपिएफ र प्रदेश १ भिड्ने भएका छन्। शनिबार फाप्ला क्रिकेट मैदानमा भएको सेमिफाइनलमा जित हासिल गर्दै दुवै टोली फाइनल खेलका लागि भिड्ने भएका हुन्। पहिलो सेमिफाइनलमा प्रदेश १ ले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराएको हो भने एपिएफले लुम्बिनी प्रदेशलाई ३८ रनले पराजित गरेको हो।




पहिलो सेमिफाइनलमा घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै प्रदेश १ फाइनल पुगेको छ। सुदूरपश्चिम प्रदेशले दिएको ८६ रनको लक्ष्य प्रदेश १ ले एक विकेट क्षतिमा भेटायो। प्रदेश १ ले १६ दशमलव ५ ओभरमा विजय लक्ष्य पूरा गरेको हो। पहिलो विकेटका लागि ओपनरद्वय कप्तान रुविना क्षेत्री र काजल श्रेष्ठले ५३ रनको साझेदारी गर्दै शानदार जितको आधार खडा गरिन्। अन्तिम समयसम्म क्रिजमा टिकेकी कप्तान रुविनाले अविजित ३१ रन बनाइन्। कविता जोशीको बलमा बोल्ड भएकी काजलले टिमका लागि २८ रन बनाइन्। रुविनाले अप्सरी वेगमसँग पनि दोस्रो विकेटका लागि ३३ रनको साझेदारी गरिन्। अप्सरीले पनि अविजित ९ रन बनाइन्। सुदूरपश्चिमका लागि कविता जोशीले मात्रै एक विकेट लिइन्।

यसअघि सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्दै सामान्य योगफल मात्रै बनायो। ७ रनमा ३ विकेट गुमाएर धर्मराएको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट क्षतिमा ८५ रन बनायो।

सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २७ रन बनाइन्। कप्तान ऋतु कनौजियाले २५ रन बनाइन्। त्यस्तै डल्ली भट्टले १२ रन बनाइन्। प्रदेश १ का लागि कप्तान रुविना क्षेत्री, अलिशा खाडिया, संगीता राई र ज्योति दनवारले समान एक विकेट लिइन्। खेलमा प्रदेश १ की कप्तान रुविना प्लेयर अफ द म्याच भइन्।

यस्तै विभागीय टिम पनि प्रतियोगिताको उपाधि नजिक पुगेको छ। शनिबार नै भएको दोस्रो सेमिफाइनलमा लुम्बिनी प्रदेशलाई ३८ रनले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो। टस जितेर पहिले ब्याटिङ गर्दै एपिएफले २० ओभरमा ३ विकेट क्षतिमा १२९ रन बनायो। एपिएफका लागि रोमा थापाले अविजित ४२ रनको पारी खेलिन्। त्यस्तै ममता चौधरीले २७ रन, सीता रानामगरले १८ रन, राजमति ऐरी १४ रन र ज्योति पाण्डेयले ११ रन थपिन्। लुम्बिनीका लागि मधु डिसी, नेरी थापा र कृतिका मरासैनीले समान १ विकेट लिइन्।

१३० रनको विजय लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले ९१ रन मात्रै बनाउन सक्यो। निर्धारित २० ओभरमा लुम्बिनीले ५ विकेट क्षतिमा ९१ रन जोडेको हो। लुम्बिनीका लागि नेरी थापाले अविजित ३८ रन बनाइन् । नितु भण्डारीले १८ रन जोडिन्। तेस्रो विकेटका लागि नेरी र नितुले ४६ रनको साझेदारी समेत गरेकी थिइन्। एपिएफका लागि रेखा रावलले ३ विकेट लिइन्। सीता रानामगरको नाममा एक विकेट रह्यो। खेलमा एपिएफकी रोमा थापा प्लेयर अफ द म्याच भइन्। नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा  सञ्चालन भइरहेको प्रतियोगिताको फाइनलको खेल आइतबार हुनेछ।
अर्को समाचार
यु–१९ राष्ट्रिय महिला क्रिकेट: मधेस फाइनलमा प्रवेश, बागमतीले कर्णालीलाई हरायो
२९ जेष्ठ २०८३
•
२ मिनेट पाठ
यु–१९ राष्ट्रिय महिला क्रिकेट: मधेस फाइनलमा प्रवेश, बागमतीले कर्णालीलाई हरायो
वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा प्रवेश गरेको छ भने बागमती प्रदेशले कर्णालीलाई पराजित गर्दै समूह चरणको प्रतिस्पर्धामा प्रभाव जमाएको छ। प्रतियोगितामा मधेसले अपराजित यात्रा कायम राख्दै एक खेल अगावै फाइनल स्थान सुरक्षित गरेको हो।




मधेसको लगातार जित, फाइनल सुनिश्चित

मधेस प्रदेशले शुक्रबार लुम्बिनी प्रदेशलाई २४ रनले पराजित गर्दै प्रतियोगितामा पाँचौं जित दर्ता गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको मधेसले २० ओभरमा ३ विकेट गुमाएर १६१ रनको बलियो योगफल तयार पार्‍यो।

१६२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ४ विकेट गुमाउँदै १३७ रन मात्र बनाउन सक्यो।

मधेसका लागि उत्कृष्ट प्रदर्शन गर्दै प्रतिमा साह ले अविजित ६८ रन बनाइन् भने सना प्रवीन ले ६२ रनको महत्वपूर्ण योगदान दिइन्। ओपनर एलिशा यादव ५ रनमै आउट भए पनि यी दुई ब्याटरले इनिङ्स सम्हालेका थिए। प्रतिमालाई ‘प्लेयर अफ दि म्याच’ घोषित गरियो।

लुम्बिनीका लागि आश्ना चौधरी र आयुषा भुसालले १–१ विकेट लिए। जवाफी ब्याटिङमा सुप्रिया बुढा मगरले अविजित ४४ रन र कप्तान अञ्जी पाठकले ३२ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन।

मधेसका बलरहरूले पनि किफायती प्रदर्शन गरे। साक्षी कुमारी यादव, सुस्मिता कुमारी यादव, आरती महतो र प्रतिमा साहले १–१ विकेट लिए।

कोशीको रोमाञ्चक जित

अर्को खेलमा कोशी प्रदेशले गण्डकी प्रदेशलाई रोमाञ्चक रूपमा पराजित गरेको छ। ८८ रनको लक्ष्य पछ्याएको गण्डकी २० ओभरमा लक्ष्य भेट्टाउन असफल भयो।

कोशीका लागि पूर्णिया राजवंशीले २७ रन बनाइन् भने कप्तान टीका शाहले १५ रन जोडिन्। गण्डकीका कप्तान कुसुम गोदारले अविजित ४२ रनको संघर्षपूर्ण इनिङ्स खेलिन्।

कोशीका बलर रञ्जना साउँद ले घातक प्रदर्शन गर्दै किफायती बलिङसँगै ‘प्लेयर अफ दि म्याच’ उपाधि जितिन्।

बागमतीको जित, कर्णालीको लगातार हार

कालुङचोक मैदानमा भएको अर्को खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ। पहिले ब्याटिङ गरेको बागमतीले १३० रनको योगफल बनायो।

कर्णालीका कप्तान तिर्सना विश्वकर्माले ४३ रनको जुझारु इनिङ्स खेले पनि अन्य ब्याटरले साथ दिन सकेनन्। टोलीका चार ब्याटर शून्यमा आउट भएका थिए।

बागमतीका लागि बलिङतर्फ कृष्मा गुरुङ ले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिइन् र अविजित १५ रन समेत बनाइन्। उनको अलराउन्ड प्रदर्शनका कारण उनी ‘प्लेयर अफ दि म्याच’ घोषित भइन्।

कर्णाली यो हारसँगै लगातार पाँचौं खेलमा पराजित भएको छ।
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस