त्रिभुवन आर्मी क्लब जय ट्रफी पुरुष एटिल कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । वीरगञ्जमा मधेश प्रदेशलाई ८ विकेटले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । ३ खेलबाट आर्मीको ५५ अंक रह्यो ।
मधेशले दिएको २८ रनको सामान्य लक्ष्य आर्मीले २ विकेट गुमाएर पूरा गर्यो । त्रितराज दास १३ र सन्तोष कार्की ४ रनमा आउट भए । प्रदीप पासवानले २ विकेट लिए ।
यसअघि फलोअनमा परेको मधेश दोस्रो इनिङ्समा पनि सस्तैमा समेटियो । बिना क्षति २ रनबाट आइतबार दोस्रो दिनको खेल थालेको मधेश दोस्रो इनिङ्समा १५० रनमा अलआउट भयो । मयन यादवले ४९ र क्याप्टेन हरिशंकर साहले २५ रन बनाउनु बाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य हुन सकेन ।
आर्मीका लागि बसिर असहमदले ४, सहाब आलमले ३ र आकाश चन्दले २ विकेट लिए । मधेशले अन्तिम पाँच बलमा ३ विकेट गुमाएपछि आर्मीले सामान्य लक्ष्य पाएको हो ।
पहिलो इनिङ्समा मधेश १०२ रनमा अलआउट भएको थियो । आर्मीले भने पहिलो इनिङ्स ९ विकेटको क्षतिमा २२५ रनमा डिक्लियर गरेको थियो ।
अर्को खेलमा नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ । पुलिस विजयी भए शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्नेछ भने बागमतीको जितले भने फाइनल खेल्ने दोस्रो टोलीको टुंगो रनरेटका आधारमा हुनेछ ।
फाइनल माघ गतेदेखि वीरगञ्जमा हुनेछ ।