धर्मश्रीको प्रिजजिङ राउन्ड सम्पन्न
०८ चैत्र २०८१
•
४ मिनेट पाठ
धर्मश्रीको प्रिजजिङ राउन्ड सम्पन्न
 १७औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको मिस्टर धर्मश्रीको प्रिजजिङ राउन्ड शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ।




नेपालकै जेठो व्ययामशाला नेपाल व्यायाम मन्दिरको आयोजनामा भैरहेको प्रतियोगिताका लागि शुक्रबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान प्रिजजिङ राउन्ड सम्पन्न भएको हो। प्रिजजिङ राउन्डबाट ६० केजी तौलमा नेपाल व्यायाम मन्दिरका सुरेन्द्रप्रसाद बर्मा, पोखराको रत्नश्री जिमका सुजन थापा, भक्तपुरको उज्ज्वल जिमका नरेश दिवाकर, नर्भ द फिटनेसबाट सिद्धान्त जस रोटिया, मेटल फिटनेसका किसन दास दिवाकर र बी एन्ड एल फिटनेस स्टेसनका धर्मराज खापुङ अन्तिम चरणका लागि छनोट भएका छन्। ६५ केजी तौलसमूहमा डेयर टु फिट जिमका अजय मलिक, व्यायाम मन्दिरबाट सुरेश मुनिकार, मिस्का फिटनेसका माधव सुवेदी र कलंकी जिमका मिलन राईले पनि अन्तिम चरणको यात्रा तय गरे।

यसै तौलबाट व्यायाम मन्दिरबाट क्षितिज थापा र भूमि जिम एन्ड फिटनेसका नवराज दुम्रे छनोट भएका छन्। ७० केजी तौलसमूहमा व्यायाम मन्दिरका अतिश वज्राचार्य र आशिष देवा, टोटल फिजिकल फिटनेसका कविराज कटुवाल, प्लाटिनम फिटनेसका दीपजंग रोकामगर, युआर फिटनेसका उपेश सापकोटा र मसल्स एन्ड फिटनेका असीमबाबु गुरुङ दोस्रो चरणमा प्रवेश गर्न सफल भए।

७५ केजी तौलसमूहबाट पनि ६ खेलाडीले अन्तिम चरणको यात्रा तय गरे। व्यायाम मन्दिरका मनोस श्रेष्ठ, प्लाटिनियमका विनोद सुनार र सन्तोष श्रेष्ठ, सुपर फिटनेसका ब्रिखमान गुरुङ, कोको फिटनेसका पुष्प शंकर र चितवन फिजिकल फिटनेसका मरिचमान लामा छन्।

त्यस्तै ८० केजी तौलसमूहमा व्यायाम मन्दिरका आदित्य ठाकुर र सञ्जीव श्रेष्ठ, फिटनेसका अनिष थापा, आइरन जिमका शिशिर थापामगर, मत्स्यनारायण रिक्रियसन सेन्टरका विक्रम गोपाली र ग्यालेक्सी फिटनेसका ललित धिमालले पनि सफलता पाएका छन्। व्यायाम मन्दिरका ग्रेस महर्जन र सुवास श्रेष्ठ, गोर्खाली फिटनेसका उमेश राई, पावर फिजिकल फिटनेसका सागर श्रेष्ठ, किङ्स अफ फिटनेसका कुशलप्रसाद गुरुङ र इगल फिटनेस एन्ड जिमका रामशरण महर्जनले ८० केजीमाथि तौलसमूहको अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने भएका छन्। हरेक तौलसमूहका विजेताबीच ओभरअल मिस्टर धर्मश्रीका लागि प्रतिस्पर्धा हुनेछ।

धर्मश्रीको विजेताले ११ किलो वजन रहेको ट्रफीसहित नगद १२ लाख पाप्त गर्नेछन्। दोस्रो हुनेले ६ लाख, तेस्रो हुनेले तीन लाख, चौथो हुनेले दुई लाख, पाँचौं हुनेले एक लाख ८० हजार र छैटौं हुनेले एक लाख ५० हजार रूपैयाँ प्राप्त गर्नेछन्। तौलसमूहमा दोस्रो, तेस्रो, चौथो, पाँचांै र छैटौं हुनेले क्रमशः ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १५ हजार प्राप्त गर्ने भएका छन्।

खुलातर्पm पाटन जिमकी रिपु घर्ती, कम्पिट्ली हेल्थ क्लबकी शान्ता पालिखे, डिभाइन फिजिकल फिटनेसकी शिला ठकुरी र उर्मिला श्रेष्ठ, क्लब डिस्पिराडोकी तारा खाइजु र प्लाटिनियमकी सोफिया कार्की शाहले अन्तिम चरणमा स्थान बनाएका छन्।

मास्टर्स खुलातर्पm व्यायाम मन्दिरका सुरज श्रेष्ठ, कृष्णसिंह शाही, किशोर शाही र राजकुमार राई, काठमाडांै जिमका राजकुमार शाही र फिटनेस फ्याक्ट्रीका खिमलाल पुन छनोट भए। पुरुष स्पोर्ट्स फिजिक १७० मुनिको समूहमा पावर फिजिकल फिटनेसका आकाश श्रेष्ठ, एनआरके फिटनेसका रोहित थापा, आर्मीका रमेश फोम्बो, एनवाइएफसीका निरल थापा, गोल्स जिमका श्रीजन महर्जन र आइरन पाराडाइज फिटनेसका ज्ञानेश्वर चौधरीले सफलता पाएका छन्।

१७० माथिको समूहमा गोल्डस जिमका रमन तुलाधर, मसल्स एन्ड फिटनेसका औतार श्रेष्ठ, फिट टु फिटनेसका लक्ष्मीदत्त पन्त, एक्सपोज जिमका पुकार शाक्य, व्ययाम मन्दिरका शिवकुमार सिंह र आरएनएफसीका नुरबहादुर कुँवरले पनि अन्तिम चरणमा स्थान पक्का गरेका छन्।

मेन्स एथलेटिक फिजिक ओभर र अन्डर तथा वुमेन्स बडिबिल्डिङको विजेताले समान दुई लाख र उपविजेताले समान एक लाख रूपैयाँ नगद पाउनेछन्। तेस्रोले ७० हजार, चौथोले ५० हजार, पाँचौंले ४० हजार र छैटौंले ३० हजार रूपैयाँ प्राप्त गर्नेछन्। ५० वर्षभन्दा माथिका खुला मास्टर विजेताले नगद एक लाख, दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २५ हजार, पाँचौंले १५ हजार र छैटौंले १० हजार हात पार्नेछन्। यसपल्ट सबै विधाको शीर्ष ६ सम्मका खेलाडीले नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।

मेन्स फिजिक प्रतियोगितालाई काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको नाममा पिएल सिंह मेन्स फिजिक प्रतियोगिता राखिएको छ। १७औं धर्मश्रीको मुख्य प्रायोजकमा काठमाडौं महानगरपालिका हो। शनिबार फाइनल चरणका खेल कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुनेछ। 
अर्को समाचार
एरिका र अञ्जना सम्मानित
०७ साउन २०८२
•
१ मिनेट पाठ
एरिका र अञ्जना सम्मानित
नेपाली खेलकुदमा एकपछि अर्को ऐतिहासिक नतिजा दिलाउँदै आएकी कराते खेलाडी एरिका गुरुङ र नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना रानामगर सम्मानित भएका छन्।




भक्तपुरको मध्यपुरमा मंगलबार आयोजित एक कार्यक्रमबीच मध्यपुरको इनर ह्विल क्लबले १९औं एसियाली खेलकुदकी रजत विजेता एरिका र गोलकिपर अञ्जनालाई नगदसहित सम्मान गरेको हो। एरिकाले कराते वान प्रिमियर लिगमा कांस्य, थाइल्यान्ड ओपन र युएस ओपनमा स्वर्ण र एसियन च्याम्पियनसिपमा रजत जितेकी थिइन्।

प्रिमियर लिगमा कांस्यका साथै एसियन च्याम्पियनसिप र एसियन गेम्समा रजत पदक जित्ने उनी नेपाली कराते खेलाडी हुन्। उनै एरिका र अञ्जनालाई इनर ह्विल क्लबले २५ हजार रूपैयाँ नगदसहित सम्मान गरेको हो। नेपाली खेलकुदमा उल्लेखनीय योगदान गरेबापत उनीहरूलाई डा. सृष्टि उत्कृष्ट महिला खेलाडीको अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।

क्लबकी संस्थापक तथा इनर ह्विल डिस्ट्रिक्ट ३५० की उपाध्यक्ष डा. सृष्टि श्रेष्ठ प्रजापतिले खेलाडीलाई सम्मान गरेकी थिइन्। सो अवसरमा उनले खेलकुदमा महिलाको सहभागिता र सफलतालाई सम्मान गर्न पाउनु आफ्नै लागि पनि गौरवको विषय रहेको बताइन्।

उनले आगामी वर्षहरूमा पनि यस्ता उदाहरणीय खेलाडीलाई सम्मानित गर्ने क्रमलाई अझ व्यापक बनाउँदै लाने प्रतिबद्धता जनाइन्। सम्मानित हुने दुवै खेलाडीले निजी स्तरबाट हुने यस्ता सम्मानले आफूहरूलाई देशका लागि अझ समर्पित भएर खेल्न ऊर्जा मिल्ने उल्लेख गर्दै आयोजकलाई धन्यवाद दिए।
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस