दुई वर्षभित्र नै आयोजना गर्ने गरी कर्णाली प्रदेशमा तय गरिएको दशौं राष्ट्रिय खेलकुद आयोजनाका लागि तेस्रोपल्ट मिति घोषणा भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्षसमेत रहेका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको १२१औं बोर्ड बैठकले फेरि पनि दशौं राष्ट्रिय खेलकुदको मिति सारेको हो। आगामी जेठ ३ देखि १० गतेसम्म दशौं खेलकुद हुने भनिएको छ।
यसअघि मंसिर र चैतमा मिति निर्धारण भएको थियो। जुन मिति सारिएर जेठकोअन्तिम साता पु¥याइएको छ। बिहीबार राखेपको बोर्डले तेस्रोपल्ट मिति निर्धारण गर्दा सातैवटा खेलकुद विकास परिषद्ले बैठक बहिष्कार गरेका थिए।
प्रदेश खेलकुद विकास परिषद्का एक सदस्यसचिवले फेरि पनि मिति सार्ने प्रस्ताव आउँदा असहमति राख्दै सल्लाहमा नै सातै प्रदेशले बैठक बहिष्कार गरेको बताए। ‘फेरि पनि नयाँ मिति घोषणाप्रति हाम्रो असहमति थियो। त्यसैले सुदूरपश्चिमका सदस्य दीपक सिंहलाई राखेप बोर्ड बैठकमा हाम्रो धारणा राख्न पठाएका थियौं। उहाँ हाम्रो कुरा राखेर बैठकको बीचमा नै फर्कनुभयो,’ ती सदस्यसचिवले भने,‘फेरि तय मितिमा पनि दशौं खेलकुद आयोजना हुन सक्ने वातावरण छैन। पटकपटक एउटै एजेन्डामा बैठक राखिएको छ। यसले खेलाडीको मनोबल घट्ने काम मात्र हुन्छ।’
साथै प्रादेशिक संरचनाअनुरूप प्रदेश खेलकुदलाई जिम्मेवारी दिनुपर्ने ठाउँमा उनीहरूलाई बाइपास गरेर खेलकुद निर्देशिका पास गराइनुमा पनि असहमति रहेको ती सदस्यसचिवले बताए।
सातै प्रदेशका सदस्यसचिवको बैठक बसेर साझा धारणा राख्ने तयारीसमेत गरिएको छ। यद्यपि, खेलकुदमन्त्री चौधरीले प्रदेशलाई जिम्मेवारी दिने यसअघिको बोर्ड बैठकमा नै प्रयास गरिएको उल्लेख गर्दै अर्थ मन्त्रालयबाट नवौं राष्ट्रिय खेलकुदको नै निर्दे शिका पास भएकाले केही कठिनाइ आइपरेको बताए।
‘उहाँहरूका माग जायज नै छन्। तर, समय अभाव र बजेट बाँडफाँडमा केही समस्या भयो। त्यसैले नवौं खेलकुदकै निर्देशिका पास गराएका छौं। जति सक्दो छिटो दशौं खेलकुद आयोजना गराउन यही निर्देशिका र नम्र्स पास गर्नुपरेको हो। पुरानै निर्देशिका हुँदा यसअघि प्रदेशहरूलाई गरिएको वाचाअनुरूप जिम्मेवारी दिन सकेनौं,’मन्त्री चौधरीले भने।
उनले दशौं खेलकुदका लागि विनियोजित बजेट घटेको बताए। ‘दशौं खेलकुदको लागि ६० करोड बजेट निर्धारण गरिएको थियो। अब त्यो बजेटमा २५ प्रतिशत घटाएर ४५ करोड मात्र अर्थमन्त्रालयबाट स्वीकृत भएको छ। यस्तोमा ३६ वटै खेल आयोजना गर्न सकिँदैन। थप बजेट माग गरेका छौं। भोलिदेखि नै काम गर्छौ,’ उनले भने।
उनले अब निर्धारण गरिएको मितिभित्र कुनै पनि हालतमा दशौं राष्ट्रिय खेलकुद हुने दाबी गरे। ‘यसअघि आठौं खेलकुद नेपालगन्जमा वैशाखमा नै भएको हो। मौसमविदहरूसँग सल्लाह गरेर नै जेठमा निर्धारण गरेका छौं।
अब सार्वजनिक खरिद ऐन पालना गर्न पनि पर्याप्त समय हुन्छ,’ मन्त्री चौधरीले भने, ‘अब कुनै पनि हालतमा दशौं राष्ट्रिय खेलकुद सर्दैन र जेठभित्र नै हुन्छ।’
यसअघि मन्त्री चौधरीकै अध्यक्षतामा बसेको राखेपको ११८औं बोर्ड बैठकले आगामी चैत २३ देखि ३० गतेसम्म दशौं खेलकुद गर्ने निर्णय गरेको थियो। तर, समय अभाव रहेको भन्दै मन्त्री चौधरीले तेस्रोपल्ट मिति सारेका हुन्।
नवौं राष्ट्रिय खेलकुदको समापन समारोहमा नै गत मंसिर २ देखि ९ गतेसम्म आगामी संस्करण गर्ने निर्णय भएको थियो। त्यसका लागि कर्णाली प्रदेशलाई झन्डा हस्तान्तरण गरिँदै दशौं राष्ट्रिय खेलकुदको तयारी थालिएको हो। निवर्तमान सरकारले दशौं राष्ट्रिय खेलकुद आयोजनाका लागि ६० करोड बजेट विनियोजन पनि गरेको अवस्था पटकपटक मिति सारिएको हो।
२०३८ सालदेखि हरेक दुई वर्षमा आयोजना गर्ने गरी सुरु गरिएको राष्ट्रिय खेलकुद यसअघि बजेट नहुँदा प्रभावित हुँदै आएको थियो। तर, पहिलोपल्ट बजेट पहिल्यै सुनिश्चितता हुँदा पनि खेलाडी र प्रशिक्षकले लामो समयदेखि प्रतीक्षा गर्ने गरेको राष्ट्रिय खेलकुद हुन सकिरहेको छैन।
हरेक दुई वर्षमा आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुद युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी सक्रिय नहुँदा फेरि पनि सारिएको हो।
बिहीबार बसेको बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद २०८२ साल जेठ १७ देखि २१ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ।
नेपाल ओलम्पिक कमिटीको अवैधानिक निर्वाचनमा सहभागी ६ राष्ट्रिय खेल संघलाई निलम्बन गर्ने निर्णय गरेको छ। निलम्बनमा परेका राष्ट्रिय खेल संघमा नेपाल ब्याडमिन्टन संघ, नेपाल टेनिस संघ, नेपाल साइक्लिङ संघ, नेपाल एथलेटिक्स संघ, नेपाल जिम्न्यास्टिक संघ र नेपाल भारोत्तोलन संघ रहेका छन्।
राखेप कार्यकारी समितिको बैठकले उक्त ६ खेल संघलाई कारबाहीस्वरूप निलम्बन गर्न गरेको सिफारिसलाई राखेप बोर्ड बैठकले अनुमोदन गरेको हो।