चितवनको शतप्रतिशत नजिता
०७ पौष २०७६
•
७ मिनेट पाठ
चितवनको शतप्रतिशत नजिता
पोखरा – चितवन राइनोजले नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) मा आइतबार शतप्रतिशत नजिता निकाल्दा बुटवल ब्लास्टर्सले एक्सपर्ट धनगढीलाई ७ विकेटले पराजित ग-यो। 




सन्नी पटेलले नमस्ते पोखरा प्रिमियर लिगमै उत्कृष्ट स्पेल तथा करण केसी र भुवन कार्कीले लोभलाग्दो प्रदर्शन गरेपछि विराटनगर टाइटन्सलाई १ सय २८ रनमै समेट्दै चितवनले १८ रनको जित निकाल्यो।

सन्नीले चार ओभरमा दुई मेडन राखे। पिपिएलमा यो सबैभन्दा उत्कृष्ट स्पेल हो। उनले १० रन खर्चिएर १ विकेट लिए । करण केसी र भुवन कार्कीले समान ३ विकेट लिएपछि १ सय ४७ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभरमा १ सय २८ रनमै समेटियो। म्यान अफ दी म्याच भुवनले ३ ओभरमा १४ रन खर्चिएर ३ विकेट लिए। विराटनगरका कप्तान प्रदीप ऐरीलाई ९, नोमन खानलाई १८ र राजु रिजाललाई १ रनमै पवेलियनको बाटो देखाएपछि विराटनगरको जितसम्म लम्किने आशामा तुषारापात लाग्यो। हारसँगै विराटनगरको प्लेअफ सम्भावना कमजोर बनेको छ।

पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा मोहम्मद जैद आलमलाई १ रनमै गुमाएको विराटनगरले दोस्रो विकेटको रूपमा अर्का ओपनर सुनील धमलालाई ५ रनमै गुमायो। प्रदीप ऐरी पनि कप्तानी जिम्मेवारीसहितको इनिङ्स खेल्न चुके। ऐरीलाई कार्कीले १९ बल खेल्ने क्रममा ९ रनमा क्रिजमा छँदा आउट गरे। एकपछि अर्को गरी विकेट झरेपछि विराटनगरका ब्याट्सम्यानले महŒवपूर्ण साझेदारी निभाउनै सकेनन्। नोमन खान व्यक्तिगत १८ रनमा आउट हुन पुगे।

आइतबार अर्काे खेलमा बुटवल ब्लास्टर्स तेस्रो जित निकाल्दै अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ।

पुनीत मेहरालाई २४ रनमा गुमाएको विराटनगरलाई उकास्ने काम भने आठौं नम्बरमा आएका लोकेश बमले  गरे। उनले समान पाँच चौका र छक्काको मद्दतमा  ६२ रन बनाए। उनलाई करण केसीले विकेटकिपर अनिलकुमार साहको हातबाट क्याच गराए। बमको विकेटपछि जितेन्द्र मुखिया शून्यमै आउट हुँदा केसीले शाहब आलमलाई एक रनमै पवेलियन फर्काए। केसीले ४ ओभरमा ३३ रन खर्चिएर ३ विकेट लिएका थिए।

टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले ४ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो। पाँचांै विकेटका लागि आरिफ शेख र सन्नी पटेलले ६४ रनको साझेदारी गरे। आरिफले २२ बलमा समान ३ चौका र छक्काको मद्दतबाट ३९ रन बनाए। पटेलले पनि ८ बलमा २७ रन बनाए। रोहन मुस्तफालाई ७ रनमै जितेन्द्र मुखियाले राजु रिजालको हातबाट क्याच गराउँदै चितवनमाथि दबाब सृजना गरे। चितवनका कप्तान पारस खड्काले तेस्रो नम्बरमा आएर बाबर हायातसँग महŒवपूर्ण साझेदारी गरे। २५ रनमा बाबर आउट भएपछि अनिलकुमार साहसँग पारसको जोडी खासै प्रभावकारी भने रहेन। ३८ बल खेलेका पारसले ३५ रन बनाउँदा ५ चौका हिर्काए। बाबरले पनि ३१ बल खेल्दै २५ रन जोडे। साहलाई ३ रनमा गुमाएपछि चितवनको इनिङ्सलाई आरिफ र सन्नीले ओभरको अन्त्यसम्म सम्हाले। 

आइतबार अर्काे खेलमा बुटवल ब्लास्टर्स तेस्रो जित निकाल्दै अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ। पहिलो विकेटका लागि ५३ र दोस्रो विकेटका लागि ५१ रनको साझेदारी गरेपछि बुटवल ब्लास्टर्सले एक्सपर्ट धनगढीले दिएको १ सय ४१ रनको चुनौतीलाई १६.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा ग¥यो।

अफ्ताबुद्दिन अहमद र शंकर रानाले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरे। व्यक्तिगत २५ रनमा शंकर आउट हुनुअअघि हर्श टंकसँग दोस्रो विकेटका लागि ५२ रनको साझेदारी निभाए। अहमदले १ चौका र ७ छक्का प्रहार गर्दै ५२ रन बनाए। टंकले २१ बलमा  ४० रन बनाए। शंकरले पनि ३१ बल खेल्दै ३ चौका स्कोरमा चढाए। शिवम् सिंह र भीम सार्की क्रमशः १५ र ७ रनमा अविजित रहे।

टस जितेको बुटवल दोस्रो इनिङमा ब्याटिङमा उत्रियो। एक्सपर्ट धनगढीले ६ रन बनाउने क्रममा दुई विकेट गुमायो। ओपनरद्वय शुभेन्दु पाण्डेलाई १ र रोड्रिगो थोमसलाई ५ रनमै गुमाएपछि कप्तान दीपेन्द्रसिंह ऐरीले कप्तानी इनिङ्स खेले। उनले अविनाश बोहोराको बलमा क्याच हुनुअघि ६ चौका र २ छक्काको मद्दतमा  ६१ रन बनाए। ऐरीले सन्दीप जोरासँग ८७ रनको साझेदारी गरे।

सन्दीप रिजाललाई शून्य रनमै गुमाएपछि ऐरी र जोराले चौथो विकेटका लागि ८७ रनको महŒवपूर्ण साझेदारी गरेका हुन्। जोराले ३२ बलमा ३९ रन बनाउँदा ४ चौका र १ छक्का हाने। सौरभ खनाल १०, अमित यादव ७ र कमलसिंह ऐरी १ रनमा आउट भएका थिए। अविनाश बोहोराले ३.५ ओभरमा २६ दिएर ४ विकेट लिए। ललित भण्डारीले ४ ओभरमा १९ रन दिएर ३ विकेट झारे। बोहोरा म्यान अफ दी म्याच घोषित भए।
अर्को समाचार
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
१ घण्टा अघि
•
१ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
जुम्ला। यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।




पहिलोपटक हिमाली जिल्लामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको खेलहुने भएपछि यहाँका स्थानीय तह र सरोकारवाला निकाय तयारी अवस्थामा जुटेकाछन्। खेल सञ्चालनहुने स्थानलाई तयारी अवस्थमा राखिएको छ।

बाहिरीबाट आउने खेलाडिलगायत अतिथिलाई स्वागत गर्नेका लागि जिल्लाको मुख्य प्रवेश विन्दु तिला गाउँपालिकामा गेट निर्माणको जिम्मा सम्बन्धित गाउँपालिकालाई दिइएको जिल्ला खेलकुद विकास समितिका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिए।

पुरुष फुटबलका सेमिफाइनल तथा फाइनल खेल नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डाको खेलमैदान प्रतियोगिता हुने भएको छ। आवश्यक सबै स्रोत साधन उपलब्ध भएको छ। खेल यही १४ देखि २० मंसिरसम्म सञ्चालनहुने छ। प्रतियोगिता अघि आवश्यक मर्मतसम्भार, व्यवस्थापन र तयारीका काम अहिले भइरहेको उनको भनाइ छ।

यसैगरी खेलाडिलाई थप पूर्व तयारी खेल खेल्न चन्दननाथ नगरपालिका–२ स्थित परिमलाचौर फुटबल मैदान सम्याउने, प्याराफिट मर्मत गर्ने र आवश्यक पोल निर्माणका काम सञ्चालन भएका छन्। प्रतियोगितालाई व्यवस्थित र आकर्षक बनाउन थप मर्मतसम्भार तथा सजावटका काम धमाधम भइरहेको समितिले जनाएको छ। रासस
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १३ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
यो पनि पढौँ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस