‘रोहित इतिहासकै सर्वाधिक सफल कप्तान’
०३ चैत्र २०७९
•
३ मिनेट पाठ
‘रोहित इतिहासकै सर्वाधिक सफल कप्तान’
कप्तान रोहित पौडेल
‘रोहित पौडेल नेपाली क्रिकेट इतिहासकै सर्वाधिक सफल कप्तान बन्नेछन्।’ बिहीबार आइसिसी विश्वकप क्रिकेट लिग–‘टु’ अन्तर्गत त्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा युएईमाथि डकवर्थ लेविस पद्धति (डिएलएस) मा ९ रनको जितसहित नेपालले पहिलो पटक एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल छनोटमा स्थान बनाएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले रोहितको कप्तानीको प्रशंसामा खर्चिएका शब्द हुन् यी।




युएईले प्रस्तुत गरेको ३ सय ११ रनको लक्ष्य पछ्याएको नेपाल ४४ ओभरमा २६६–६ को स्थितिमा खेलिरहेको थियो। खराब प्रकाशका कारण खेल रोकिएसँगै नेपाल डिएलएस पद्धतिमा ९ रनको जित निकाल्न सफल भयो।

सेप्टेम्बरमा राष्ट्रिय क्रिकेट टोलीको कप्तानको जिम्मेवारी पाएका रोहितको कप्तानीमा नेपालले अमेरिका र स्कटल्यान्ड भ्रमण सुखद पार्न सकेन। अमेरिका र स्कटल्यान्ड भ्रमणमा गरेको खराब नतिजाले नेपालको विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने सम्भावना निकै पर पुर्‍याइदिएको थियो। लगातारको खराब प्रदर्शन र टोलीमा देखिएको मनमुटावका कारण टोलीको एकदिवसीय मान्यता समेत संकटमा परेको थियो। नेपालले २०१८ मार्च १५ मा एकदिवसीय मान्यता पाएको थियो। स्कटल्यान्ड ५० र ओमान ४४ अंक ल्याउँदै यसअघि नै छनौट भैसकेको थियो।

रोहितकै कप्तानीमा नेपालले घरेलु मैदानमा नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक शृंखलामा चारमा चार खेल जित्दै एकदिवसीय मान्यता जोगाउने र शीर्ष तीनमा बस्दै विश्वकप छनोट खेल्ने सम्भावना ब्युँताएको थियो। घरेलु मैदानमा सम्पन्न शृंखलामा निकालेको सफलताले हौसिएको नेपालले युएई भ्रमणमा पनि सुखद नतिजा ल्यायो। पपुवा न्युगिनीलाई दुवै खेलमा हराएको नेपालले घरेलु टोली युएईसँग भने एक खेलमा जित निकाल्यो भने अर्को खेलमा पराजित भयो। नेपाललाई विश्वकप छनोटमा स्थान बनाउन घरेलु मैदानमा पपुवा न्युगिनी र युएई सम्मिलित त्रिकोणात्मक शृंखलामा चारमा चारै खेल जित्न पर्ने थियो। नतिजा पनि त्यस्तै आयो, नेपालले चारमा चार खेल जित्यो र ४० अंक जोड्दै तेस्रो स्थानमा रहेर जिम्बाब्वेमा २०२४ को जुन–जुलाईमा हुने ग्लोबल छनोटमा स्थान पक्का गर्‍यो। जसको कुशल नेतृत्व रोहितले गरे।

‘रोहित युवा कप्तान हुन र उनीमा धैर्य गर्ने तथा सहजै सिक्ने क्षमता छ,’ देसाईले भने, ‘रोहितले अझ लामो यात्रा तय गर्नु छ र उनी नेपाली क्रिकेट इतिहासकै सर्वाधिक सफल कप्तान बन्नेमा शंका छैन।’ ‘मैले पहिले पनि भन्दै आएको छु,’ देसाईले भने, ‘टोलीमा सबैले आआफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्दा नै आज हामीले यो सफलता निकाल्न सफल भयौं। उनीहरूले निकै मिहिनेत गरे। टोलीको सबैभन्दा बलियो पक्ष भनेको खेलाडीहरूले जस्तोसुकै स्थितिमा पनि जित्न सकिन्छ भन्ने विश्वास गुम्न दिएनन्। आज युएईले आफ्नो स्वाभाविक प्रदर्शन गर्‍यो। जसले हामीमाथि दबाबसमेत परेको थियो। हामीले सुरुआती चरणमै महत्वपूर्ण विकेट गुमायाै। कप्तान रोहित पनि सस्तोमा पबेलियन फर्किए। तर रोहितले ड्रेसिङ रुममा टोलीको जितका लागि सक्षम छ भन्दै टोलीको मनोबल उच्च बनाइरहे।’  

रोहितले युएईले दबाबमा राखे पनि आफूहरूले धैर्यता नगुमाउँदा जित सम्भव भएको बताए। ‘युएईले एकदमै राम्रो खेल्यो,’ रोहितले भने, ‘हामीले पनि दबाबमा राम्रो ब्याटिङ गर्‍यौं। विशेष गरी गुल्सन झा र आरिफ शेखले कठिन समयमा गरेको साझेदारी महत्वपूर्ण रह्यो। शीर्षक्रमका ब्याटर सस्तोमा पवेलियन फर्किए पनि हामीले हिम्मत हारेका थिएनौं। त्यो नै टोलीको सफलताको सूत्र हो। दर्शकको उपस्थितिले पनि हाम्रो मनोबल बढेको हो। म उहाँहरूलाई धन्यवाद दिन चाहन्छु। ग्लोबल क्वालिफायरमा हामीले राम्रो प्रदर्शन गर्नेमा म आशावादी छु।’  
अर्को समाचार
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
१ घण्टा अघि
•
१ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
जुम्ला। यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।




पहिलोपटक हिमाली जिल्लामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको खेलहुने भएपछि यहाँका स्थानीय तह र सरोकारवाला निकाय तयारी अवस्थामा जुटेकाछन्। खेल सञ्चालनहुने स्थानलाई तयारी अवस्थमा राखिएको छ।

बाहिरीबाट आउने खेलाडिलगायत अतिथिलाई स्वागत गर्नेका लागि जिल्लाको मुख्य प्रवेश विन्दु तिला गाउँपालिकामा गेट निर्माणको जिम्मा सम्बन्धित गाउँपालिकालाई दिइएको जिल्ला खेलकुद विकास समितिका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिए।

पुरुष फुटबलका सेमिफाइनल तथा फाइनल खेल नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डाको खेलमैदान प्रतियोगिता हुने भएको छ। आवश्यक सबै स्रोत साधन उपलब्ध भएको छ। खेल यही १४ देखि २० मंसिरसम्म सञ्चालनहुने छ। प्रतियोगिता अघि आवश्यक मर्मतसम्भार, व्यवस्थापन र तयारीका काम अहिले भइरहेको उनको भनाइ छ।

यसैगरी खेलाडिलाई थप पूर्व तयारी खेल खेल्न चन्दननाथ नगरपालिका–२ स्थित परिमलाचौर फुटबल मैदान सम्याउने, प्याराफिट मर्मत गर्ने र आवश्यक पोल निर्माणका काम सञ्चालन भएका छन्। प्रतियोगितालाई व्यवस्थित र आकर्षक बनाउन थप मर्मतसम्भार तथा सजावटका काम धमाधम भइरहेको समितिले जनाएको छ। रासस
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४८ सेकेन्ड अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
यो पनि पढौँ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस