नेपाल विद्यालय खेलकुद महासंघका महासचिव एवं अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) का कार्यकारी सदस्य राजकुमार कार्की स्कुल ओलम्पिक कार्यक्रमको २०औ संस्करणमा सहभागी भएका छन्।
आइएसएफ भिआइपी डेलगेट्सका रूपमा कार्की कार्यक्रममा सहभागी भएको महासंघले जनाएको छ। कतारको विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा विभिन्न २० खेलको प्रतिस्पर्धा भएको थियो।
कतारमा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का अध्यक्ष थोमस बाच, कतारका शिक्षा तथा उच्च शिक्षामन्त्री, आइएसएफका अध्यक्ष, कतार ओलम्पिक कमिटीका अध्यक्ष र महासचिव, कतार विद्यालय खेलकुद संघका अध्यक्ष र प्रतियोगितामा समावेश २० खेलका राष्ट्रिय खेल संघका पदाधिकारी सहभागी थिए। यसअघि कार्की पेरिस ओलम्पिक २०२४ को टर्च रिलेमा पनि सहभागी भएका थिए। नेपाल विद्यालय खेलकुद महासंघले विभिन्न उमेरसमूहको विद्यालय अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको सहभागिताका लागि समन्वय गर्दै आएको छ। कार्की शनिबार स्वदेश फर्किदै छन्।