एक दिवसीय क्रिकेटमा नेपाल १५ औं स्थानमा उक्लीएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान सुधार गर्दै १५ औं स्थानमा उक्लिएको छ। नेपालओमानलाई पछि पार्दै एक स्थान माथि उक्लिएको हो। नेपालले ४० खेलबाट १२३८ अंक पाएको छ। रेटिङमा नेपालले ३१ अंक पाएको छ। ओमानले ३० खेलबाट ९१९ अंक पाउँदा रेटिङमामा नेपालकै जति ३१ अंक पाएको छ।
आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखलामा एक महिनामा नेपालले १२ खेलमा ११ खेल जितेपछि १९ औं स्थानबाट १७ औं, १६ औं हुँदै १५ औं स्थानमा उक्लीएको हो।
नेपाल भन्दापछि ओमान १६ औं, नामिबिया १७ औं, अमेरिका १८ औं, युएई १९ औं र पपुवा न्युगिनी २० औं स्थानमा छन्। नेपाल भन्दा अघि नेदरल्यान्ड्स १४ औं, जिम्बावे १३ औं र स्कटल्यान्ड १२ औं स्थानमा छन्।
भारत पहिलो ,अष्टेलिया दोस्रो, न्युजिल्यान्ड तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छ। त्यस्तै पाकिस्तान पाँचौं, दक्षिण अफ्रिका छैटौं, बंगलादेश सातौं, श्रीलंका आठौं, वेस्टइन्डिज नवौं, अफगानिस्तान दशौं र आयरल्यान्ड ११ औं स्थानमा छन्।