स्पेनलाई विश्वकप उपाधि
०४ भदौ २०८०
•
३ मिनेट पाठ
स्पेनलाई विश्वकप उपाधि
खेलाडीद्वारा विद्रोह घटना एक वर्ष पनि नपुग्दै स्पेन पहिलोपटक महिला विश्वकप फुटबलको च्याम्पियन बन्दा इङ्ल्यान्ड १–० ले स्तब्ध भएको छ।




७५ हजार सात सय ८४ दर्शकको साथ पाएको स्टेडियम अस्ट्रेलियामा आइतबार भएको फाइनल खेलमा ओल्गा कार्मोनाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बनेपछि स्पेन विश्वकप च्याम्पियन भएको हो। यो विजयसँगै ला रोजा (स्पेनको उपनाम) ले फुटबलमा एकै वर्ष तीन विश्वकपको उपाधि भित्रायो। एक वर्षमा फिफा यु–१७ महिला, फिफा यु–२० महिला र सिनियर महिला टोलीको विश्वकप उपाधि उचाल्ने स्पेन पहिलो राष्ट्र बन्यो। नवौं संस्करणसम्म आइपुग्दा महिला विश्वकप जित्ने पाँचौं राष्ट्र हो स्पेन। यसअघि अमेरिकाले चार पटक, जर्मनीले दुई पटक तथा नर्वे र जापानले समान एकएकपटक महिला विश्वकप उपाधि उचालेका छन्। जर्मनीसँगै पुरुष र महिलाको विश्वकप जित्ने स्पेन दोस्रो राष्ट्र पनि बनेको छ।

खेल सकिएको जनाउमा अन्तिम सिठी बजेपछि स्पेनिस खेलाडीले एकै ठाउँमा भेला हुँदै उत्सव मनाएका छन्। ट्रफी हस्तान्तरण नभएसम्म उनीहरू नाचगानमा व्यस्त रहे। उनीहरूले ट्रफी उचालेर आफूलाई गोल्डेन पुस्ताको रूपमा साबित गराए। खेलाडीको विद्रोहपछि स्पेनले बनाएको नयाँ टोलीले उपाधि उचालेको हो।  

इङ्ल्यान्ड सन् १९६६ पछि महिला विश्वकप जित्ने सपनानजिक पुगेर पनि सफल हुन सकेन। फुटबलकै जन्मदाता राष्ट्र इङ्ल्यान्डले ५७ वर्षअघि पुरुष विश्व कपको उपाधि जितेयता त्यो सफलता दोहो¥याउन सकेको छैन। सफलता पाउन इङ्ल्यान्डले अभैm प्रतीक्षा गर्नुपर्ने छ। ‘उनीहरू राम्रा टोली हुन्। हामीले पहिलो हाफमा राम्रो गर्न सकेनौं। दोस्रो हाफमा राम्रो गरेका थियौं,’ इङ्ल्यान्डकी कप्तान मिली ब्राइटले भनिन्, ‘तर फिनिसमा चुक्यौं। फुटबलमा यो कठिन पक्ष हो। यो हारले फेरि इङ्ल्यान्डको फुटबलमा निरासा छाएको छ।’ खेल निकै आक्रामक थियो, सुरु भउको २९औं मिनेटमै कार्मोनाले गोल गर्दै स्पेनलाई अग्रता दिलाइन्। जुन गोल स्पेनलाई इतिहास रच्न पर्याप्त भयो। सेमिफाइनलमा स्पेनले स्विडेनविरुद्ध पनि अन्तिम समयमा २–१ को जित निकाल्दा कार्मोनाकै गोल निर्णायक साबित भएको थियो।  

योसँगै उनी सन् २०१५ को विश्वकपमा कार्ली लिओडपछि सेमिफाइनल र फाइनल दुवैमा गोल गर्ने पहिलो खेलाडी बनिन्। स्पेनले ६८औं मिनेटमा अग्रता दोब्बर बनाउन पाउँदा जेन्नी हर्मोसो असफल भइन्। उनको प्रहारलाई इङ्ल्यान्डकी गोलकिपर म्यारी इप्र्सले उत्कृष्ट तरिकाले रोकिन्।

गत सेप्टेम्बरमा स्पेनका १५ खेलाडीले थप व्यावसायिक वातावरण सिर्जना गर्न फुटबल फेडेरेसन समक्ष माग राख्दै प्रशिक्षकको शैलीप्रति पनि प्रश्न उठाए। फेडेरेसनले उनीहरूलाई मानसिक समस्या भएको भन्दै टोलीबाट हटायो।  

तिनै खेलाडीमध्ये ओना ब्याटल, ऐटाना बोनमटी र मारिओना काल्डेन्ट विश्वकप टोलीमा पुनरागमनको अवसर पाए। आरोप लागेकै प्रशिक्षक जर्ज भिल्डाले नै स्पेनलाई विश्व च्याम्पियन बनाए। गत वर्ष युरोपियन च्याम्पियन बनेको इङ्ल्यान्ड महिला विश्वकप च्याम्पियन बन्न असफल रह्यो। इङ्ल्यान्डकी सेरिना विगमेन लगातार दुईवटा विश्वकपमा देशलाई फाइनलसम्म पु¥याउने पहिलो प्रशिक्षक बने पनि दुवैपटक उपाधि उचाल्न असफल भइन्। सन् २०१९ मा उनकै प्रशिक्षणमा नेदरल्यान्ड्स फाइनलमा पुगे पनि अमेरिकासँग पराजित भएको थियो। यसपटक पनि डच प्रशिक्षकको सपनामा स्पेन बाधक बन्यो।
अर्को समाचार
महिला विश्वकपको उपाधि स्पेनलाई
०३ भदौ २०८०
•
१ मिनेट पाठ
महिला विश्वकपको उपाधि स्पेनलाई
स्पेनले फिफा महिला विश्वकप फुटबल २०२३ को उपाधि जितेको छ।




अष्ट्रेलियाको सिड्नीमा भएको आइतबार भएको फाइनल खेलमा इंग्ल्यान्डलाई १-० गोलअन्तरले हराउँदै स्पेनले पहिलोपटक विश्वकपको उपाधि उचालेको हो। स्पेनको जितमा एक मात्र निर्णायक गोल ओल्गा कार्मोनाले गरिन्।

खेलको २९ औं मिनेटमा गोल गर्दै कार्मोनाले स्पेनलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। त्यसपछि दोस्रो हाफमा दोब्बर बनाउने अवसर पाए पनि स्पेन चुक्यो। ६६औं मिनेटमा स्पेनले पेनाल्टीमा गोल गर्न सकेन। त्यसपछि गोल हुन नसक्दा स्पेन विश्व च्याम्पियन बन्यो।

सेमिफाइनलमा स्वीडेनलाई २–१ ले पराजित गर्दै महिला विश्वकपको इतिहासमा पहिलोपटक फाइनलमा पुगेको स्पेनले उपाधि पनि आफ्नो पोल्टामा पारेको हो।

सुरुआती ६ संस्करणमा सहभागीता नजनाएको स्पेन सातौं संस्करणमा समूह चरणबाट तथा गत संस्करणमा प्रि-क्वाटरफाइनलबाट बाहिरिएको थियो। तर, खेल अवधिभर मैदानमा तुलनात्मक रुपमा कमजोर रहेको इंग्ल्यान्डले पाएको अवसर पनि गोलमा सदुपयोग गर्न सकेन।

अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रुपमा आयोजना गरेको यो महिला विश्व कपमा ३२ टोली सहभागी थिए। शनिबार तेस्रो स्थानका लागि भएको खेलमा आयोजक अस्ट्रेलियालाई २–० गोलले हराउँदै स्वीडेन तेस्रो भएको छ।
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस