महिला विश्वकप फुटबलमा स्विडेन तेस्रो हुन सफल भएको छ। आज सह–आयोजक अष्ट्रेलियालाई २–० गोल अन्तरले हराउँदै स्विडेनले विश्वकपमा तेस्रो स्थान हासिल गर्न सफल भएको हो।
इङ्ल्याण्ड महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ।सिड्नीमा बुधवार भएको दोश्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डले सह–आयोजक अष्ट्रेलियालाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।