लिगको आफ्नो तेस्रो खेलमा आइतबार बागमती प्रदेशलाई ५ विकेटले पराजित गर्दै पुलिस क्लब उपाधि नजिक पुगेको हो । दुईमा बराबरी र एकमा जित निकालेको त्रिभुवन आर्मी पनि फाइनलमा प्रवेश गरेको छ ।
जनकपुरमा आर्मीले दिएको २०४ रनको लक्ष्य पछ्याएको बागमतीले दोस्रो तथा अन्तिम दिनको खेलको समाप्तिमा ५ विकेट गुमाएर ८० रनमात्र बनाउन सकेपछि खेल बराबरीमा सकिएको हो ।
वीरगञ्जमा मधेशलाई १२९ रनमा अलआउट गर्दै आफ्नो पहिलो इनिङ्स थालेको पुलिसले दिनको खेलको समाप्तिमा ३ विकेट गुमाएर १७४ रन बनाएको छ । यो अवस्थामा पुलिस ४५ रनले अघि रहेको छ र उसँग अझै ७ विकेट बाँकी छ ।
जनकपुरमा आर्मीलाई पहिलो इनिङ्समा २७६ रनमा रोक्दै आफ्नो इनिङ्स थालेको बागमतीले दिनको खेलको समाप्तिमा ५ विकेट गुमाए १२४ रनमात्र बनाएको छ । बागमती अझै १५२ रनले पछि छ र ऊसँग ५ विकेटमात्र बाँकी छ ।