अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले भ्रष्टाचारको आरोप लागेको अन्तर्राष्ट्रिय भारोत्तोलन फेडेरेसन (आइडब्लुएफ) ले ओलम्पिक सहभागितासमेत गुमाउन सक्ने जनाएको छ ।
आइओसीले भ्रष्टाचारको तथ्य प्रमाणित हुँदा भविष्यमा भारोत्तोलनले ओलम्पिक सहभागिता गुमाउने बुधबार जनाएको हो । गत हप्ता मात्र एक स्वतन्त्र रिपोर्टले आइडब्लुएफमा दशकौंदेखि भ्रष्टाचार भएको उल्लेख गर्दै जसमा पूर्वअध्यक्ष तामास अजानको संलग्नता रहेको सार्वजनिक भएको थियो । उक्त रिपोर्टअनुसार निर्वाचनमा व्यापक भोट किनबेच, डोपिङ कान्ड लुकाएको र १०.४ मिलियन डलरको हिसाब हिनामिना लगायत आरोप अन्तर्राष्ट्रिय भारोत्तोलन फेडेरेसनलाई लागेको छ । यद्यपि, पूर्वअध्यक्ष अजानले भने उक्त आरोप अस्वीकार गरेका छन् ।
‘त्यो रिपोर्टप्रति हाम्रो ध्यानाकर्षण भएको छ र त्यस आरोपप्रति अचम्मित र चिन्तित पनि छौं । जुन पक्ष प्रतिबन्धमा छ, त्यही नै रिपोर्टमा सार्वजनिक भएको छ,’ आइओसीका अध्यक्ष थोमस बाचले भर्चुअल पत्रकार सम्मेलनमार्फत भने, ‘उक्त आयोगको रिपार्टपश्चात् मात्र हामी प्रस्ट भयौं । तत्कालै भारोत्तोलनका बारेमा केही निर्णय नभए पनि दूरगामी रूपमा उपायहरू आउन सक्छन् ।’
डोपिङमार्पmत व्यक्तिगत रूपमै अजानले जरिवाना उठाएको र फेडेरेसनका खातामा ठूलो रकम निकासा गरिएको अनुसन्धानमा उल्लेख गरिएको छ । ‘आइडब्लुएफको नयाँ नेतृत्वप्रति हाम्रो पूर्ण समर्थन नै छ मात्र भन्न सक्छौं । फेडेरेसनको शासन व्यवस्थामा व्यापक सुधार ल्याउने र एन्टी डोपिङ प्रणालीलाई स्वतन्त्र बनाउने प्रयास हुनुपर्छ,’ आइओसीका अध्यक्ष बाचले जिकिर गरे ।
उनले आइडब्लुएफका अधिकारीमाथि छानबिन भइरहेकाले आगामी टोकियो ओलम्पिकका लागि कुनै पनि मान्यताको अनुमति नदिने प्रस्ट्याएका छन् । ‘टोकियो ओलम्पिकको तयारीको बैठकमा कुनै पनि आइडब्लुएफका अधिकारीको सहभागिता स्वीकार्य हुनेछैन,’ बाचले भने ।

रिपोर्टअनुसार निर्वाचनमा व्यापक भोट किनबेच, डोपिङ कान्ड लुकाएको र १०.४ मिलियन डलरको हिसाब हिनामिनालगायत आरोप अन्तर्राष्ट्रिय भारोत्तोलन फेडेरेसनलाई लागेको छ ।८१ वर्षे हंगेरियन अजान आइडब्लुएफका पूर्वअध्यक्षका सार्थ आइओसीका पूर्वसदस्यसमेत हुन् । उनी सन् १९७० को मध्यदेखि आइडब्लुएफको महासचिवका रूपमा कार्यरत छन् । सन् २००० मा अध्यक्ष बनेका अजानले गत अप्रिलमा मात्र राजीनामा दिएका थिए । उनलाई अन्तर्राष्ट्रिय भारोत्तोलन फेडेरेसनका तानाशाहको रूपमा पनि चित्रण गरिन्छ । गत हप्ता सार्वजनिक १ सय २१ पेजको रिपोर्टमा फेडेरेसनभित्र भएको ठूलो भ्रष्टाचारको विवरण प्रस्तुत भएको थियो, जुन अजानद्वारा शासन गरिएको थियो । उनले आफू सत्तामा रहन व्यापक भ्रष्टाचार गरेको रिपोर्टले दाबी गरेको छ ।