टेनिस स्टार नाओमी ओसाकाले सोमबार घरेलु भूमिमा हुने ओलम्पिकमा उत्कृष्ट लयमा प्रदर्शन गर्न तयार रहेको बताउँदै पत्रकार सम्मेलनमा पनि सहभागी हुने उल्लेख गरेकी छन्।
डिप्रेसनका कारण संघर्ष गर्दै कयौं प्रतियोगिता छाडेकी जापानी स्टार ओसाकाले यसै महिना हुने ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्न आफू तयार रहेको बताएकी हुन्। कोरोना भाइरस महामारीका कारण एक वर्ष ढिला गरी टोकियो ओलम्पिक आगामी जुलाई २३ देखि सुरु हुँदै छ। विश्व नम्बर दुई ओसाकाले घरेलु भूमिमा हुने कोर्टमा राम्रो प्रदर्शन गर्नेप्रति आशावादी रहेको उल्लेख गरेकी छन्। यसअघि मानसिक समस्याकै कारण उनले विम्बल्डन र फ्रेन्च ओपनबाट नाम फिर्ता लिएकी थिइन्।
‘मैले बिस्तारैबिस्तारै तयारीलाई अगाडि बढाइरहेको छु। ओलम्पिकका लागि उत्कृष्ट रहन चाहन्छु,’ २३ वर्षीया ओसाकाले भनिन्, ‘विश्वले नै ध्यान केन्द्रित गरिरहेको स्थानमा खेल्नेबारे म चिन्तित थिएँ। यति ठूलो प्रतियोगितामा खेल्ने अवसर विरलै पाइने गरिन्छ ।’ मानसिक स्वास्थ्यमा समस्याका कारण गत जुनमा उनले एक खेलपश्चात् फ्रेन्च ओपनबाट नाम फिर्ता लिएकी थिइन्। पत्रकार सम्मेलन बहिष्कार गरेका कारण निकै आलोचना भइरहँदा उनले बीचैमा फ्रेन्च ओपन त्यागेकी हुन्। उनले पत्रकार सम्मेलनका कारण आफ्नो मानसिक स्वास्थ्यमा थप समस्या भएको भन्दै सम्मेलन बहिष्कार गरेकी थिइन्।
उनले आफू डिप्रेसनसँग संघर्ष गरिरहेका कारण केही समय खेलबाट बाहिर रहने निर्णय लिएकी थिइन्। सोमबार भने ओसाकाले देशको तर्फबाट ओलम्पिक खेल्नु गर्वको क्षण रहेको उल्लेख गर्दै फूले घरेलु भूमिमा प्रतिस्पर्धा गर्ने बताएकी छन्। उनले आफ्नो मानसिक स्थितिबारे ध्यान दिएपछि आगामी पत्रकार सम्मेलनमा पनि सहभागी हुनेमा जोड दिइन्। फ्रेन्च ओपनको पत्रकार सम्मेलन बहिष्कार गरेका कारण उनले १५ हजार डलर जरिवानासमेत बेहोर्नुपरेको थियो।
फ्रेन्च ओपनबाट अयोग्य खेलाडी घोषणा हुन सक्ने चर्चा चलिरहँदा उनले नै नाम फिर्ता लिएकी थिइन्। परिवार र साथीसँगै समय बिताउनका लागि ओसाकाले विम्बल्डनबाट पनि नाम फिर्ता लिने निर्णय लिएको उनका एजेन्टले गत महिना बताएका थिए। तथापि, उनले घरेलु समर्थकमाझ टोकियो ओलम्पिक २०२० खेल्न आफू उत्साहित रहेको उल्लेख गरेकी छन्।