एन्फा महिला लिग : विभागीय डर्बीमा रोमाञ्चक खेल
१३ माघ २०८१
•
३ मिनेट पाठ
एन्फा महिला लिग : विभागीय डर्बीमा रोमाञ्चक खेल
एन्फा महिला लिगमा विभागीय टोली एपिएफका अधिकांश खेलहरू एकपक्षीय नै हुने गर्दथे। यो टोलीलाई हराउनु वा बराबरीमा रोक्नु विपक्षीलाई प्रायः असम्भव जस्तो लाग्थ्यो। तर, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार सम्पन्न पहिलो क्वालिफायर भने एपिएफका लागि अकल्पनीय रह्यो। यस खेलमा एपिएफले त्रिभुवन आर्मीमाथि २–० को जित हासिल त ग¥यो। तर, यो जित सामान्य होइन, निकै कठिनपूर्ण रह्यो। 




यसअघि एपिएफले यही विपक्षीसँग लिगचरणमा एक र फाइनल राउन्डमा दुईपल्ट खेलिसकेको थियो। ती भेटमा एपिएफ दुईपल्ट २–१ र एकपल्ट ३–१ ले विजयी भएको थियो। यी नतिजामा एपिएफले नै सुरुआती अग्रता लिएको थियो। त्यसैले पुनरागमन गर्न दबाब कति हुन्छ भनेर एपिएफले महसुस गर्न परेको थिएन। तर, चौथो भेटमा भने त्यो खेलको अवस्था फरक रह्यो। एपिएफका मुख्य प्रशिक्षक जीवेशकुमार पाण्डेलाई टचलाइनमा रहँदा पहिलो हारको डर मनभित्र प्रस्ट देखिन्थ्यो। तर, जितपछि भने उनले त्यो डर अनुहार र शब्दमा झल्किन दिएनन्। 

‘यो थ्रिलिङ म्याच रह्यो। टिमले कतिसम्म दबाब थाम्न सक्छ भन्ने अनुभव गर्न पाएको थिएनौं, यो खेलमा अवसर जु¥यो। यो हाम्रो लागि मात्रै होइन सबैका लागि एकदमै रोमाञ्चक रह्यो,’ उनले भने। जितसँगै साबिक विजेता एपिएफले फाइनलमा स्थान सुरक्षित गरेको छ। आर्मीले भने फाइनलमा स्थान बनाउन दोस्रो क्वालिफायरमा नेपाल पुलिस क्लबसँग खेल्नेछ। यो खेल सोमबार यही मैदानमा हुने तय छ। 

रोमाञ्चक खेलको आठौं मिनेटमै एपिएफकी गोलकिपर सावित्री किसनको गल्तिका कारण आर्मीले सुरुआती अग्रता लिएको थियो। मध्यभाग नजिकबाट विमला विकले प्रहार गरेको फ्रिकिक बल सावित्रीले रोक्नुपर्ने हो। फेरि त्यो बल सीधै उनीसामु पुगेको पनि थिएन। बिचमा एक ‘ड्रप’ भएर गति कम भइसकेको थियो। तर, नियमित गोलकिपर तथा राष्ट्रिय टोलीकी कप्तान अञ्जिला तुम्बाप्पो सुब्बाको अनुपस्थितिमा पहिलो रोजाइमै मैदान उत्रिधरहेकी उनीसँग त्यो बल जोगाउने अनुभवको कमी देखियो।

डिफेन्डरलाई बल रोक्ने जिम्मेवारी छाड्दा हिमा चौधरीले त्यसको फाइदा उठाइन् र ‘वान टच’ मै गोलमा परिणत गरिन्। हुन त फुटबल गल्तीको पनि खेल हो। कतिखेर विपक्षीले गल्ती गर्छ र अवसर बनाउँला भनेर टोलीले कुरिरहेका हुन्छन्। सावित्रीको गल्ती आर्मीका लागि फलदायी साबित भयो। योसँगै आर्मी जितनजिक पुगिसकेको थियो। तर, अञ्जिलासँगै राष्ट्रिय टोलीबाट गोलपोष्ट सम्हाल्दै आएकी अञ्जना रानामगरले पनि सावित्रीले जस्तै गल्ती गरिन् र एपिएफले खेलमा फर्कने अवसर पायो।

त्यो पनि खेल सकिन १२ मिनेट बाँकी रहँदा। विमला चौधरीले ब्याकपास दिएको बललाई उनले मध्यभागततर्फ क्लियर गर्नुपर्ने थियो। तर, रश्मिकुमार घिसिङनजिकै आइपुग्दा अञ्जना हेडबडमा देखिइन्। उक्त बल एपिएफकी कप्तान अनिता बस्नेत पोस्टततर्फ नै पठाइदिइन्। सो बललाई विमला विकले हेडर गर्दा रश्मिकै खुट्टामा पुगेको थियो। त्यससँगै रश्मिले एपिएफलाई खेलमा फर्काइन्। रश्मि लिगकी सर्वाधिक गोलकर्ता हुन्। उनले यसपल्ट लिगको अनुभव आर्मीविरुद्धको महत्वपूर्ण खेलमा प्रस्तुत गरिन्। 

८८औं मिनेटमा पनि उनले प्रीति राईसँग तालमेल मिलाउँदै अञ्जनालाई नै बिट गर्दै दोस्रो गोल गरिन्। यससँगै एपिएफले सनसनीपूर्ण जित प्राप्त ग¥यो। लिगमा रश्मिको यो ३५औं गोल हो। एपिएफको यो १८ खेलमध्ये १७औं जित हो। एपिएफले लिगचरणमा पुलिससँग मात्रै गोलरहित बराबरी खेलेको थियो। आर्मीका मुख्य प्रशिक्षक कृष्णसिंह ठगुन्ना यो हारलाई फाइनलअघि निखारिने अवसरका रूपमा लिन्छन्। ‘भगवान्ले हामीलाई निखारिने अवसर दिएका हुन्। बीचको एक खेल खेल्नैपर्ने भयो। हारबाट हामी निराश भएका छैनौं। खेल हा¥यौं, तर मन हारेको छैन,’ उनी भन्छन्।
अर्को समाचार
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
४० मिनेट अघि
•
१ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
जुम्ला। यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।




पहिलोपटक हिमाली जिल्लामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको खेलहुने भएपछि यहाँका स्थानीय तह र सरोकारवाला निकाय तयारी अवस्थामा जुटेकाछन्। खेल सञ्चालनहुने स्थानलाई तयारी अवस्थमा राखिएको छ।

बाहिरीबाट आउने खेलाडिलगायत अतिथिलाई स्वागत गर्नेका लागि जिल्लाको मुख्य प्रवेश विन्दु तिला गाउँपालिकामा गेट निर्माणको जिम्मा सम्बन्धित गाउँपालिकालाई दिइएको जिल्ला खेलकुद विकास समितिका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिए।

पुरुष फुटबलका सेमिफाइनल तथा फाइनल खेल नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डाको खेलमैदान प्रतियोगिता हुने भएको छ। आवश्यक सबै स्रोत साधन उपलब्ध भएको छ। खेल यही १४ देखि २० मंसिरसम्म सञ्चालनहुने छ। प्रतियोगिता अघि आवश्यक मर्मतसम्भार, व्यवस्थापन र तयारीका काम अहिले भइरहेको उनको भनाइ छ।

यसैगरी खेलाडिलाई थप पूर्व तयारी खेल खेल्न चन्दननाथ नगरपालिका–२ स्थित परिमलाचौर फुटबल मैदान सम्याउने, प्याराफिट मर्मत गर्ने र आवश्यक पोल निर्माणका काम सञ्चालन भएका छन्। प्रतियोगितालाई व्यवस्थित र आकर्षक बनाउन थप मर्मतसम्भार तथा सजावटका काम धमाधम भइरहेको समितिले जनाएको छ। रासस
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
यो पनि पढौँ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस