राष्ट्रिय क्रिकेट टिमका स्पिनर ललित राजवंशीलाई प्लेटफर्म एजुकेशन फाउन्डेसनले आफ्नो ब्रान्ड एम्बासेडर नियुक्त गरेको छ ।
बुधबार एक कार्यक्रम आयोजना गरी कम्पनीले ललितलाई एम्बासेडर घोषणा गरेको हो। ललित तीन वर्षसम्म प्लेटफर्म एजुकेशन फाउन्डेसनको ब्रान्ड एम्बासेडर रहनेछन् । उनी के कति रकममा ब्रान्ड एम्बासेडरमा नियुक्त भएका हुन् भन्नेबारे भने कम्पनीले केही खुलाएको छैन ।
प्याल्टफर्मका प्रमुख कार्यकारी अधिकृत(सिइओ) सुनिल खतिवडा र ललितले बुधवार सम्झौतामा हस्ताक्षर गरेका हुन् । ललितले अब आफ्नो क्रिकेट ब्याटमा प्याल्टफर्मको स्टिकर प्रयोग गर्नेछन् ।
तीन वर्षसम्म ललितले कम्पनीको प्रचारप्रसार गर्नेछन् । उनले कम्पनीले बनाउने भिडियोमा अभियन गर्नेछन् । साथै उनी देशका विभिन्न स्थानमा कम्पनीले गर्ने कार्यक्रममा पनि सहभागी हुनेछन् ।
आवश्यकताअनुसार उनीसँगको सम्झौता पुनः थपिने कम्पनीका सीईओ खतिवडाले जानकारी दिए ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले स्कटल्यान्डमा भएको त्रिकोणात्मक टी–२० सिरिजमा टोलीले उत्कृष्ट प्रदर्शन गरेको र यसको श्रेय टिमको एकता र बेलायतमा गरिएको तयारीलाई जाने बताएका छन्।
स्कटल्याण्डमा भएको त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेलेर आइतबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पौडेलले स्कटल्यान्डको कठिन परिस्थितिमा पनि टोलीले एकताबद्ध भएर राम्रो क्रिकेट खेलेको बताए।
‘स्कटल्यान्डको कन्डिसन त्यति सजिलो थिएन,’ उनले भने, ‘तर टिमले एउटा युनिटको रूपमा एकदमै राम्रो क्रिकेट खेल्यो। सिरिजअघि १० दिन बेलायतमा गरेको तयारीले पनि हामीलाई निकै मद्दत गर्यो।’
कप्तान पौडेलले नयाँ प्रशिक्षकको आगमनले टोलीमा सकारात्मक वातावरण बनेको उल्लेख गरे।
‘उहाँले एकदमै सकारात्मक र शान्त वातावरण बनाउनुभएको छ,’ उनले भने, ‘उहाँ सीधा कुरा गर्नुहुन्छ र सबै कुरालाई सरल राख्नुहुन्छ। धेरै मिटिङमा विश्वास गर्नुहुन्न, बरु मैदानमा खेलाडीलाई आफैँ निर्णय लिन प्रेरित गर्नुहुन्छ।’
टोलीमा केही खेलाडी घाइते हुँदा नयाँ खेलाडीहरूले राम्रो प्रदर्शन गरेको र त्यसले टोलीको ‘डेप्थ’ परीक्षण गर्न मद्दत पुगेको पौडेलको भनाइ छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...