कोपा अमेरिका : फाइनलका प्रतिद्वन्द्वी मेसी र नेइमार
२५ असार २०७८
•
३ मिनेट पाठ
कोपा अमेरिका : फाइनलका प्रतिद्वन्द्वी मेसी र नेइमार
रियो दी जेनेरियो, असार २४ (एपी)– कोरोना महामारीका बीच आयोजनाको संस्करण सम्पन्न गर्नका लागि मात्र भएको कोपा अमेरिकाको फाइनल हेर्ने सबै समर्थकले सपना देखेका थिए।  




ब्राजिल र अर्जेन्टिनाले दक्षिण अमेरिकन फुटबल उपाधिका लागि शनिबार रियो दी जेनेरियोको ऐतिहासिक माराकाना स्टेडियममा प्रतिस्पर्धा गर्दै छन्। माराकाना स्टेडियम फुटबलको घरको रूपमा पनि चिनिन्छ, जहाँ असफलताले ग्रस्त प्रतियोगिताको सुखद बिदाइ आवश्यक थियो। कोभिड–१९ का कारण यस संस्करणको कोपा अमेरिका अन्तिम समयमा मात्र ब्राजिलमा गर्ने निर्णय हुँदा त्यसको व्यापक विरोध भएको थियो। विरोधका बीच बन्द रंगशालामा खेल सञ्चालन भयो र सम्पन्न हुने सँघारमा पनि छ। नेइमारको ब्राजिल डिफेन्डिङ च्याम्पियन हो भने लियोनल मेसीको अर्जेन्टिना पनि चनौतीपूर्ण टोली हो।  

यी दुईले गरेर सात पटक विश्वकप र २३ पटक क्षेत्रीय उपाधि जितेका छन्। विश्व फुटबलका प्रतियोगितामा यी दुवैलाई सदाबहार दाबेदारका रूपमा हेरिन्छ। तथापि, अर्जेन्टिनाले सन् १९९३ देखि ठूला प्रतियोगिताको उपाधि जित्न सकेको छैन। सन् १९९३ मा कोपा अमेरिका जितेयता अर्जेन्टिना उपाधिको भोको छ। स्टार खेलाडी मेसीले नै अर्जेन्टिनाबाट सन् २००७, २०१५, २०१६ को कोपा अमेरिका फाइनल र सन् २०१४ को विश्वकप फाइनलमा हार बेहोरेका छन् । अर्जेन्टिनाले माराकाना स्टेडियममा नै २०१४ को विश्वकप फाइनलमा जर्मनीसँग हार बेहोरेको थियो।

‘देशका लागि सदैव उपाधि जित्ने लक्ष्य हुनेछ,’ मेसीले भने, ‘यस पटक पनि लक्ष्य ठूलो थियो। पहिलो फाइनल खेल्ने र उपाधि पनि जित्ने ।’ सन् २०१९ को कोपा अमेरिका ब्राजिलले जित्दा उसका स्टार खेलाडी नेइमार चोटका कारण टोलीबाट बाहिर थिए। उनै नेइमारले सेमिफाइनल खेल जितेपछि अर्जेन्टिनासँग फाइनल खेल्ने इच्छा व्यक्त गरेका थिए। देशमा यस संस्करणको कोपा अमेरिका आयोजना गर्ने अन्तिममा निर्णय हुँदा चिन्ता गर्ने ब्राजिली खेलाडीमध्ये नेइमार पनि एक हुन्। खेलको उद्घाटन हुनुभन्दा दुई हप्ताअगाडि मात्र अर्जेन्टिना र कोलम्बियाबाट आयोजना सारिएको थियो। मेसी र नेइमारले बार्सिलोनामा सहकर्मी भएर च्याम्पियन्स लिग जिताएका थिए। त्यसैले उनीहरूबीच राम्रो सम्बन्ध पनि रहेको छ। सन् २०११ को क्लब विश्वकप फाइनलमा यी दुई नै प्रतिद्वन्द्वी थिए। जहाँ नेइमार ब्राजिली क्लब सान्तोस र मेसी बार्सिलोनाको महŒवपूर्ण सदस्य भएर अर्काविरुद्ध चुनौती प्रस्तुत गरेका थिए। उक्त खेल बार्सिलोनाले ४–० ले बाजी मारेको थियो । शनिबार पनि विश्वका यी दुई एकअर्का प्रतिद्वन्द्वी हुनेछन्। ब्राजिल र अर्जेन्टिना एक सय पटकभन्दा बढी भिड्दै छन्, जहाँ चार फाइनल खेल पनि समावेश छ।  

तीमध्ये अर्जेन्टिनाले सन् १९३७ को दक्षिण अमेरिकन च्याम्पियनसिपको फाइनल जितेको थियो । त्यसपछिका तीन फाइनल भने ब्राजिलले हत्याएको छ। सन् २००४ को कोपा जितेको एक वर्ष पछि नै ब्राजिलले अर्जेन्टिनासँग जर्मनीमा कन्फेडेरसन कप फाइनल खेलेको थियो । जहाँ, काका, रोनाल्डिन्हो र एन्ड्रिनोप्रेरित ब्राजिलसँग अर्जेन्टिना ४–० ले स्तब्ध भयो। सन् २००७ को कोपा अमेरिकामा पनि अर्जेन्टिनालाई प्रमुख दाबेदारको रूपमा हेरिएको थियो । तर ब्राजिलले फाइनलमा मेसीको प्रेरणामा रहेको अर्जेन्टिनालाई ३–० ले हरायो।  

गत संस्करणमा पनि सेमिफाइनलमा ब्राजिलले अर्जेन्टिनालाई २–० ले स्तब्ध बनाउँदा गाब्रियल जेसुस र रोबर्टो फिर्मिनोले गोल गरेका थिए। तर, फाइनलमा जेसुसमाथि प्रतिबन्ध लागेको छ भने फिर्मिनोलाई लयमा लुकास पाक्वेटाले विस्थापित गर्न सक्छन् । अर्जेन्टिना १५औं उपाधि कोपा अमेरिका जित्दा उरुग्वेको नाममा रहेको दक्षिण अमेरिकी प्रतियोगितामा सर्वाधिक उपाधिको कीर्तिमान बराबरी गर्ने लक्ष्यमा हुनेछ। ब्राजिल पनि दशौं पटक कोपाको उपाधि उचाल्न चाहन्छ। दर्शकबिनाको माराकाना स्टेडियमा क्षेत्रीय उपाधि जित्ने टोलीले आगामी कतार विश्वकपमा पनि दाबेदारी प्रस्तुत गर्नेछ। 
अर्को समाचार
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
८ मिनेट अघि
•
१ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
जुम्ला। यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।




पहिलोपटक हिमाली जिल्लामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको खेलहुने भएपछि यहाँका स्थानीय तह र सरोकारवाला निकाय तयारी अवस्थामा जुटेकाछन्। खेल सञ्चालनहुने स्थानलाई तयारी अवस्थमा राखिएको छ।

बाहिरीबाट आउने खेलाडिलगायत अतिथिलाई स्वागत गर्नेका लागि जिल्लाको मुख्य प्रवेश विन्दु तिला गाउँपालिकामा गेट निर्माणको जिम्मा सम्बन्धित गाउँपालिकालाई दिइएको जिल्ला खेलकुद विकास समितिका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिए।

पुरुष फुटबलका सेमिफाइनल तथा फाइनल खेल नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डाको खेलमैदान प्रतियोगिता हुने भएको छ। आवश्यक सबै स्रोत साधन उपलब्ध भएको छ। खेल यही १४ देखि २० मंसिरसम्म सञ्चालनहुने छ। प्रतियोगिता अघि आवश्यक मर्मतसम्भार, व्यवस्थापन र तयारीका काम अहिले भइरहेको उनको भनाइ छ।

यसैगरी खेलाडिलाई थप पूर्व तयारी खेल खेल्न चन्दननाथ नगरपालिका–२ स्थित परिमलाचौर फुटबल मैदान सम्याउने, प्याराफिट मर्मत गर्ने र आवश्यक पोल निर्माणका काम सञ्चालन भएका छन्। प्रतियोगितालाई व्यवस्थित र आकर्षक बनाउन थप मर्मतसम्भार तथा सजावटका काम धमाधम भइरहेको समितिले जनाएको छ। रासस
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
यो पनि पढौँ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस