नेपाली क्रिकेट टीमले त्रिकोणात्मक शृंखलाको तयारी भारतमा गर्ने
२२ साउन २०८१
•
३ मिनेट पाठ
नेपाली क्रिकेट टीमले त्रिकोणात्मक शृंखलाको तयारी भारतमा गर्ने
नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतमा प्रशिक्षण गर्ने भएको छ। सन् २०२७ को एकदिवसीय विश्वकप क्रिकेटको छनोट रोडम्यापका रूपमा लिइएको लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा हुने त्रिकोणात्मक शृंखलाको तयारी नेपालले भारतमा गर्न लागेको हो।




नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार घरेलु टोली क्यानडासँगै नेपाल र ओमानबीच हुने शृंखलाका लागि २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइसकेको छ। 

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार टोलीले भारतमा कहाँ प्रशिक्षण गर्ने भन्ने अझैं टुंगो लागेको छैन। ‘हामीले भारतमा प्रशिक्षण गर्ने पक्का भइसकेको छ। तर, कहाँ गर्ने भन्ने अझै टुंगो लागेको छैन। यसबारे छलफलमै छौं। एक हप्ताभित्र टुंगो लगाउनेछौं,’ उनले भने। यसअघि नेपालले एसिसी मेन्स प्रिमियर कपको तयारी गुजरातको वापीमा गरेको थियो। त्यतिखेर गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसिएसनसँग नेपालले एसएमएस फ्रेन्डसिप कप ट्वान्टी–२० प्रतियोगिता पनि खेलेको थियो।

सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टोलीले फिटनेस प्रशिक्षण सुरु गरेको छ। टोलीले एक हप्ता नेपालमै फिटनेस प्रशिक्षण गर्ने लामाले बताए। त्यसपछि भने टोली भारत प्रस्थान गर्नेछ। ‘फिजियोलगायत तीन जनाले सोमबारदेखि नै फिटनेस प्रशिक्षण सुरु गरिसक्नुभएको छ। बन्द प्रशिक्षणमा बोलाइएका २२ मध्ये १६ खेलाडी प्रशिक्षणमा सहभागी छन्,’ उनले भने। उनका अनुसार तीव्र गतिका बलर सोमपाल कामी, करण केसी र अलराउन्डर गुल्सनकुमार झा भारतमै प्रशिक्षण गरिरहेका छन्। उनीहरू व्यक्तिगत खर्चमा प्रशिक्षण गर्न भारत पुगेका हुन्। त्यसैले उनीहरू उतैबाट टोलीमा समावेश हुने लामाले जानकारी दिए।

कप्तान रोहितकुमार पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेले क्यानडामा ग्लोबल ट्वान्टी– २० क्रिकेट लिग खेलिरहेका छन्। रोहित टोरन्टो नेसनल्समा आबद्ध छन्। दीपेन्द्र र सन्दीप भने भ्यानकुभर नाइट्समा छन्। लिग–२ शृंखला क्यानडामै हुने भएकाले यी तीन खेलाडीले उतैबाट टोलीमा समावेश हुने सम्भावना रहेको लामाले बताए। ‘तीन जना उतै छन्। शृंखला पनि क्यानडामै हुने भएको कारण सम्भवतः उनीहरू उतैबाट टोलीमा जोइन गर्नेछन्,’ उनले भने। ग्लोबल ट्वान्टी– २० क्रिकेट लिग अगस्ट २४ सम्म चल्नेछ। भ्यानकुभर नाइट्स लिग चरणबाटै बाहिरिसकेको छ। टोरन्टो भने प्लेअफमा पुगिसकेको छ। यता, मुख्य प्रशिक्षक मोन्टी देसाईं भने आइसिसी ट्वान्टी–२० विश्वकप सकिएसँगै बिदामा बसेका छन्। समूहचरणको दुई खेल खेल्न नेपाली टोली वेस्ट इन्डिज पुगेको थियो। उक्त खेल सकिएसँगै उनी अमेरिका बस्दै आएका छन्। उनी सीधै भारतमा हुने क्याम्पमा सहभागी हुने लामाले बताए।

‘अहिले हामीले फिटनेस प्रशिक्षण गरिरहेकाले मुख्य प्रशिक्षक चाहिँदैन। भारतमा भने चाहिने भएका कारण उहाँ उतै आउनुहुन्छ,’ उनले भने। क्यानले बोलाएको खेलाडीको सूचीमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजित आइसिसी ट्वान्टी–२० विश्वकपमा सहभागी भएका बलरद्वय प्रतीश जिसी र अविनाश बोहरा भने अटाउन सकेनन्। देव खनाल, आरिफ शेख, भीम सार्की, सूर्य तामाङ, रिजन ढकाल, बसिर अहमद, आकाश चन्द र अर्जुन साउद बन्द प्रशिक्षणमा पर्न सफल भएका छन्। सूर्यबाहेक अन्य खेलाडी नेपाल ‘ए’ टोलीमा थिए। त्यहाँ गरेको उच्च प्रदर्शनका आधारमा उनीहरूलाई सिनियर टोलीको बन्द प्रशिक्षणमा बोलाइएको हो। उनीहरूले विनोद भण्डारीको कप्तानीमा आयरल्यान्ड उल्भ्ससँग ट्वान्टी–२० र एकदवसीय शृंखला खेलेका थिए। यस्तै, क्यानडा–११ सँग पनि तीन खेलको एकदिवसीय शृंखला खेलेका थिए । नेपालले लिग–२ को दोस्रो शृंखला खेल्न लागेको हो। 
अर्को समाचार
विश्वकप खेल्ने नेपाली युवा टोलीको बिदाई (तस्बिरहरु)
२६ पौष २०८१
•
१ मिनेट पाठ
विश्वकप खेल्ने नेपाली युवा टोलीको बिदाई (तस्बिरहरु)
मलेसियामा अर्को साता सुरु हुने आइसिसी यू-१९ महिला विश्वकप खेल्ने नेपाली टोलीलाई बिदाई गरिएको छ ।




नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार एक विशेष समारोहको आयोजना गरी उनीहरुको बिदाई गरेको हो ।  बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, क्यानका पदाधिकारीसहितको उपस्थिति थियो ।

स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस