आइसिसी विश्वकप २०२३ मा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले पराजित गरेको छ।
एकदिवसीय विश्वकप क्रिकेट-२०२३ मा यो अष्ट्रेलियाको पहिलो जित हो। यसअघिका दुई खेलमा अस्ट्रेलिया लगातार पराजित रहेको थियो।
सोमबार लखनऊमा भएको खेलमा अस्ट्रेलियाले श्रीलंकालाई पाँच विकेटले पराजित गर्दै पहिलो जित हासिल गरेको हो।
जितको लागि २ सय १० रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया ३५.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। ग्लेन म्याक्सवेल २१ बलमा ४ चौका र २ छक्कासहित ३१ रनमा नट आउट रहे।
मार्कस स्टोइनिस १० बलमा २ चौका र १ छक्कासहित २० रनमा नट आउट रहे। अष्ट्रेलियाको जितमा जोश इंग्लिसले ५९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५८ रन बनाए। मिचेल मार्श ५१ बलमा ९ चौका ५२ रनमा आउट भए। चौथो ओभरको पहिलो बलमा ओपनर डेविड वार्नर ११ रनमा एलबीडब्लू आउट भए। मार्नस लाबुसेन ६० बलमा २ चौकासहित ४० रनमा आउट भए।
टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका ४३.३ ओभरमा २ सय ९ रनमा अल आउट भयो। श्रीलंकाले सबै विकेट गुमाएर २ सय ९ रन मात्र बनायो। श्रीलंकाको भने यो लगातार तेस्रो हार हो। श्रीलंकाले शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ।
अष्ट्रेलियाले शुक्रबार पाकिस्तानसँग खेल्नेछ।