अन्तर क्लब फुटबल प्रतियोगिताको दोश्रो संस्करण चैत ४ गते
२८ फागुन २०७७
•
२ मिनेट पाठ
अन्तर क्लब फुटबल प्रतियोगिताको दोश्रो संस्करण चैत ४ गते
जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगिताको तयारीका बारेमा जानकारी दिँदै खोटाङ फुटवल एकेडेमीका अध्यक्ष नुरकाजी शैंजू । तस्बिर : नागरिक
खोटाङ फुटबल एकेडेमी (केएफए)ले जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगिताको दोश्रो संस्करणको तयारी गरेको छ । ‘स्थानीय खेलाडीको विकास र पहिचान, खोटाङ फुटवल एकेडेमीको अभियान’भन्ने नाराका एकेडेमीले आगामी चैत ४ गतेदेखि ९ गतेसम्म जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको हो । 




खोटाङ फुटबल एकेडेमीले माटिकोरेस्थित आफ्नै कार्यालयमा बिहिबार पत्रकार सम्मेलन गर्दै जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगिताको दोश्रो संस्करणको तयारीका बारेमा जानकारी दिएको हो । ‘खेलकुदको अभियान खोटाङको पहिचान’ भन्ने नारा सहित २०७३ सालमा स्थापना भएको एकेडेमीले २०७४ सालमा जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगिताको पहिलो संस्करण आयोजना गरेको थियो ।  

दिक्तेलस्थित माटिकोरे खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता अखिल नेपाल फुटवल संघ ‐एन्फा)का अध्यक्ष कर्माछिरीङ शेर्पाले उद्घाटन गर्ने तय गरिएको छ । यस्तै, प्रतियोगिता उद्घाटनका क्रममा एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंको समेत उपस्थिति रहने छ । बढिमा १६ टिमको सहभागीता रहने प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद ८८ हजार ८८८, दोश्रो स्थान प्राप्त गर्ने टिमले ४४ हजार ४४४ र दुई वटा सेमिफाइनलिस्ट टिमले प्रतिटिम २२ हजार २२२ का साथमा ट्रफि, मेडल र प्रमाण–पत्र पाउने खोटाङ फुटवल एकेडेमीका अध्यक्ष नुरकाजी सैजुले बताए । यस्तै, उत्कृष्ट गोल रक्षक, डिफेण्डर, मिड फिल्डर, गोलकर्ता र कोचलाई जनही ५ हजार नगद, ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार नगदका साथमा ट्रफि, मेडल, प्रमाण–पत्र तथा म्यानअफ द म्याचलाई नगद एक हजारका साथमा मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।  

अन्तर क्लब पुरुष फुटबल प्रतियोगितामा सहभागी हुने टिम जिल्ला खेलकुद विकास समितिमा दर्ता भएको, दर्ता गरेको प्रमाण–पत्र भएको तथा वार्षिकरुपमा नवीकरण गरेको हुनुपर्ने एकेडेमीका अध्यक्ष शैंजूले बताए । टिम दर्ताका क्रममा क्रम संख्या १६ टिम पुगेपछि भने टिम दर्ता रोकिने एकेडेमीले जनाएको छ । प्रतियोगितामा दुई जना गोलरक्षक सहित १४ जना खेलाडी, टिम मेनेजर र प्रशिक्षक गरी १६ जना हुनुपर्ने छ । प्रतियोगितामा सहभागी हुने टिमले चैत १ गतेभित्र टिम दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ ।  

केएफएको गीत सार्वजनिक हुँदै  

जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता उद्घाटनको अवशरमा खोटाङ फुटबल एकेडेमीको आफ्नै गीत सार्वजनिक गर्ने तयारी गरिएको छ । सोही अवशरमा फुटसल सेन्टरलाई निःशुल्क जग्गा दानको कार्यक्रम पनि तय गरिएको अध्यक्ष शैंजूले बताए ।  

प्रतियोगिताको दुई वटा सेमीफाइनलिष्ट टिममध्ये एक टिमको पुरस्कार हिमाली क्लव दिक्तेलले र एक टिमको पुरस्कार नेपाली सेनाबाट अवकास प्राप्त दिक्तेलका जमदार गोपाल श्रेष्ठले प्रायोजन गर्ने भएका छन् । यस्तै, खोटाङका कोकाकोला डिष्ट्रीव्युटर टेकबहादुर मुग्रातीले विद्यागत पुरस्कार तथा गौरी नुडल्सका प्रोपाईटर अमृत वुढाथोकीले म्यान अफ द म्याचको पुरस्कार र मेडलको प्रायोजन गर्ने एकेडेमीले जनाएको छ ।
अर्को समाचार
प्रथम बागेश्वरी कपको उपाधि रोयल नेपालगन्जलाई
२१ असोज २०७८
•
१ मिनेट पाठ
प्रथम बागेश्वरी कपको उपाधि रोयल नेपालगन्जलाई
प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक रोयल नेपालगन्ज फुटबल क्लवले जितेको छ। न्यू डाँफे स्पोर्टस क्लवलाई २–० गोलले हराउँदै रोयल नेपालगन्जले उपाधि जितेको हो। उपाधि जितसँगै रोयलले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।  




प्रतिस्पर्धात्मक खेलमा रोयलले ५८ मिनेटमा विभुषण केसीको गोलबाट अग्रता लिएको थियो। ‘डी’ एरिया बाहिरबाट हानेको फ्रिकिक बललाई न्यू डाँफेका किपर प्रकाश बुढाले समात्न नसकेर फुत्काएपछि केसीले गोल गरे। एक गोलले पछाडी परेपछि न्यू डाँफेले रणनीति परिवर्तन गरेको थियो। मेन डिफेन्स खेलिरहेका कृष्ण रानाभाट अगाडि बढेका थिए। त्यसको फाइदा रोयलले उठाएको थियो। 

रोयलले १० मिनेटपछि नै अर्को गोल थप्यो। रोयलका यमबहादुर बुढाथोकीले ६८ मिनेटमा गोल गरे। प्रतियोगिताका अन्य खेलमा आक्रमक खेल खेलेको न्यू डाँफेले फाइनलमा त्यस्तो प्रदर्शन गर्न सकेन। उसले पोष्ट चार्ज गर्न नै सकेन।  

फाइनल खेलको म्यान अफ द म्याच विभुषण केसी भए। उनलाई नेकपा एमाले, बाँकेका अध्यक्ष निरक गुरुङले पुरस्कार प्रदान गरे। दोस्रो हुने न्यू डाँफेले नगद ५१ हजार १ सय ११ रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार पाएको छ।  

प्रतियोगितामा १४ वटा क्लवले भाग लिएका थिए। उक्त प्रतियोगिताको बेष्ट किपर रोयलका प्रितम खड्का, उत्कृष्ट खेलाडी रोयलका मनिष थापा र हाइस्कोरर रोयलकै विभुषण केसी भएका छन्। प्रतियोगिताका विजेता र उपविजेता, उत्कृष्ट खेलाडी, हाइस्कोरर, उत्कृष्ट किपरलाई श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी हरेन्द्र पाठक, भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की, रोयलका अध्यक्ष सूर्यमणि अधिकारी, पर्यटन प्रवद्र्धन मञ्च, बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, क्लवका सल्लाहकार किसन गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए।
दशौँ राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १२ सेकेन्ड अघि | १ मिनेट पाठ
दशौँ राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस