बाबरको प्रदर्शनमा चितवनलाई सफलता
०२ पौष २०७६
•
४ मिनेट पाठ
बाबरको प्रदर्शनमा चितवनलाई सफलता
पिपिएल–२ को मंगलबार चितवन राइनोजका बाबर हायात स्विप गर्ने प्रयासमा। तस्बिरः उमेश पुन/नागरिक
पोखरा – बाबर हायातको अर्धशतकमा चितवन राइनोजले  पोखरा पल्टनलाई छ विकेटले पराजित गरेको छ। नमस्ते पोखरा प्रिमियर लिगमा मंगलबार दोस्रो विकेटको लागि रोहन मुस्तफासँग २४ रनको साझेदारी गरेका बाबर हायातले ललित राजवंशीको चौथो ओभर तेस्रो बलमा चौका हिर्काउँदै अर्धशतक पूरा गरेका थिए। रोहन व्यक्तिगत ११ रनमा आउट भएका थिए।




पोखरा पल्टनका सर्वजित लद्दाको प्रतियोगिताकै कमजोर बलिङ रह्यो। उनले ४ ओभरमा ४८ रन दिएर २ विकेट लिए। उनकै खराब बलिङमा चितवन राइनोजले १४.५ ओभरमै १ सय ८ रनको लक्ष्य भेट्टायो। हङकङका बाबरले ४२ बल खेल्दै ६६ रन जोड्दा ६ चौका र ४ छक्कासमेत सामेल रह्यो।  पारस खड्का र आरिफ शेख सस्तैमा आउट भएपछि इनिङलाई बाबरले सम्हाले।

चितवनले पहिलो ओभरमै अनिल साहलाई गुमाएपछि बाबर हायात क्रिज छिरेका थिए। रोहन आउट भएपछि पारस खड्का ४ रनमा क्याच हुँदा आरिफ शेख पनि १ रनमै पवेलियन फर्किएका थिए। बाबरले पाँचाैं विकेटका लागि सन्नी पटेलसँग ५० रनको साझेदारी गरे। दुवैको साझेदारीले चितवन राइनोजलाई जितसम्म डो-यायो। पटेलले १८ बल खेल्दै एक चौका दुई छक्काको मद्दतमा २२ रन जोडे। बाबर हायात म्यान अफ दी म्याचको हकदार बने। रसिद खानले ३.५ ओभर फ्याँक्दै २४ रन दिएर २ विकेट लिए।

बाबरले ४२ बल खेल्दै ६६ रन जोड्दा ६ चौका र ४ छक्का प्रहार गरेका थिए।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार टस हारेर ब्याटिङमा उत्रिएको साबिक विजेता पोखरा पल्टनले कप्तान शरद भेषावकरको ४५ रनको योगदानमा चितवन राइनोजलाई १ सय ८ रनको लक्ष्य प्रस्तुत ग-यो। सुरुदेखि नै ब्याटिङमा धरमराएको पोखरा पल्टनको इनिङलाई कप्तान भेषावकरले सम्हाल्ने प्रयास गरे। १ सय ७ रन बनाउँदा सबै विकेट गुमाएको पोखरा पल्टनले ओभर भने पूरै खेल्यो।

दोस्रो ओभरमै पहिलो विकेट गुमाएको पोखराका लागि कप्तान भेषावकर इनिङ सम्हाल्ने क्रममा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका थिए। कुशल भुर्तेललाई ५ रनमै गुमाएको पोखराले दोस्रो विकेटको रूपमा आशिफ शेखलाई गुमाउन पुग्यो। शेख दुई चौका हान्दै सेट हुन खोजे पनि विक्रम शोबको बलमा सन्नी पटेलबाट क्याच भए। त्यसपछि  आएका रविइन्दर सिंह पनि पहिलो संस्करणमा जस्तो जम्न सकेनन्। कप्तान भेषवाकरसँग महŒवपूर्ण साझेदारीको अपेक्षा गरिएको थियो। यद्यपि सिंह पनि पारस खड्काको बलमा बोल्ड भएपछि कप्तान भेषावकरमाथि दबाब सृजना भयो। भेषावकरले ४५ रन बनाउने क्रममा ३९ बल खेल्दै ३ चौका र ३ छक्का हिर्काए। भेषावकर रोहन मुस्तफाको बल आउट भएका थिए।

विनोद भण्डारी पनि दोहोरो अंकको रनविहीन अवस्थामै पवेलियन फर्किए। कुशल मल्ल १३ रनै आउट भए। एकपछि अर्को गर्दै विकेट झरेपछि दबाबमा रहेको पोखराका तीन ब्याट्सम्यान रनविहीन रहे। रोहितकुमार पौडेल रन आउटको सिकार हुन पुगे। सन्नी पटेलले चार ओभरमा एक मेडन राख्दै १५ रन खर्चिएर २ विकेट लिए। रोहन मुस्तफा र भुवन कार्कीले पनि समान दुई विकेट नै लिए।
अर्को समाचार
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
४४ मिनेट अघि
•
१ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
जुम्ला। यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।




पहिलोपटक हिमाली जिल्लामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको खेलहुने भएपछि यहाँका स्थानीय तह र सरोकारवाला निकाय तयारी अवस्थामा जुटेकाछन्। खेल सञ्चालनहुने स्थानलाई तयारी अवस्थमा राखिएको छ।

बाहिरीबाट आउने खेलाडिलगायत अतिथिलाई स्वागत गर्नेका लागि जिल्लाको मुख्य प्रवेश विन्दु तिला गाउँपालिकामा गेट निर्माणको जिम्मा सम्बन्धित गाउँपालिकालाई दिइएको जिल्ला खेलकुद विकास समितिका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिए।

पुरुष फुटबलका सेमिफाइनल तथा फाइनल खेल नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डाको खेलमैदान प्रतियोगिता हुने भएको छ। आवश्यक सबै स्रोत साधन उपलब्ध भएको छ। खेल यही १४ देखि २० मंसिरसम्म सञ्चालनहुने छ। प्रतियोगिता अघि आवश्यक मर्मतसम्भार, व्यवस्थापन र तयारीका काम अहिले भइरहेको उनको भनाइ छ।

यसैगरी खेलाडिलाई थप पूर्व तयारी खेल खेल्न चन्दननाथ नगरपालिका–२ स्थित परिमलाचौर फुटबल मैदान सम्याउने, प्याराफिट मर्मत गर्ने र आवश्यक पोल निर्माणका काम सञ्चालन भएका छन्। प्रतियोगितालाई व्यवस्थित र आकर्षक बनाउन थप मर्मतसम्भार तथा सजावटका काम धमाधम भइरहेको समितिले जनाएको छ। रासस
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
यो पनि पढौँ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस