नेपाली राष्ट्रिय महिला फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डे विल्डेले आफू नयाँ चुनौतीका लागि तयार रहेको बताएका छन्।
एएफसी एसिया कप छनोटको तयारीका लागि प्रो लाइसेन्स प्राप्त प्रशिक्षक प्याट्रिक डे विल्डलाई नेपाली टोलीको मुख्य प्रशिक्षकमा भित्र्याइएको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) का महासिचव किरण राई र विल्डेले बिहीबार मात्र सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। उनी नेपाली महिला राष्ट्रिय टोली सम्हाल्ने दोस्रो विदेशी प्रशिक्षक हुन्।
शुक्रबार मिट एन्ड ग्रिट कार्यक्रममा विल्डेले आफू हरेक चुनौती सामना गर्न तयार रहेको बताएका हुन्। ‘एएफसी एसिया कप छनोट ठूलो प्रतियोगिता हो। यसमा जित निकाल्न सहज छैन। तर हामी उत्कृष्ट प्रदर्शनको प्रयास गर्नेछौं। म नयाँ चुनौतीका लागि तयार छु,’उनले भने। विल्डेले महिला एसियन कप छनोटको लागि अब तीन साताको समय बाँकी रहेकोले अब शनिबारदेखि नै त्यसमा केन्द्रित भएर काम गर्ने बताएका छन्।
‘शनिबारदेखि नै एसिया कपको तयारीमा लाग्नेछौं। राम्रो नतिजाका लागि म बलियो टोली चाहन्छु। त्यसैले टोलीमा केही परिवर्तन हुन्छ,’ विल्डेले भने। अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहले उनको सम्झौता एक वर्षको रहेको बताएका छन्। ‘हामीले एक वर्षको सम्झौता गरेका छौं र त्यो बिहीबारदेखि लागू भएको छ,’ शाहले भने।
एन्फा प्रशिक्षक छनोट समितिले सर्टलिस्टमा रहेका दुई जनाबाट प्याट्रिक डेको नाम सिफारिस गरिएको हो। प्रशिक्षक छनोट समितिका संयोजक हरि खड्काले अनुभवका आधारमा विल्डेलाई छनोट गरिएको बताए। विल्डेले नेपाल सुपर लिग (एनएसएल) को पछिल्लो सिजनमा काठमाडौं रेजर्सको प्रशिक्षण पनि सम्हालेका थिए।
उनले सोमालिया र रुवान्डाको राष्ट्रिय टोली, चीनको यु–२३ टोली तथा अल्जेरिया र हंगेरीको सहायक प्रशिक्षकका रूपमा काम गरिसकेका छन्। ‘ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर टेक्निटल टिमसँगको छलफलपछि उहाँलाई छनोट गरिएको हो’, खड्काले भने, ‘आर्थिक पाटो पनि हेर्नुपर्छ, कति तिर्न सक्छौं, त्यसकारण सबै आधारहरू हेरी नयाँ प्रशिक्षक नियुक्त गरिएको हो।’
खड्काले २१ जनाको आवेदन परेको बताए। ‘२१ जनाको आवेदन परेको थियो, त्यहाँबाट सर्टलिस्ट गरेर दुई जना भएपछि भर्चुअल इन्टरभ्यु गरेर उहाँलाई छानिएको हो’ उनले भने।
नेपाली महिला टोली अहिले एएफसी एसिया कप छनोटको तयारीमा छ। सोही तयारीकै क्रममा नेपाली महिला टोलीले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेलेर बुधबार मात्र नेपाल आएका छन्। नेपाली टोलीले पहिलो खेल १–० र दोस्रो २–० ले गुमाएको थियो।
एएफसी एसिया कप छनोटमा नेपाल समूह ‘एफ’ मा छ। यो समूहमा नेपालसहित लाओस, उज्बेकिस्तान र श्रीलंका छन्। यस समूहको खेल उज्बेकिस्तानमै हुने तालिका छ। नेपालले जुन २९ मा लाओससँग खेल्दै छनोटको सुरुआत गर्नेछ। नेपालले जुलाई २ मा श्रीलंका र ५ मा घरेलु टोली उज्वेकिस्तानको सामना गर्नेछ। समूहको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलियामा हुने एसिया कप खेल्न पाउनेछ।