अफगानिस्तान क्रिकेट लिग: स्टार खेलाडीले खेल्ने अपेक्षा
२९ साउन २०८१
•
२ मिनेट पाठ
अफगानिस्तान क्रिकेट लिग: स्टार खेलाडीले खेल्ने अपेक्षा
अफगानिस्तानको ट्वान्टी–२० क्रिकेट लिगको शीर्ष प्रतियागिता सोमबारदेखि सुरु हुँदा देशका धेरै स्टार खेलाडीले पनि सहभागिता जनाउने अपेक्षा गरिएको छ।




देशको सत्ता शासनमा तालिबान फर्किएपछि पहिलोपल्ट देशका स्टार क्रिकेटर घरेलु क्रिकेटको लिगमा फर्किन लागेका हुन्। अफगानी क्रिकेट बोर्डले पनि अफगानिस्तानका स्टार क्रिकेटरले खेल्ने उल्लेख गरेको छ।

काबुल क्रिकेट स्टेडियममा पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन स्पिन घर टाइगर्स र बन्द ई अमिर ड्रागन्सबीच ठूलो मात्रामा समर्थकबीच प्रतिस्पर्धा तय छ। अफगानिस्तान ट्वान्टी–२० क्रिकेट टोलीका कप्तान एवम् स्टार स्पिनर रसिद खानले डिफेन्डिङ च्याम्पियन स्पिन घर टाइगर्सबाट खेल्ने उल्लेख गरिएको छ। यद्यपि, उनी अहिलेसम्म टोलीमा देखिएका छैनन्।

अफगानिस्तानको राष्ट्रिय टोलीका स्टार खेलाडीमध्ये उनी एक हुन्। तर, अन्य देशका लिगमा खेल्ने प्रतिबद्धताका कारण अहिले उनी टोलीमा नरहेको अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) ले उल्लेख गरेको छ। एसिबीले युके र क्यानडाका लागि रसिदले पहिल्यै खेल्ने सम्झौता गरेकाले तत्काल घरेलु लिगमा समावेश हुन नसकेको उल्लेख गरेको छ। ‘उनीसँगै अन्य खेलाडीले छिट्टै घरेलु लिगमा समेटिनेछन्,’ एसिबीका एक पदाधिकारीले भने। अफगानिस्तानको तालिबानी अधिकारीले पनि ती खेलाडीलाई विशेष सुरक्षा दिने प्रतिबद्धता व्यक्त गरेको थियो। पछिल्लो पटक सन् २०२२ मा लिग भएको थियो।

तालिबान सत्तामा आएपछि भएको पहिलो लिगमा बम बिस्फोट हुँदा दुई समर्थक र अन्य चार जना घाइते भएका थिए। एसिबीका चेयरमेन मिरवेस असरफले घरेलु लिग हुनु सबैभन्दा महŒवपूर्ण पक्ष रहेको उल्लेख गरेका छन्। ‘देशका स्टार र नायकहरूसँग खेल्न हाम्रा युवाका लागि यो सबैभन्दा ठूलो अवसर हो। युवाहरूले सिनियर खेलाडीबाट धेरै कुरा सिक्न पाउनेछन् र कसरी अनुभवी खेलाडी बन्नेबारे पनि उनीहरूले सिक्नेछन्,’ उनले भने। पछिल्लो संस्करण फ्रेन्चाइज फरम्याटबाट लिग सञ्चालन भएको थियो।

यसपटक एसिबीले आफ्नै तरिकाले लिग सञ्चालन गरेको छ। आगामी अगस्ट २५ सम्म तय लिगमा पाँच क्षेत्रले प्रतिस्पर्धा गर्दै छन्। अफगानिस्तानमा क्रिकेट धेरै लोकप्रिय छ।
अर्को समाचार
पन्ज्युनयाँ क्रिकेट लिगको तयारी तीव्र
२२ असोज २०८१
•
२ मिनेट पाठ
पन्ज्युनयाँ क्रिकेट लिगको तयारी तीव्र
दोगडाकेदार गाउँपालिका–६ पन्ज्युनयाँमा सञ्चालन हुने तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगको तयारी तीव्र पारिएको छ। दोगडाकेदार गाउँपालिकाको प्रायोजन तथा शुशितम युवा क्लबको आयोजनामा हुने प्रतियोगिता यही असोज २८ गतेदेखि सुरु हुँदैछ।  




प्रतियोगिता मिति नजिकिएसँगै तयारी तीव्र पारिएको आयोजक शुशितम युवा क्लबका सचिव जगदीशसिंह कार्कीले जानकारी दिए। वडा नं ६ स्थित पन्ज्युनयाँ खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताका लागि मैदान व्यवस्थित,खेलाडी टोली दर्तालगायतको काम जारी रहेको छ।

प्रतियोगिताका लागि खेल टोली दर्ता खुल्ला गरिएको र सहभागी हुन चाहने टोलीले असोज २५ गतेसम्म नाम दर्ता गराइसक्नुपर्ने शुशितम युवा क्लबका सदस्य अशोक कार्कीले जानकारी दिए ।  खेलाडी टोली दर्ता शुल्क १२ हजार ५०० राखिएको छ।

प्रतियोगिताको विजेता टोलीले एक लाख ५५ हजार ५५५ ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजक शुशितम युवा क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताए। यस्तै, उपविजेता टोलीले ५५ हजार ५५५  ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार दिइनेछ।

यसका साथै सेमिफाइनलबाट बाहिरिने टोलीलाई सान्त्वनास्वरूप रु १०÷१० हजार, सर्वोत्कृष्ट खेलाडीले ११ हजार १११, सर्वोत्कृष्ट ब्याटर र बलरले समान रु सात हजार ७७७, उदीयमान खेलाडीलाई तीन हजार ३३३ र प्रत्येक खेलका उत्कृष्ट खेलाडीले  एक हजार १११ पुरस्कार  पाउने जनाइएको छ।

प्रतियोगितामा जिल्लाभित्र र बाहिरका टोली पनि सहभागी हुन पाउनेछन्। सहभागी हुने टोलीले चारजना विदेशी खेलाडी राख्न पाउने जनाइएको छ।खेल टेनस बलले खेलाइने र एलबिडब्लू आउट लागू नहुने आयोजकले जनाएको छ।

प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए।यसअघि सम्पन्न पहिलो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगको उपाधि दोगडास्टार क्लब र दोस्रो आयोजक शुशितम युवा क्लबले जितेको थियो। राष्ट्रिय समाचार समिति (रासस)
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस