नेपाल पुलिस क्लबका महिला र पुरुष दुवै टोली सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब भलिबल लिगको फाइनलमा पुगेका छन्।
नेपाल भलिबल संघको आयोजनामा जारी लिगमा पुरुषतर्पm पुलिसले शुक्रबार विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपिएफ क्लबमाथि ३–० को सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको हो। पुलिसको महिला टोली भने दुई दिनअगाडि नै फाइनलमा पुगिसकेको थियो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा पुलिसको महिला टोलीले लिगको अन्तिम खेलमा शुक्रबार न्यु डायमन्ड क्लबमाथि ३–० को सोझो सेटमा हरायो। यो नतिजासहित पुलिस अपराजित रहँदै फाइनलको यात्रा तय गर्न सफल भयो।
पुलिसले न्यु डायमन्डमाथि २५–२०, २५–१४, २५–१७ को नतिजा निकाल्यो। पुलिसको जितमा पुनम चन्द प्लेयर अफ दी म्याच चयन भइन्। बिहीबार एपिएफसँग पराजित न्यु डायमन्डले फाइनलमा पुग्नका लागि पुलिसलाई ३–० को सोझो सेटमा हराउनुपर्दथ्यो। यद्यपि, पुलिसविरुद्ध हार बेहोरेसँगै न्यु डायमन्डको यात्रा लिगमा नै समाप्त भयो र यो नतिजाले एपिएफ फाइनलमा प्रवेश ग¥यो। यो जितसँगै पुलिसले लिगमा आफ्ना पाँचै खेलमा जितसहित १५ अंकका साथ पहिलो स्थान प्राप्त ग¥यो।
एपिएफ भने लिगमा ११ अंकसहित दोस्रो स्थानमा रहँदै फाइनलको यात्रा तय गर्न सफल भएको हो। अब पुलिसले उपाधिका लागि शनिबार एपिएफको सामना गर्नेछ। शुक्रबार नै सम्पन्न महिलाको दोस्रो खेलमा आर्मीले गण्डकी प्रदेशमाथि २५–१८, २५–१२, २५–१५ को जित हात पा¥यो। आर्मीको ८ अंक भएको छ। पुरुषतर्पm भने लिगमा शीर्ष दुई स्थानमा रहेका टोली टिपटप हेल्प नेपाल र पुलिसबीच उपाधिका लागि शनिबार नै प्रतिस्पर्धा हुनेछ।
फाइनल पुग्न जित्नै पर्ने खेलमा पुलिसले एपिएफलाई र हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई हराएका थिए। लिगको अन्तिम खेलअगाडि यी चारै टोलीको फाइनल पुग्ने सम्भावना थियो। पुलिसको पुरुष टोलीले एपिएफलाई २५–२२, २५–१३ र २५–१५ ले हराउँदै फाइनल यात्रा तय गरेको हो। हेल्प नेपालले भने आर्मीलाई २९–२७, २१–२५, २५–२२ र ३९–३७ ले हरायो। सात टोली सहभागी लिगमा हेल्प नेपालले १६ र पुलिसले १५ अंक बटुले।
लिगमा पुलिसले एक खेल हार्यो भने हेल्प नेपाल अपराजित रह्यो। पुरुषतर्फ नै शुक्रबार भएका अन्य खेलमा गण्डकी प्रदेश भलिबल क्लबले दावाँली मिलन क्लबमाथि सोझो सेटमा जित निकाल्यो। गण्डकीले दावाँलीलाई २५–२१, २५–१५, २५–१६ ले हरायो। यो जितसँगै गण्डकीले लिगमा ६ अंक बटुल्दै प्रतियोगिताको यात्रा टुङ्ग्यायो।