प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ। बुधवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा लाओसलाई २–० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो।
यो खेल प्रत्यक्ष हेर्न काठमाडौको दशरथ रंगशालामा ५ हजार १ सय ७० जना पुगेका थिए । नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भएको यो खेल हेर्न रंगशालामा पुगेका दर्शकले साधारण प्याराफीटमा ५ सय तथा भिआईपी प्याराफीटमा एक हजार रुपैया तिरेका थिए।प्रत्यक्ष रुपमा खेल हेर्न पुगेका अघिकांश दर्शकले जति रकम बुझाए पनि सामान्य शौचालय समेत सरसफाई नगेरको गुनासो व्यक्त गरे।
धादिङ घर भएका सुरेश श्रेष्ठ जस्ले ५ सय रुपैयाँको टिकट खरिद गरि नेपाल र लाओसको खेल हेरे। तर उनले टिकट अनुसारको सेवा सुविधा नपाएको सुनाए।उनले भने, ‘टिकटको मूल्य ५ सय रुपैया राख्ने तर शौचालय सफा नराखे यस्तो नि हुन्छ। यो त भएन मूल्य अनुसारको सेवा सुविधा त दिनु पर्यो नि ५०० रुपैयाँ तिरेको छु तर शौचालय सफा छैन्।टिकट मूल्य ३ सय रुपैयाँ राखेको भए दर्शक संख्या बढेर खेलाडीलाई हौसला मिल्थ्यो, उनले थपे ।
सुदर्शन जिसी जसलाई फुटबल असाध्यै मन पर्दछ।बुटवल स्थायी घर भएका उनी हरेक जस्तो अन्तर्राष्ट्रिय खेल हेर्न दशरथ रंगशाला आउने गर्छन्। तर दशरथ रंगशालाको सेवा सुविधा भने सुधारिएको पाएका छैनन्।उनले भने, ‘एउटा खेल हेरेको ५ सय बढी नै भएको हो। ३ सय रुपैयाँ तोकेको भए खेल हर्ने दर्शकको भिड पनि हुने थियो।
’रंगशालाको प्याराफीटमा राखिएको दर्शक बस्ने सिट पनि सफा नभएकाले दर्शक आक्रोश बनेका थिए । कतिले लुगा फोहर हुने डरले पुरा खेल समय नै उभिएर खेल हेरे।
यस्तै गोरखा घर भएका रमेश कार्कीले नवयुगको दोस्रो गोल पछि ५ सय रुपैयाँ तिरेको पनि असुल भएको बताए। यस्तै गोल गर्ने हो भने अर्को खेल पनि सजिलै जित्न सक्ने बताए। उनले भने, ‘टिकट काटेपछि सिटमा बस्न पाइन्छ। तर यहाँको सिट हेर्दा बस्न लायकको नै छैन्। चराले दिसा गरेको छ। मान्छे हिँडेको पाइला सफा पनि गरेको छैन् यस्तो नि हुन्छ। पैसा तिरे पछि सफा त हुनु पर्यो नि।’
रकम महंगो भएर टिकट काटेर भित्र पस्न नसकेका दर्शक रंगशाला बाहिर पर्खाल र रुखमा बसेर फुटबल हेरिरहेका थिए। आजको खेलमा झन्डै २०० जना सुरक्षा कर्मी खटिएका थिए।
नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले एक एक गोल गरेका थिए।खेलको ३० औं मिनेटमा अनन्तले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए। अनन्तको यो नेपालका लागि तेस्रो गोल हो। त्यसपछि खेलको ५६ औं मिनेटमा नवयुगले गोल गर्दै नेपाललाई २–० को जित दिलाए। नेपालका लागि उनको यो आठौँ गोल हो। खेलमा नेपालका अनन्त म्यान अफ दि म्याच चुनिए।
जितसँगै नेपालले पहिलो खेलमा ३ अंक जोडेको छ। र, नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ। अब लाओसले चैत ११ गते भुटानसँग खेल्नेछ। त्यस्तै चैत १४ गते नेपालले भुटानसँग खेल्नेछ। सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन्।
जुम्ला। यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
पहिलोपटक हिमाली जिल्लामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको खेलहुने भएपछि यहाँका स्थानीय तह र सरोकारवाला निकाय तयारी अवस्थामा जुटेकाछन्। खेल सञ्चालनहुने स्थानलाई तयारी अवस्थमा राखिएको छ।
बाहिरीबाट आउने खेलाडिलगायत अतिथिलाई स्वागत गर्नेका लागि जिल्लाको मुख्य प्रवेश विन्दु तिला गाउँपालिकामा गेट निर्माणको जिम्मा सम्बन्धित गाउँपालिकालाई दिइएको जिल्ला खेलकुद विकास समितिका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिए।
पुरुष फुटबलका सेमिफाइनल तथा फाइनल खेल नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डाको खेलमैदान प्रतियोगिता हुने भएको छ। आवश्यक सबै स्रोत साधन उपलब्ध भएको छ। खेल यही १४ देखि २० मंसिरसम्म सञ्चालनहुने छ। प्रतियोगिता अघि आवश्यक मर्मतसम्भार, व्यवस्थापन र तयारीका काम अहिले भइरहेको उनको भनाइ छ।
यसैगरी खेलाडिलाई थप पूर्व तयारी खेल खेल्न चन्दननाथ नगरपालिका–२ स्थित परिमलाचौर फुटबल मैदान सम्याउने, प्याराफिट मर्मत गर्ने र आवश्यक पोल निर्माणका काम सञ्चालन भएका छन्। प्रतियोगितालाई व्यवस्थित र आकर्षक बनाउन थप मर्मतसम्भार तथा सजावटका काम धमाधम भइरहेको समितिले जनाएको छ। रासस
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...