चेल्सी वर्ल्ड स्कुल, दीक्षालय र एमिनिटीले तेस्रो निस्ट कपअन्तर्गत बास्केटबलको सिनियर गर्ल्समा बिहीबार जित निकालेका छन्।
लोकन्थलीस्थित भक्तपुर निस्ट स्कुलको कोर्टमा चेल्सीले मल्पी इन्टरनेसनललाई १७–३, दीक्षालयले त्रियोगलाई १४–६ र एमिनिटीले ओम ज्ञान मन्दिरलाई ९–६ ले पराजित गरे। सिनियर ब्वाइजमा गेटवे एकेडेमीले बृहस्पति विद्यापतिलाई ३०–८ तथा जनप्रेमी वल्र्ड स्कुलले तपोभूमिलाई १८–१६ ले हराए।
जुनियर गर्ल्समा जनप्रेमीले गेटवेलाई ११–४, आर्याले मोर्डन स्कुललाई १२–१०, माउन्ट भ्युले मोर्डनलाई २५–१६ र ओम ज्ञान मन्दिरले बाल वाटिकालाई १७–१० ले पाखा लगाए। जुनियर ब्वाइज फुटबलमा गेटवे एकेडेमीले त्रियोगलाई २–०, मल्पीले चेल्सी वर्ल्ड स्कुललाई ४–० र विद्यावाणी पाठशालाले शेमरक निस्टलाई ५–० गोलले पराजित गरे। नेक्सस र आर्याले १–१ गोलको बराबरी खेले।