नौ क्लबले छाडे सुपर लिग
०२ भदौ २०७८
•
२ मिनेट पाठ
नौ क्लबले छाडे सुपर लिग
युरोपियन सुपर लिगबाट नाम फिर्ता लिँदै युरोपका ९ क्लबले पुनः युरोपियन क्लब एसोसिएसनमा नै फर्किने निर्णय गरेका छन्। आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र टोटेनह्यामसहित इङ्लिस प्रिमियर लिग (इपिएल) का ६ क्लब र इटालीका एसी मिलान र इन्टर तथा स्पेनको एट्लेटिको मड्रिड गरी युरोपका ९ क्लब पुनः युरोपियन क्लब एसोसिएसन (इसिए) मा फर्किएका हुन्। तर, विश्वका स्टार क्लब रियाल मड्रिड, बार्सिलोना र युभेन्ट्स भने च्याम्पियन्स लिग, युरोपा र युइएफएको समानान्तर प्रतियोगितालाई चुनौती दिने युरोपियन सुपर लिगमा रहेका छन्। इसिए त्याग्दै गत अप्रिलमा युरोपका १२ क्लब मिलेर सुपर लिगको अवधारणा सुरु गरेका थिए। युइएफसँग रुष्ट हुँदै उनीहरूले पूर्वनिर्धारित योजनाअनुरूप सुपर लिग घोषणा गरेका हुन्। तर, ती १२ क्लबमध्ये ९ क्लब भने युरोपियन क्लब एसोसिएसनमै फर्किएका छन्।




यी क्लबहरूले सुपर लिगमा समाहित हुने निर्णय गरेसँगै फुटबल समर्थकले नै त्यसको चर्को आलोचना गरेका थिए। युरोपियन फुटबल महासंघले पनि ती क्लबलाई निर्णय फिर्ता लिन भन्दै कारबाहीको चेतावनी दिएको थियो। इङ्ल्यान्डमा भने इङ्लिस क्लबको विरुद्ध व्यापक विरोध भएको थियो र समर्थकले क्लब समर्थन नै छाड्नेसम्मको चेतावनी दिएका थिए। इसिएको नेतृत्वमा पेरिस सेन्ट जर्मेन (पिएसजी)का अध्यक्ष नासिर अल खलैफी छन्। ४८ घन्टामा नै विघठित सुपर लिगमा पिएसजीले भने हस्ताक्षर गरेको थिएन। ‘कार्यकारी बोर्ड बैठकले क्लबहरूको राजीनामा स्वीकृत गर्नुभन्दा अगाडि उनीहरूले पुनर्नियुक्त र पुनर्मूल्याङ्कनका काम गरिरहेका छन्। बोर्डले पनि क्लबलाई ध्यानमा राखेको छ,’ इसिएले भनेको छ।

सुरुमा विश्वकै चर्चित क्लबले लोकप्रिय हुने आंकलनसहित ल्याएको सुपर लिग नामक प्रोजेक्टलाई आम फुटबल समुदाय र समर्थकले चासो देखाएनन् र उल्टै आलोचना गरे। साथै इसिएले पुनः पुरानै संरचनामा फर्कने क्लबहरूको निर्णयप्रति स्वागत गर्दै संयुक्त रूपमा युरोपियन फुटबलको विकासमा लाग्न आग्रहसमेत गरेको छ। पूर्वविद्रोही ९ क्लबले युइएफएको वित्तीय सम्झौतामा सहमति जनाउँदै नयाँ संरचनामा सहभागी हुने निर्णयविरुद्धको जरिवाना पनि स्वीकार गरेका छन्। त्यसका लागि उनीहरूले संयुक्त रूपमा १५ मिलियन युरो र एक सिजनको कमाइबाट ५ प्रतिशतका दरले रकम पनि बुझाउनेछन्। ९ क्लबको यो निर्णयसँगै सुपर लिगको अवधारणा पूर्णरूपमा अल्पमतमा परेको छ।

साथै ती क्लबले युइफएको अधिकारिक प्रतियोगिताबाहेक प्रतिस्पर्धा गरे सय मिलियन जरिवाना तिर्नुपर्नेछ। अन्य क्लब रियाल मड्रिड, बार्सिलोना र युभेन्ट्स भने युरोपियन फुटबललाई चुनौती दिँदै कानुनी उपचारको बाटो लिने तयारीमा पनि छन्। उनीहरूको युइएफले मनपरी तरिकाले युरोपियन फुटबललाई अगाडि बढाएको आरोप लगाइरहेका छन्। उनीहरू सुपर लिगलाई युइफएले रोक्ने कदमविरुद्ध लक्जेम्बर्गमा रहेको युरोपियन कोर्ट अफ जस्टिसमा जाने सम्भावना पनि देखिएका छन्।  
अर्को समाचार
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
१६ मिनेट अघि
•
१ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
जुम्ला। यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।




पहिलोपटक हिमाली जिल्लामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको खेलहुने भएपछि यहाँका स्थानीय तह र सरोकारवाला निकाय तयारी अवस्थामा जुटेकाछन्। खेल सञ्चालनहुने स्थानलाई तयारी अवस्थमा राखिएको छ।

बाहिरीबाट आउने खेलाडिलगायत अतिथिलाई स्वागत गर्नेका लागि जिल्लाको मुख्य प्रवेश विन्दु तिला गाउँपालिकामा गेट निर्माणको जिम्मा सम्बन्धित गाउँपालिकालाई दिइएको जिल्ला खेलकुद विकास समितिका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिए।

पुरुष फुटबलका सेमिफाइनल तथा फाइनल खेल नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डाको खेलमैदान प्रतियोगिता हुने भएको छ। आवश्यक सबै स्रोत साधन उपलब्ध भएको छ। खेल यही १४ देखि २० मंसिरसम्म सञ्चालनहुने छ। प्रतियोगिता अघि आवश्यक मर्मतसम्भार, व्यवस्थापन र तयारीका काम अहिले भइरहेको उनको भनाइ छ।

यसैगरी खेलाडिलाई थप पूर्व तयारी खेल खेल्न चन्दननाथ नगरपालिका–२ स्थित परिमलाचौर फुटबल मैदान सम्याउने, प्याराफिट मर्मत गर्ने र आवश्यक पोल निर्माणका काम सञ्चालन भएका छन्। प्रतियोगितालाई व्यवस्थित र आकर्षक बनाउन थप मर्मतसम्भार तथा सजावटका काम धमाधम भइरहेको समितिले जनाएको छ। रासस
बिहानको घन्टी
कला/साहित्य
Clock २१ सेकेन्ड अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
यो पनि पढौँ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस